राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ६
- जेष्ठ १९, २०८३
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा मंसिर २१ देखि २८ गतेसम्मको अङ्कमा प्रकाशित भएको थियो । चीनको सुधारबारे लेखिएको अध्याय ३ मजदुर दैनिकमा पुस ९ गतेदेखि पुस १३ गतेसम्म प्रकाशित भयो । चौथो अध्याय पुस १६ गतेबाट प्रकाशित गरेका छौं –सम्पादक)
बहुपक्षीय विदेश सम्बन्धको स्थापना सांस्कृतिक क्रान्तिको अन्तपछि चीन कूटनीतिमा सक्रिय भयो र छिटै नै नयाँ परिस्थिति बन्यो । दुई दसकको प्रयासबाट २१ औं शताब्दीको सुरुवातमा चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बहुपक्षीय र बहुतहको नीति स्थापित ग¥यो । एउटा विशाल देश भएको नाताले आफ्नो जिम्मेवारीलाई चीन गम्भीरतापूर्वक लिन्छ । चीन विश्वको शान्ति र विकासको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दैछ ।
निर्माणको निम्ति अनुकूल वातावरण बनाउन विदेश नीति समायोजन ः सन् १९७० को दसककोे अन्तदेखि सन् १९८० को दसकको बीचसम्म चीनले आफ्नो विदेश नीतिमा महत्वपूर्ण समायोजन ग¥यो । सारमा परिवर्तन मुख्यतः तीन दृष्टिकोणबाट भयो ः पहिलो, चीनले कूटनीतिक रणनीति परिभाषित ग¥यो । सदाझैँ चीनको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा गर्दै चीनको कूटनीतिक प्रयास जहिलेसुकै राष्ट्रिय आर्थिक निर्माण र मातृभूमिको पुनःएकीकरण पूरा गर्ने पक्षसँग मेल खानुपर्छ । यसले शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरणको निम्ति कोसिस गर्नुपर्छ र मुख्यतः छिमेकीसँग स्थिर सम्बन्ध विकास गर्नुपर्छ । दोस्रोमा चिनियाँ नेताहरूले अन्तर्राष्ट्रिय परिस्थितिको नयाँ विश्लेषण अगाडि सारे र ‘एक बृहत विश्वयुद्ध अनिवार्य छ’ भन्ने अगाडिको विचारलाई त्याग गरे । शिष्ट अवलोकन र दूरदर्शी विश्लेषणको आधारमा सन् १९८० को दशकको बीचमा तेङ सियाओपिङले त्यस समयमा शन्ति र विकास नै मुख्य धार रहेको विचार राखे । अन्ततः अन्य देशसँग सम्बन्ध बढाउने मामिलामा सामाजिक व्यवस्था र विचारको आधारमा सम्बन्धको गाढापन निर्धारण गर्ने पुरानो अभ्यासलाई परिवर्तन गरे ।
चिकपाले अन्तर्राष्ट्रिय सञ्चारको दायरालाई अरु बढायो । ‘स्वतन्त्रता, पूर्ण समानता, आपसी सम्मान र आन्तरिक मामिलामा एकमाथि अर्कोको अहस्तक्षप’ को सिद्धान्तअनुसार चिकपाले विभिन्न कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्ने नीतिमा रही विभिन्न देशका थुप्रै कानुनी राजनीतिक पार्टीहरूसँग पार्टी पार्टीबीचको सम्बन्ध विस्तार ग¥यो ।
सन् १९८६ को मार्चमा छैठौं महाधिवेशनको चौथो बैठकले चीनको समग्र विदेश नीतिलाई ‘शान्तिको निम्ति स्वतन्त्र विदेश नीति’ को रूपमा औपचारिकरूपमा स्वीकारिएको प्रतिवेदन पारित भयो । यो नीतिका मुख्य विषयवस्तु तथा आधारभूत सिद्धान्तमा १० बुँदा छन् ः
(१) चीनको कूटनीतिको आधारभूत उद्देश्य हैकमको विरोध गर्नु, विश्व शान्तिको रक्षा गर्नु र देशहरूबीच मित्रवत सहकार्य विकास गर्नु र साझा आर्थिक समृद्धिलाई प्रश्रय दिनु हो ।
(२) ठूलो वा सानो, धनी वा गरिव, बलियो वा कमजोर सबै देशहरूलाई चीन बराबर ठान्छ ।
(३) चीन आफ्नो स्वाधीनतामा दृढ छ र सबै अन्तर्राष्ट्रिय विषयमा तिनीहरूको आफ्नो सकारात्मक र नकारात्मक पक्षको आधारमा प्रतिक्रिया दिन्छ ।
(४) चीन कहिलै पनि कुनै महाशक्तिको पुच्छर बन्दैन, न त कुनै देशसँग साँठगाँठ खोज्छ ।
(५) चीन ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’ लाई स्वीकार्छ र यसै सिद्धान्तको आधारमा कुनै देशसँग साधारण सम्बन्ध स्थापित गर्न, पुनःस्थापित गर्न र विकास गर्न कडा मेहनत गर्छ ।
(६) चीन तेस्रो विश्वमा पर्दछ र कूटनीतिमा तेस्रो विश्वका देशहरूसँग ऐक्यबद्धता र सहकार्य विकास र विस्तार गर्न जोड गर्छ ।
(७) चीन हतियारको प्रतिस्पर्धाको विरोध गर्छ ।
(८) चीन बाहिरी विश्वको निम्ति खुला गर्ने नीति दीगो रूपमा अभ्यास गर्न जोड गर्छ ।
(९) चीन संयुक्त राष्ट्र सङ्घको उद्देश्य र घोषणापत्रलाई मनन् गर्छ, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा भाग लिन्छ र बहुपक्षी कूटनीतिक क्रियाकलाप सक्रियतापूर्वक सञ्चालन गर्छ ।
(१०) चीन विश्वका सबै देशका जनतासँग सम्बन्ध विस्तारलाई महत्व दिन्छ ।
प्रतिवेदनले सुधार र खुलापन थालेदेखि चीनको विदेश नीतिमा भएका सुधारहरूको सार निकालेको छ र सुधार र खुलापनसँग मेलखाने गरी विदेश नीति बनाएको छ । सन् १९८० को दसकको अन्ततिर र सन् १९९० को दसकको सुरुवातमा दुई ध्रुवीय अन्तर्राष्ट्रिय प्रणाली छिन्नभिन्न भयो र ‘शीतयुद्ध’ को अन्त भयो । अन्तर्राष्ट्रिय परिस्थितिमा व्यापक परिवर्तन भएर पनि चीनको आधारभूत नीतिमा कुनै परिवर्तन आएन ।
असल छिमेकी र मित्रवत् सम्बन्ध विकास गर्नु ः
चीन ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’ को आधारमा आफ्नो छिमेकीसँग असल सम्बन्ध बनाउन जोड गर्छ र यसैलाई महत्व दिन्छ । चीन ‘असल छिमेकी नीति’ लाई पछ्याउँछ र असल छिमेकी र मित्रवत सम्बन्ध स्थापना र विस्तारलाई आफ्नो आधारभूत कूटनीतिक क्रियाकलाप मान्छ ।
सन् १९९० को दसकको सुरुमा चीनले आफ्ना सबै छिमेकी देशहरूसँग सामान्य कूटनीतिक सम्बन्ध स्थापना ग¥यो र तिनीहरूसँग मित्रवत सहकार्य विस्तारलाई निरन्तर अगाडि बढायो । बीसौं सताब्दीको अन्ततिर चीनले दुई पक्षीय सम्बन्ध विकास गर्ने उद्देश्य र यस्तो सम्बन्ध अगाडि लाने सिद्धान्तअनुसार चीनले भारत, पाकिस्तान र आसियान देशहरूसँग २१ औं शताब्दीको सामान्य साझेदारी सम्बन्ध स्थापना ग¥यो । सन् १९९८ को एसियाली आर्थिक सङ्कटपछि चीनले दुई पक्षीय वा बहुपक्षीय बाटोबाट आवश्यक देश हरूलाई सहयोग प्रदान ग¥यो र आरएमवी (चिनियाँ मुद्रा) अवमूल्यन नगर्ने बचन पूरा गरे । यसलाई विश्वले प्रशंसा ग¥यो ।
चीनले छिमेकी देशहरूसँग ऐतिहासिक सीमाका प्रश्नको समाधानमा महत्वपूर्ण प्रगति ग¥यो र तिनीहरूसँग शान्तिपूर्ण र असल छिमेकीको सम्बन्ध बन्यो । उदाहरणको निम्ति, चीन र रसियाबीचको सीमा सम्बन्धमा थुप्रै सम्झौता र सन्धिपत्रमा हस्ताक्षर भयो, दुवै देशले सीमासम्बन्धी सबै विवाद समाधान गरे । चीन र भियतनामले आफ्नो जमिनको पानीसम्बन्धी सन्धि र सम्झौताहरू गरे । चीन र भारतबीचका सीमा विषयहरू अहिलसम्म पूर्णतः समाधान नभएपनि दुवै देशका सरकारहरूले यथास्थितिमा रहने सम्झौता गरेका छन् । यसले सीमा क्षेत्रमा वातावरण सुधारमा सहयोग गरेको छ र दुवै देशबीचको सम्बन्ध सुधार गर्ने वातावरण बनाएको छ । दक्षिण चीन सागरको विषयमा कुरा गर्दा सन् १९९७ मा चीन–आसियान शिखर सम्मेलनमा भएको सम्झौतामा प्रस्टसँग चीनले कुनै पनि विवाद विश्वव्यापी रूपमा स्वीकृत कानुन र आधुनिक समुद्री कानुनका आधारमा स्थापित आधारभूत सिद्धान्त र कानुन प्रणालीको आधारमा कुनै पनि विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्न चाहन्छ ।
मुख्य शक्तिहरूसँग नयाँ खालको सम्बन्ध स्थापना गर्नु ः
चीनको अन्तर्राष्ट्रिय सम्बन्धहरूको ढाँचामा प्रभाव पार्ने मुख्य तत्वमा चीन र अन्य मुख्य शक्तिहरूसँगको सम्बन्ध हुँदै आएको छ । विदेश नीतिमा सुधार गरेपछि अन्य मुख्य शक्तिहरूसँगको सम्बन्ध व्यवस्थापनमा सकारात्मक परिणाम आउन थाल्यो । सन् १९७८ को अगष्टमा चीन र जापानबीच शान्ति र मित्रताको सन्धिमा हस्ताक्षर भयो । सन् १९७९ को जनवरीमा १ मा चीन र संयुक्त राज्य अमेरिकाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो, यसले दुवै देशलाई राजनीतिक छलफल अगाडि बढाउन र आर्थिक र व्यापार, विज्ञान र प्रविधि, र संस्कृति र शिक्षामा सहकार्य विस्तार गर्न अवसर मिल्यो । पछि, चीनले सोभियत सङ्घसँगको सम्बन्धमा सकारात्मक सुधार ग¥यो र अन्ततः दुवै देशले सन् १९८९ मा आफ्नो कूटनीतिक सम्बन्ध सामान्य बनाए । सोभियत सङ्घको विघटनपछि चीन र रसियाबीच तत्काल कूटनीतिक सम्बन्ध स्थापना भयो । यसरी चीन–सोभियत सङ्घको सम्बन्ध चीन–रसिया सम्बन्धको रूपमा सरल रूपान्तरण भयो ।
सन् १९९० को दसकको मध्यमा चिनियाँ नेताहरूले मुख्य शक्तिहरूसँग नयाँ खालको सम्बन्ध विकास गर्न चीन समर्पित हुने प्रस्ताव गरे । त्यो सम्बन्ध असंलग्नता र द्वन्द्वमा नजाने सिद्धान्तमा अडेको छ । साथै त्यस सम्बन्ध कुनै तेस्रो देशविरुद्ध लक्षित हुँदैन । यी सिद्धान्तहरूको प्रकाशमा चीनले रसिया, संरा अमेरिका, फ्रान्स, बेलायत, क्यानाडा, जापान र युरोपेली सङ्घसँग २१ औँ शताब्दीउन्मुख सहकार्य स्थापना ग¥यो । सबै मुख्य शक्तिहरूसँग र विकसित देशहरूसँग तुलनात्मक रूपमा राम्रो सहकार्यमूलक सम्बन्ध बनाउने सफलता पाउनु उल्लेखनीय छ ।
विकासशील देशहरूसँग सहकार्यको विस्तार ः
चीन संसारकै सबभन्दा ठूलो विकासशील देश हो । चीनको विदेश नीतिको आधार नै अन्य विकासशील देशहरूसँग चीनको सहकार्यलाई सघनरूपमा विकास गर्नु हो । चीनले अफ्रिका, पश्चिम एसिया र ल्याटिन अमेरिकाका देशहरूसँग सम्बन्ध विस्तार ग¥यो । सन् २००० को नोभेम्बरमा नयाँ सताब्दीका चुनौतीहरू सामना गर्न चीन र अफ्रिकाले चीन–अफ्रिका सहकार्य फोरम स्थापना गर्ने संयुक्त प्रस्ताव गरे । फोरमको संरचना मुनि चीन र अफ्रिकी सहकार्य विस्तार भइरहेको छ । यसअन्तर्गत ऋण कम गर्ने, कर समाप्त गर्ने, दुई पक्षीय लगानी उत्साहित गर्ने, मानव स्रोतको खोजी गर्ने, चिकित्सा उपचार र स्वास्थ्यमा सहकाय बढाउने, पर्यटनमा सहकार्यको विकास गर्ने र सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्ने उपायहरू हुँदैछ । चीन–अफ्रिका सहकार्य फोरम चीन र अफ्रिकी देशहरूबीच सामुहिक वार्ताका साथै यी देशहरूबीच व्यावहारिक सहकार्य गर्न प्रभावकारी संयन्त्र भएका छन् । चीनले ल्याटिन अमेरिकाका धेरैजसो देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । साथै कूटनीतिक सम्बन्ध स्थापना नभइसकेका देशहरूसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विकास तथा जनता–जनताबीचको आदानप्रदानमा प्रगति गरेको छ ।
Leave a Reply