सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
जतिबेला देशमा माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । माओवादी नेताहरुको टाउकोको मूल्य तोकिएको थियो । हजारौंको सङ्ख्याका लडाकूहरु सरकारी सेना र प्रहरीसँगको मुठभेडमा सहादत प्राप्त गरिरहेका थिए । सरकारी सेना र प्रहरीद्वारा हजारौँको सङ्ख्याका मानिसहरुलाई माओवादी भएको वा माओवादीलाई सघाएको आरोपमा हत्या, जेल, नेल, यातना र बेपत्ता पार्ने कार्य भइरहेको थियो । त्यतिबेला नारायणकाजी श्रेष्ठ र उनको पार्टी माओवादीलाई सामाजिक फासीवादी भन्दथ्यो । समयक्रमसँगै काजी आफै त्यहीँ पार्टीमा समाहित हुन पुगे । आफूले फासीवादी भनेको पार्टीमा समाहित भएसँगै उनी आफू उपप्रधानमन्त्री भए, आफ्ना विश्वस्तहरुलाई पालैपालो मन्त्री बनाए । अहिले पनि उनका एक विश्वस्त देशको शिक्षा मन्त्री छन् र तिनले आफू समर्थक विद्यार्थीहरुको सल्लाहमा उक्त मन्त्रालय चलाइरहेका छन् । काजी आफू भने संसदीय निर्वाचनमा पराजित भई देशमा दुईतिहाइको सरकार सञ्चालन गर्ने कथित नेकपाका प्रवक्ता बनेका छन् । यतिबेला काजीको पार्टीको सरकारको कार्य शैली हेर्दा काजीले सशस्त्र विद्रोहताका माओवादी पार्टीलाई आरोपित गर्दै प्रयोग गर्ने गरेको सामाजिक फासीवादको स्थापना भइसकेको देखिन्छ । फरक के कुरामा मात्र पाइन्छ भने उतिबेला काजी आफू सत्ता बाहिर थिए । उनले सामाजिक फासीवादी भनी आरोपित गर्ने पार्टी विद्रोहमा थियो । यतिखेर काजी आफै सरकार निर्माण र सञ्चालन गर्ने पार्टीको केन्द्रीय नेता र प्रवक्तासमेत छन् । यद्यपि सरकार सञ्चालक पार्टीले देखाउने रुपमा आफूलाई समाजवादी आदर्शप्रति प्रतिबद्ध बताएको छ । तर सरकारलाई राष्ट्र र जनताले व्यहोरिरहेका समस्या समाधान गर्ने र दुःख, कष्ट एवम् अभावमा बाँचिरहेका जनतालाई राहत उपलब्ध गराउने कुराप्रति कुनै चासो छैन । सरकारका मन्त्री, सरकार सञ्चालक पार्टीका नेता भनाउँदा र तिनीहरुले विभिन्न जिम्मेवारीयुक्त ठाउँमा नियुक्त गरेका व्यक्तिहरुले खुला र निर्लज्ज रुपमा भ्रष्टाचार, कमिसनखोरी, तस्करी, व्यभिचार, शक्तिको दुरुपयोग एवम् राष्ट्रघात गरिरहेका छन् । सरकार ती कुकर्महरुलाई नियन्त्रण गर्नुको सट्टा एकातर्फ त्यस्ता कार्यमा संलग्न भएकालाई संरक्षण एवम् पुरस्कृत गर्ने र अर्कातर्फ त्यसको विरोध गर्नेलाई दमन गर्ने कार्य गरिरहेको छ । सरकारी पक्षको यस किसिमको व्यवहार साँच्चिकै फाशिष्ट प्रकृतिको छ । यसले फाशिष्ट पञ्चायती सत्ताको झझल्को दिलाउँछ । त्यसैले मान्नुपर्छ नारायणकाजीको राजनीतिक दूरदर्शितालाई, जसले देशमा सामाजिक फासीवाद स्थापनाको सम्भावना पहिल्यै देखेका रहेछन् । अनि मान्नुपर्छ काजीको राजनीतिक चातुर्यलाई, जसले हिजो आफैले सामाजिक फासीवादी भनी आरोप लगाएको पार्टीकै पतनशील पक्ष र होली वाइन सेवनकर्ता (नव इसाई) हरुसँगको सहकार्यमा आफूले परिकल्पना गरेको सामाजिक फासीवादलाई संस्थागत तुल्याइरहेका छन् । आखिर नेता हुनु त काजीजस्तो, कि कसो ?
–कृष्ण बेलबासे, काठमाडौँ
Leave a Reply