भर्खरै :

सिरहा सुखीपुरमा जवर्जस्ती दलितलाई रु. ५० लाखको तमसुक

सिरहा जिल्लाको सुखीपुरका अमर पासवान (नाम परिवर्तन) ले सोही जिल्लाको साविक चौरहवा, चन्द्रलालपुरको अनिता यादव (नाम परिवर्तन) संग पे्रम विवाह गरे । चौविस वर्षको उमेरका केटा र केटी दुवै सिरहा गोलबजारको क्याम्पसमा स्नातक अध्ययन गर्छन् ।
दलित केटा पासवानले यादव केटीलाई विवाह गरेकोमा केटी पक्षका २–३ सय जना सुखीपुरका वडा अध्यक्ष राजेन्द्रप्रसाद चौधरी कहाF पुगे र केटाको बुवा राजकुमार पासवानलाई बोलाएर केटी पक्षका ६–७ जनाले सांघातिक हमला गरे ।
सुखीपुरकै शिव किसुन सिंहदनुवारले घाइते केटाको बुबा राजकुमार पासवानलाई रु. ५० लाखको तमसुकमा हस्ताक्षर गराए । पे्रम विवाह गरेका केटा र केटी आक्रमणको डरले वेपता छन् । केटाका बुवा राजकुमार लाहान अस्पतालमा उपचार गर्दैछन् भने न्यायका लागि प्रशासन र प्रहरीलाई गुहार्दैछन् । सुखीपुरका प्रहरीले रु. ५० लाख कागज गराउने विरुद्ध अदालत जानु भनि राजकुमार पासवानको उजुरी नै दर्ता गरेन । उमेर भईसकेका छोरीले दलितसंग विवाह गरेको आक्रोसमा दलितलाई रु. ५० लाखको तमसुक गराउनेविरुद्ध प्रहरीले नै फौजदारी मुद्दा दर्ता गर्नुपर्ने तर दलित भएकै कारण सुनुवाई भईरहेको छैन । सत्यको पक्षमा लाग्ने दावी गरेका प्रहरीले अविलम्व शान्ति र न्याय स्थापित गर्न आवश्यक कदम उठाउनु उपयुक्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *