भर्खरै :

शेख हसिनाको सोमबार प्रधानमन्त्रीमा सपथ

ढाका, २२ पुस  – बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लाग्नुभएको हो ।
शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।
यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ ।
बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *