तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, ६ माघ । नेमकिपाको ४५ औंँ स्थापना दिवसको अवसरमा टोखा नगर समितिको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पुँजीवादी व्यवस्था शोषणमा आधारित व्यवस्थाको भएकोले शोषणरहित समाज स्थापनाको लागि समाजवादी व्यवस्था आवश्यक भएको बताउनुभयो ।
‘‘नेमकिपा समाजवादी व्यवस्था स्थापनको लागि सङ्घर्षरत छ’’, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका नारायणबहादुर दुवालले कम्युनिष्टहरूको मुख्य उद्देश्य भनेको सर्वहारा वर्गको राज्य स्थापना गर्नु हो भन्नुभयो ।
कार्यक्रममा शैलेश डंगोल, रमेश डंगोल, काशीलाल डंगोल, अनुव्रत डंगोललगायतले बोल्नुभएको थियो ।
Leave a Reply