पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
काठमाडाँै, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जीपी कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकार मातहत राख्न माग्दै प्रतिनिधिसभाको बैठक मङ्गलबार अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदहरू रोस्ट्रम घेर्न गएका थिए । नाराबाजीबीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा राष्ट्रिय शिक्षा विधेयक २०७५ पेश गर्न रोस्ट्रममा बोलाएका थिए । सत्तापक्षीय सांसदहरूको दलबलसहित रोस्ट्रमतिर गएका शिक्षामन्त्रीले काङ्ग्रेस सांसदहरूले रोकेका थिए । केहीबेर दुई पक्षबीच तानातान र घचेटाघचेट भएको थियो । सुरक्षार्थ खटिएका मर्यादापालकलाई स्थिति नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
सुरुको चरणमा काङ्ग्रेसका सांसदले उठेर सदन चल्न नदिएपछि पन्ध्र मिनेटको लागि बैठक स्थगित गरिएको थियो । दोस्रो चरणको बैठक पनि तनावपूर्ण भएपछि अर्को पन्ध्र मिनेटका लागि बैठक स्थगित गरिएको थियो । पछि सूचना टाँस गरी अर्को सूचना नआउँदासम्मको लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो ।
नेपाली काङ्ग्रेसले आफ्ना दुई नेताको नाममा तनहुँ र बाँकेमा स्थापना भएको अस्पतालको मुद्दा अघि सारेर चिकित्सा शिक्षासम्बन्धी डा. गोविन्द केसीको मुद्दालाई भने छोड्न खोजिरहेको केही पर्यवेक्षकले टिप्पणी गरेका छन् ।
Leave a Reply