ट्रम्पको इरान युद्ध : साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस – २
- जेष्ठ १९, २०८३
– प्रकाश
नाममा माक्र्सवादी–लेनिनवादी र माओवादी भएकै आधारमा गएको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई धेरैले मत दिए । दुई पार्टी मिल्दा संसदमा बहुमत पुग्यो । केपी ओलीको नेतृत्वमा बहुमतको सरकार पनि बन्यो । पछि दुई पार्टी एकीकरण भई नेकपा बन्यो । नेकपाको वर्तमान सरकारलाई नेपालमा पूर्ण बहुमतको पहिलो ‘कम्युनिष्ट’ सरकार मान्नेहरूको कमी छैन । तर, एकपछि अर्काे गर्दै ओली नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरू कमिशन र भ्रष्टाचारमा फस्दै गएपछि एमाले–माओवादीलाई मत दिएका र वर्तमान सरकारलाई ‘कम्युनिष्ट सरकार’ मान्नेहरूको मन–मस्तिष्कमा भूकम्प नै गएको छ । त्यस्तै ओली सरकार न कम्युनिष्ट हो, न सामान्य वामपन्थी नै हो भनी जनतामाझ स्पष्ट पार्ने काम नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्ताहरूले गर्दै आएका हुन् । अहिले अरु विपक्षी पार्टीहरूले मात्र आरोप लगाएका होइनन् बरु सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले समेत आफू सहभागी ओली नेतृत्वको वर्तमान सरकार कमिशन र भ्रष्टाचारमा फसेको दाबी गरेको छ । फोरमले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको कार्यशैलीको विरोध समेत गरको छ । ओली सरकारका मन्त्रीहरू र नेकपाका नेताहरू अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, अवैध हस्तक्षेप र भ्रष्टाचारमा लागेका समाचार त आइरहेकै हो । नेकपाका सांसद र मन्त्रीहरू जुन तरिकाले निर्वाचन जितेर आएर त्यसैको परिणति आजको कमिशन र भ्रष्टाचारको खेल हो । निर्वाचनमा रकम दिएर मानिस परिचालन, रुपैया र जिन्सी बाँडेर मत सङ्कलन, माछा, मासु बियर र रक्सीको भोज, चुनाव चिन्ह् अङ्कित मोबाइल, टर्च, क्याप, गञ्जी आदि वितरण गर्दाको खर्च ब्याजसहित उठाउन कमिशन र भ्रष्टाचारको खेल भइरहेको छ भन्नुमा अतिशयुक्ति नहोला । शासक दलका धेरै सांसदहरूले औपचारिक र अनौपचारिक अवसरहरुमा आफूहरुले ५ करोड र १० करोड खर्च गरी चुनाव जितेर आएको बताउँदै आएका छन् ।
Leave a Reply