तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कोहलपुर, २१ पुस । नेपाल मजदुर किसान पार्टीको दोस्रो कोहलपुर नगर सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनमा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले ओली सरकार विदेशी शक्ति र धम्कीको अगाडि झुक्दै गएकोले दुईतिहाइ बहुमत भए पनि बहुमत जनताको सेवामा लागेको छैन भन्नुभयो ।
नेमकिपाले कामदार जनताको शासन स्थापना गर्न सङ्घर्ष गरिरहेको बताउँदै केन्द्रीय सदस्य वासीले जनताको प्रजातन्त्रमा मजदुर किसानको नेतृत्वमा सरकार हुन्छ भन्नुभयो ।
कम्युनिष्ट आन्दोलनको बदनाम गर्न नेपालमा नक्कली कम्युनिष्टहरूले जनतालाई झुक्याउने र ठग्ने काम गरिरहेको बताउँदै उहाँले देशमा व्यापक जनतालाई माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराबाट सचेत र सङ्गठित बनाउन नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य जयबहादुर शाहीले माओवादी अराजकतावादीविरूद्ध सङ्घर्ष गरेको उल्लेख गर्दै लोकतन्त्रको नाममा पुँजीपति शासकहरूले झन् दुःख दिएको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामसङ्घका केन्द्रीय सदस्य नर्मा गुरूङले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि समाजवादी आन्दोलन अगाडि बढाइरहेको बताउनुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले पुँजीपति शासक दलहरूले जनताको पक्षमा काम गर्दैन भन्नुभयो ।
सम्मेलनमा नेमकिपा सुर्खेतका बमबहादुर शाही, नेक्राकिसङ्घ बाँकेका सुरेशलाल थारू, नेक्रा महिला सङ्घका सुनकेस्रा शाही, सुमित्रा काफ्ले, नेक्राविसङ्घका दीपेन्द्र खड्का र सपना शाहीले शुभकामना व्यक्त गर्नुभयो ।
खड्गराज थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गौरीकान्त आचार्य र अञ्जिरबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
सम्मेलनले अञ्जिरबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय नेमकिपा कोहलपुर नगर समिति निर्वाचित गरेको छ ।
Leave a Reply