मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
प्रेम के निडर
“बाबुु सन्चै ? धेरै भो नदेखेको । फिल्ड मै हो कि ?” अक्सर यस्ता प्रश्न गरेर मलाई माया र सद्भाव देखाउने रामवीर काका अचानक बेहोस भएर अस्पताल लगिएको छ भन्ने खबरले मलाई पनि दुःखी बनायो । टोलबासीको नाता तथा मानवीय भावनाले पनि म रामवीर काकालाई राखिएको अस्पतालमा हेर्न गएँ । होसमा फर्केका थिएनन् रामवीर काका । अस्पतालमा हेर्न आएका उनका आफन्तहरू कोही दुःखी देखिन्थे भने कोही औपचारिकतामात्र पु¥याउन आएकाजस्ता देखिन्थे ।
मलाई रामवीर काकाको कुरा अति मनपथ्र्यो । कुरामात्र मिठो गर्ने होइनन्, सबैलाई त्यतिकै मानमिजास पनि राख्न जान्दथे । कसैका नजरमा नराम्रा थिएनन् उनी ।
म त्यस टोलको नयाँ मान्छे । अफिसको कामले बरोबर फिल्डमा गइराख्नुपर्ने भएकोले टोलका अरू छरछिमेकसँग त्यति हेलमेल हुन पाएको थिइनँ । मेरो घरनजिकको भएर रामवीर काकासँग भेटघाट र कुराकानी भइरहन्थ्यो ।
रामवीर काकालाई अस्पतालमा हेरेर आएको भोलिपल्टै म फेरि फिल्डमा जानुप¥यो । दश दिनलाई भनेर गएको कामविशेषले बाईस दिन बस्नुप¥यो । घर पुगेपछि श्रीमतीले मिठो चिया बनाएर खुवाइन् र आफू पनि खाइन् । चिया खाँदै श्रीमतीले खबर सुनाइन् “तपार्इँले सुन्नुभा छैन होला । रामवीर काकालाई अस्पतालबाट फर्काएर घरमा ल्याइएको थियो । रुद्रघण्टी एउटामात्र चलिरहेको हँुदा चार दिन पिँढीमा राख्दा पनि केही नभएपछि पशुपति आर्यघाटमा लगिएको छ ।”
श्रीमतीको कुरा सुनेर मलाई रामवीर काकाप्रति दया लाग्यो । चियाको चुस्की लिँदै मैले पनि भनेँ, “कालले पनि के हेरिरहेको ? लाने भए खुरुक्क लगिदिए हुन्थ्यो । मान्छेले कुरा काट्ने ठाउँ दिएर किन दुःख दिइराखेको ?”
मेरो कुरा ठीकै लागेर हो कि श्रीमतीले पनि तुरुन्तै आफनो कुरा थपिन्, “हो त । दुनियाँको एउटै बोली छ “पाप पोलेको हो । मिठो बोली र सधैँ निधारमा टीका भएर के गर्नु ? मान्छे त पातकी हो । पापी हो ” भन्ने । हामीले पो असल देखिरहेका छौँ त । उनीहरूको कुरा सुन्दा त्यस्ताले दुःख नपाए कसले पाउँछ जस्तो लाग्छ मलाई पनि !”
श्रीमतीको कुरा सुनेर म आश्चर्यचकित भएँ । त्यस्तो असल मान्छेले दुनियाँलाई दुःख दिएको कुरा सुन्दा एक मनले पत्याउन गा¥हो भयो भने अर्को मनले नहोला पनि भन्न सकिन्न जस्तो लाग्यो । चार दिन भयो रे रुद्रघण्टी एउटामात्र चलेको !
श्रीमतीको कुरा सुनेर मलाई पनि एकचोटी आर्यघाटमा हेर्न जाउँ जस्तो लाग्यो । उठ्दै मैले भनेँ “ निशा ! म पनि एकचोटी हेरेर आउँछु है ?”
श्रीमतीले नाई भन्न सकिनन् ।
साँच्चै रामवीर काकाको मृत शरीरजस्तो कुनै पनि अङ्ग चलेको देखिँदैन । रुद्रघण्टी एउटामात्र चलेको देखिन्छ । उसको अवस्था देखेर मलाई दया लाग्यो । एकछिन बसेर म फर्कें । मसँगै फर्किएका एकजना मान्छेले नहिचकिचाई भन्यो “मान्छेले कर्मको फल भोग्नैपर्छ । चाहे जो सुकै होऊन् । अरूलाई दिएको दुःखको पाप भोग्दैछ बुढाले पनि ।”
म फेरि आश्चर्यमा पर्छु र सोच्छु, “के साँच्चै रामवीर काकाले अरूलाई दिएको दुःखको फल भोग्दैछन् त ? होइन भने सबै किन त्यसरी भन्दैछन् ?”
Leave a Reply