शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
रामेछाप, २२ पुस : लिखु तामाकोशी गाउँपालिका– ४ स्थित निर्माणाधीन ‘श्वेत गङ्गा हाइड्रोपावर लिखु–३’ को निर्माण कार्य गाउँपालिकाले ठप्प पारेको छ ।
आयोजनाबाट अति प्रभावित स्थानीयवासीले राखेका माग सम्बोधन नगरेको भन्दै गाउँपालिकाका अध्यक्षसहितको टोलीले निर्माणस्थलमै गएर कामकाज ठप्प पारको हो । निर्माणमा संलग्न कम्पनीले स्थानीय सरकार र स्थानीयवासीसँग सहकार्य गर्न नचाहेको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आरोप लगाउनुभयो ।
“कम्पनीले स्थानीयवासीको माग सुनवाइ नगरेपछि तत्कालका लागि काम रोक्न भनेको हुँ,” उहाँले भन्नुभयो । सङ्घर्ष समितिका संयोजक केशर पौडेलले माग सुनुवाइ नगरेपछि काम ठप्प पारिएको बताउनुभयो ।
श्वेत गङ्गा हाइड्रोपावर कम्पनीका फिल्ड म्यानेजर वसन्त पौडेलले स्थानीयवासीको माग कम्पनीले पूरा गर्न नसक्ने बताउनुभयो । “कम्पनीको नीति नियममा रहेर गर्न मिल्ने माग पूरा गर्न तयार छौँ,” उहाँले भन्नुभयो । हाइड्रोपावरले वातावरणीय प्रदूषण नियन्त्रण गर्नुपर्ने, अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कूल, आयोजनाका कारण सुक्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलार्ई रोजगारीको व्यवस्थालगायत माग स्थानीयवासीले राखेका छन् । ओखलढुङ्गा र रामेछापको सिमानामा निर्माणधीन उक्त आयोजना २८ दशमलव ५ मेगावाट क्षमताको रहेको छ । रासस
Leave a Reply