राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’
- भाद्र ६, २०८३
टङ्क कार्की
पुष्पलालले नेपालीमा अनुवाद गरेको कम्युनिष्ट पार्टीको घोषणापत्रलाई आधार मान्ने हो भने नेपाली जनमानसमा समाजवादबारे जानकार भएको ७० वर्ष नाघिसकेको छ । त्यसयता ऐतिहासिक महत्व राख्ने तीन ठूला राजनीतिक परिवर्तन भएका छन् ९ २००७, २०४६ र २०६२ र २०६३० र यी परिवर्तनमा समाजवादका प्रभाव र छाप क्रमशः बढ्दै गएका छन् । यसबीचमा आर्थिक र सामाजिक स्वरुपमा पनि उल्लेख्य परिवर्तन भएका छन् । २०६२÷६३ को ऐतिहासिक परिवर्तनले संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र परिभाषित र स्थापित गरिसकेको परिप्रेक्ष्यमा मुलुक यतिखेर अर्को युगीन सङ्क्रमणमा गुज्रिरहेको छ । माक्र्सवादी वैज्ञानिक समाजवादको आधारभूत सैद्धान्तिक प्रस्तावनाको आलोकमा यस सङ्क्रमणको स्वरुप र दिशा खुट्याउन यस आलेखमा सङ्क्षिप्त प्रयास गरिएको छ ।
माक्र्सवाद र वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएदेखि भएको हो । त्यसले पँुजीवादको विरुद्धमा एक न्यायपूर्ण, लोकतान्त्रिक सामाजिक मुक्तिको वैकल्पिक व्यवस्था प्रस्तुत गरेको हो । त्यसमा माक्र्सवादका आधारभूत प्रस्तावना समेटिएका छन् । त्यसले नै पहिलोपटक व्यवस्थित रूपमा श्रृङ्खलाबद्ध शोषणका सञ्जाललाई हटाएर समस्त मानव जातिको मुक्तिको ढोका खोलेको हो ।
कम्युनिष्ट घोषणापत्र लेखिएको बेलामा पुँजीवाद तुलनात्मक रूपमा सानो स्तरकै कारोवार, स्वतन्त्र बजार र प्रतिस्पर्धामै आधारित थियो । पुँजीवादले आफ्नो युवा सौर्य गुमाइसकेको थिएन । फेरि पनि, माक्र्सले पुँजीवादमा अन्तरनिहित प्रवृत्तिलाई केलाउँदै धन र पुँजीको सङ्केन्द्रीकरण तथा वर्गीय ध्रुवीकरण हुने विश्लेषण गरेका थिए ।
तथ्यहरू आपैmँ बोल्दछन्, अहिले समस्त पुँजीवादी दुनियाँको अर्थतन्त्र केही सीमित भीमकाय बहुराष्ट्रिय एकाधिकारी निगमको बर्चस्वमा चल्दछ ।
सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दा त्यसका सहलेखकद्वय माक्र्स र एंगेल्स क्रमशः ३० र २८ वर्षका अल्लारे ठानिने युवा नै थिए । त्यतिबेला युरोप एउटा ठूलो उथलपुथलबाट गुज्रिरहेको थियो । पूरै युरोप ‘कम्युनिज्मको हाउगुजी’ ले काँपिरहेको थियो र त्यस हाउगुजीलाई पन्छाउन समस्त युरोपेली शासक वर्गले मोर्चा कसेको थियो । इतिहासमा पहिलोपटक पँुजीपति वर्गको दुमछल्ला नभइकन श्रमजीवी वर्ग सङ्गठितरूपमा एक स्वतन्त्र राजनीतिक शक्तिको रूपमा उपस्थित भएको थियो ।
घोषणापत्रमा ऐतिहासिक विकास क्रममा पछिल्लोपटक विकसित पँुजीवादी व्यवस्थाको चिरफार गर्दै अनिवार्यतः हुने विकासको साम्यवादी सामाजिक व्यवस्थाको लक्ष्य किटान गरिएको थियो ।
त्यो दस्तावेज सारमा उदियमान सर्वहारा वर्गको गन्तव्य कार्यक्रम र रणनीतिको बकपत्र थियो । घोषणापत्रले जुन सर्वाधिक आधारभूत परिघटनाको बारेमा पूवर् कल्पना गरेको थियो त्यसले आज विश्वव्यापिरूप लिएको छ । त्यसबेला लेखिएको दस्तावेजले आजको एक्काइसौं शताब्दीको जीवन्त र तथ्यपरक चित्रण गर्नसक्ला भनेर
कसले सोच्नसक्थ्यो र !
आप्mना विचार, दर्शन र सिद्धान्तलाई उनीहरूले त्यसपछिका समयमा अझ गहन र सूक्ष्म अध्ययन गरेर थप धारिलो, प्रभावकारी र वैज्ञानिक बनाए । राजनीतिक अर्थशास्त्र, दर्शन र समाजवादमा उनीहरूका विचारहरूको समष्टि नै माक्र्सवाद हो । माक्र्सवादको अर्को नाम वैज्ञानिक समाजवाद पनि हो ।
माक्र्सवादले पँुजीवादलाई अन्तर्निहित अन्तरविरोधले जेलिएको प्रणालीको रुपमा हेरेको थियो । त्यसले इतिहासको भौतिकवादी व्याख्या ग¥यो र ऐतिहासिक चेतको आधारमा भन्यो, “आजसम्मको इतिहास ९आदिम साम्यवादलाई छोडेर० वर्गसङ्घर्षको इतिहास हो । सङ्क्षेपमा इतिहास भनेको उत्पीडक र उत्पीडित वर्गको अविरामरूपले एकअर्काको विरुद्धमा कहिले गुप्त कहिले खुला सङ्घर्षको इतिहास हो । यस्तो सङ्घर्ष समाजको क्रान्तिकारी रुपान्तरणमा या प्रतिस्पर्धी वर्गको साझा विनासमा अन्य भएको छ ।” ९माक्र्स
एंगेल्स कम्युनिष्ट पार्टीको घोषणापत्र !
यो प्रणाली प्रमुख रूपमा दुइटा वर्ग – उत्पादनका साधनमा हालीमुहाली गरेको पँुजीपति वर्ग र जीवन निर्वाहको निम्ति आफ्नो श्रम शक्ति बेच्न बाध्य हुने, उत्पादनका साधनविहीन आधुनिक जमानाको ज्यालादारी श्रमिक अर्थात् सर्वहारा वर्गको रस्साकसिमा चल्दछ । यो वर्गबीचको परस्परको विरोधलाई हेरेर माक्र्सले वर्गसङ्घर्षको सिद्धान्त प्रतिपादन गरे । उनको सपाट विचार थियो– यी वर्गबीचको सङ्घर्षमा अन्ततः सर्वहारा वर्ग विजयी हुन्छ र उत्पादनका साधनलाई आफ्नै हातमा लिन्छ । माक्र्सवादले पँुजीवादपछिको विकसित हुने राजनैतिक प्रणालीको बारेमा पनि उतिखेरै आफ्नो विचार अगाडि सारेको थियो । यसका लागि सर्वहारा वर्गलाई सत्ताधारी वर्गको रूपमा प्रतिस्र्थापित गर्नु र लोकतन्त्रको लडाइँमा महारत हासिल गर्नुलाई क्रान्तिको पहिलो कदम भनेर घोषणापत्रमै दर्ज गरियो । उनीहरूको विचार थियो कि सर्वहारा वर्ग आफ्नो मुक्तिको निम्ति आपैmमा वर्ग र आप्mनै निम्ति ९ऋबिकक९ष्ल९ष्तकभाि९ायच९ष्तकभाि० सङ्गठित हुनुपर्दछ । घोषणापत्रमार्पmत अघिल्ला युगहरूमा सम्भव भएको भन्दा बढ्ता वैयक्तिक स्वतन्त्रता र अझ भरपूर वैयक्तिक विकास गर्ने लक्ष्य किटान गरिएको थियो । त्यसले आफ्नो आदर्श त्यस्तो समाजको रूपमा घोषणा ग¥यो ‘जसमा व्यक्तिको स्वतन्त्र विकास समाजको स्वतन्त्र विकासको पूर्वशर्त’ रहने र “प्रत्येकबाट आप्mनो क्षमताअनुसार र प्रत्येकलाई आप्mनो आवश्यकताअनुसार” हुनेछ ।
घोषणापत्रको दुइटा कुराले भने विशेष महत्व राख्दछ– पहिलो कुरा त्यसको दूरदृष्टि हो । त्यतिखेर पँुजीवाद अझै आप्mनो यात्राको विजयोल्लासको प्रारम्भमै थियो । त्यस्तो बेलामा पँुजीवादी उत्पादन पद्धति स्थायी, स्थिर र ‘इतिहासको अन्त्य होइन मानव जातिको इतिहासमा एउटा अर्को अस्थायी अवस्थामात्रै हो, त्यसको पनि पूवर्वर्ती समाजको जस्तै अर्को समाजले विस्थापित गर्नेछ भनेर परिकल्पना÷दूरदृष्टि राख्नु लर्तरो कुरा थिएन । दोस्रो कुरा, पँुजीवादी उत्पादनको दीर्घकालीन ऐतिहासिक प्रवृत्तिको अनुबोध गर्नु । पँुजीवादी अर्थतन्त्रको क्रान्तिकारी सम्भावना जगजाहेर भइसकेको थियो । तर, त्यसको विनासकारी लिला त्यति प्रस्ट भइसकेको थिएन । माक्र्स एङ्गेल्सले त्यस प्रवृत्तिलाई ठम्याउने आफूमात्रै हौँ भनेर कहिल्यै दाबी गरेनन् ।
माक्र्सवादको खेदो खन्ने र खिल्ली उडाउनेहरूको सुरुदेखि अहिलेसम्म कुनै कमी छैन । माक्र्सवादको पछिल्लो प्रयोगशाला सोभियत सङ्घ र पूर्वी युरोपको प्रचलित समाजवाद विसर्जनपछि पँुजीवादको दिग्विजयमा जति हर्षोल्लास मनाइयो त्योभन्दा बढ्ता समाजवादको संहारमा हर्ष बढाइँ गर्नेहरूको भुइँमा खुट्टा थिएनन् । हुँदाहुँदा ‘इतिहासको अन्त्य’ भएको दुन्दुभी पनि बजाइयो । परन्तु ती फगत वर्षाका पानीका फोका सावित भए ।
(नेपाल वैकल्पिक अध्ययन समाजको आयोजनामा माघ ६ गते काठमाडौँमा सम्पन्न ‘समकालीन नेपालमा समाजवाद’ विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रको अंश–सम्पादक)
Leave a Reply