तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ काठमाडौं उपत्यका क्याम्पस परिचालन समितिको आयोजनामा शनिबार विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले पार्टी कार्यकर्ताहरू पार्टीको प्रशिक्षणमा बस्नुपर्ने आवश्यकता औल्याउँदै ‘अध्ययन र व्यवहार’ विषयमा प्रशिक्षण दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजूले नेकपाले पुँजीवादी व्यवस्था टिकाउन मलजल गर्दै आइरहेको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले स्ववियु निर्वाचनलाई वैचारिक सङ्घर्ष गर्ने थलाको रुपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष आरजीको अध्यक्षतामा भएको कार्यक्रममा रमेश प्रजापति, अनिल फोजू र दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।
भेलाले मिलन गणेजूको संयोजकत्वमा तेस्रो नेक्राविसङ्घ काठमाडौं उपत्यका क्याम्पस परिचालन समिति गठन गरेको छ ।
Leave a Reply