भर्खरै :

दुई साता भयो, खाल्डो जस्ताको तस्तै

भक्तपुर नगरभित्रको एक अत्यन्तै व्यस्त चौबाटोमै चार फीटको खाल्डो दुई हप्तासम्म पुरिन्न भन्ने कुरा पत्याउन्न गा¥हो छ । च्याह्मासिंहबाट जगाती जाने बाटोको ख्पप इन्जिनियरिङ कलेज छिर्ने चोकैमा खाल्डो कसैको काल नबनेसम्म यस्तै रहने हो कि भन्ने स्थानीय असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
खाल्डो अरु कसैले खनेको भने होइन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विच्छाएको पाइप फुटेर सडकमै पानी बगेपछि संस्थानकै कर्मचारीले खनेको खाल्डो हो । पीच सडकमा महिनौंदेखि पानी बगेपछि स्थानीयकै दबाबमा काउखालीले खाल्डो त खन्यो तर पानी बन्द गर्न सकेन । काउखालीले खाल्डो नपुरी अलपत्र छोड्यो । यस विषयमा तुरुन्त पानी चुहिन बन्द गरी खाल्डो पुर्न स्थानीयले सम्बन्धित कार्यालयलाई पटकपटक अनुरोध गरे तर कार्यालय कानमा तेल हालेर बसेको छ ।
सडक विभागले ६ महिनाजति अगाडि सडक पीच गर्नु अगाडि नै पानी चुहिरहेको थियो, स्थानीयले पानी बन्द गरी पीच गर्न भन्दाभन्दै पनि ठेकेदारले बजेट पचाउने काममात्र ग¥यो ।
यस सन्दर्भमा स्थानीय सरकारको रूपमा रहेको भक्तपुर नगरपालिकाका निरीक्षक र वडाध्यक्षहरूको ध्यान यतापट्टि किन गएन भनी जनता गुनासो गर्दैछन् । कुनै दुर्घटना नहुँदै आवश्यक पहलकदमी गर्नु बुद्धिमानी हुनेछ ।
रास, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *