अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
सामान्यतया कम्युनिष्ट पार्टीको अध्ययन गर्नसक्ने सदस्यहरुले माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरु अध्ययन गर्नुपर्छ, हाम्रो राष्ट्रियता इतिहासको अध्ययन गर्नुपर्छ र वर्तमान आन्दोलनहरु र प्रवृत्तिहरुको अध्ययन गर्नुपर्छ । यसबाहेक, तिनले थोरै शिक्षा प्राप्त गरेका सदस्यहरुलाई शिक्षित तुल्याउन मद्दत गर्नुपर्दछ । खास गरेर कार्यकर्ताहरुले यी विषयहरुको राम्ररी अध्ययन गर्नुपर्दछ, उता केन्द्रीय समितिका सदस्यहरु र उपल्लो तहका कार्यकर्ताहरुले त यी विषयमा झन् बढी ध्यान दिनुपर्छ । आफूसित एउटा क्रान्तिकारी सिद्धान्त नभइकन, इतिहासको ज्ञान नभइकन र व्यावहारिक आन्दोलनलाई विजयसम्म डो¥याउन असम्भव छ ।
माक्र्स, एँङ्गेल्स, लेनिन र स्तालिनको सिद्धान्त विश्वव्यापीरुपमा लागू हुनसक्छ । हामीले यस सिद्धान्तलाई जडसूत्र (कोरा सिद्धान्त सं) नठानी कार्यको मार्गदर्शक ठान्नुपर्दछ । यसको अध्ययन गर्नु भनेको मार्गदर्शक ठान्नुपर्दछ । यसको अध्ययन गर्नु भनेको खालि यसका भएका शब्दहरु र वाक्यांशहरु कण्ठ पार्नु होइन । क्रान्तिको विज्ञानको रुपमा माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नु हो । यसको अर्थ माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले वास्तविक जीवनको व्यापक अध्ययन र क्रान्तिकारी अनुभवको आधारमा प्रस्तुत गर्नुभएका सामान्य नियमहरु बुझ्नुमात्र होइन समस्याहरुको जाँचबुझ र समाधान गर्ने उहाँहरुको दृष्टिबिन्दु र पद्धतिको अध्ययन गर्नु हो । हाम्रो पार्टीले यसअघिको दाँजोमा माक्र्सवाद – लेनिनवादको निकै राम्रो दख्खल हासिल गरेको छ, तर यो दख्खल व्यापक वा गहन हुन अझै धेरै बाँकी छ । दसौँ करोड मानिसहरु भएको एक महान राष्ट्रको महान र अभूतपूर्व सङ्घर्षको नेतृत्व गर्नुपर्ने अभिभारा हाम्रो काँधमा छ । त्यसैले, माक्र्सवादी–लेनिनवादी सिद्धान्तको व्यापक र गहन रुपले अध्ययन गर्नु हाम्रो निम्ति एउटा ठूलो समस्या हो, जसलाई छिट्टै नै हल गर्नु जरुरी छ र केन्द्रीकृत प्रयत्नद्वारा मात्र यसलाई हल गर्न सम्भव हुनेछ । केन्द्रीय समितिको यस पूर्ण अधिवेशनपछि अध्ययन कार्यमा पार्टीव्यापी प्रतिस्पर्धा देख्ने म आशा गर्दछु, जुन प्रतिस्पर्धाले क–कसले साँच्ची नै केही कुरा सिके र क–कसले बढी सिके र राम्ररी सिके भन्ने कुरा देखाउनेछ । जहाँसम्म नेतृत्वको मुख्य जिम्मेवारी बहन गर्ने कुरा छ, हाम्रो पार्टीमा माक्र्सवाद–लेनिनवादको टुक्राटाक्री होइन तर क्रमबद्ध, खोक्रो होइन तर सच्चा ज्ञानले सुसज्जित एक दुई सय कामरेडहरु भएमा हाम्रो पार्टीको लडाकु क्षमता हालको भन्दा निकै नै बढी हुनेछ र जापानी साम्राज्यवादलाई पराजित गर्नुपर्ने हाम्रो अभिभारा छन् छिटो पूरा हुनेछ ।
हाम्रो अर्को अभिभारा हाम्रो ऐतिहासिक सम्पदाको अध्ययन गर्नु र यसको आलोचनात्मक निष्कर्ष माक्र्सवादी पद्धतिको प्रयोग गर्नु हो । हाम्रो राष्ट्रको हजारौँ पुरानो इतिहास छ, यसका आफ्नै विशेषताहरु र असङ्ख्य बहुमूल्य सामग्रीहरु छन् । तर यी कुराको हाम्रो ज्ञान पाठशाले केटाहरुको जस्तो मात्र छ । आजको चीन हिजोको चीनबाटै विकसित भएको हो । हामी इतिहासप्रति माक्र्सवादी दृष्टिकोण राख्दछौँ, त्यसैले हामीले आफ्नो इतिहासलाई जतासुकै काटकुट पारेर अलग्याउनु हुँदैन । हामीले कन्फुसियसदेखि सन यात–सेनसम्मको आफ्नो इतिहासको निचोड निकाल्नुपर्छ र यसलाई मूल्यवान पुर्खौली परम्पराको रुपमा ग्रहण गर्नुपर्छ । आजको महान् आन्दोलनलाई मार्गदर्शन गर्नको निम्ति यो कुरा महŒवपूर्ण छ । माक्र्सवादीको हैसियतले हामी कम्युनिष्टहरु अन्तर्राष्ट्रवादी हौँ तर हामी माक्र्सवादलाई त्यसबेलामात्र सरकारको रुप दिनसक्छौँ जब यसलाई आफ्नो देशका खास विशेषताहरुसँग गाँसेर एउटा निश्चित राष्ट्रिय रुप प्रदान गर्न सक्छौँ । माक्र्सवाद–लेनिनवादको महान शक्ति यसलाई विभिन्न देशहरुको खास क्रान्तिकारी व्यवहारसँग गाँस्नुमा निहित छ । चिनियाँ कम्युनिष्ट पार्टीको हकमा, उसले माक्र्सवादी चिनियाँ राष्ट्रको अङ्गको रुपमा रहेका र यससँग रगत–मासुझैँ अभिन्न रुपले गाँसिएका चिनियाँ कम्युनिष्टहरुको निम्ति चीनका विशेषताहरुबाट अलग्गिएर माक्र्सवादको कुरा गर्नु खालि हलुका माक्र्सवाद र खोक्रो माक्र्सवाद हो । त्यसैले यसको हरेक अभिव्यक्तिमा चिनियाँ स्वरुप देखापर्ने गरी माक्र्सवादलाई चीनमा ठोस रुपले लागू गर्नु हाम्रो सिङ्गो पार्टीले बुझ्नुपर्ने र हल गर्नुपर्ने अति जरुरी समस्या हुन जान्छ । विदेशी रुढीवादीलाई उन्मूलन गर्नैपर्छ, खोक्रो र निस्सार राग अलाप्न छाड्नुपर्छ र कट्टरवादलाई निमिट्यान्न पार्नुपर्छ, तिनको सट्टामा सर्वसाधारण चिनियाँ जनताले मन पराउने नौलो, ज्युँदो चिनियाँ शैली र भावना अपनाउनुपर्दछ । अन्तर्राष्ट्रिय सारवस्तुलाई राष्ट्रिय शैलीबाट अलग्याउनु अन्तर्राष्ट्रवादको कपुरी कसम्म पनि नबुझ्ने मानिसहरुको व्यवहार हो । हामीले भने यसको विपरीत यी दुई कुरालाई नङ्ग र मासुझैँ गाँस्नुपर्छ । यस सम्बन्धमा हाम्रो पङ्क्तिभित्र गम्भीर गल्तीहरु रहेका छन्, जसलाई दिल्लोज्यानले हटाउनैपर्छ । वर्तमान आन्दोलनका विशेषताहरु के के हुन् ? यसका नियमहरु के के हुन् ? यसलाई कसरी निर्देशित गर्ने हो ? यी सबै व्यावहारिक प्रश्नहरु हुन् । हामीले जापानी साम्राज्यवाद वा चीनको बारेमा आजसम्म पनि सबै कुरा बुझेका छैनौँ । आन्दोलन विकसित भइरहेको छ, अझै नौला नौला कुराहरुको उदय हुँदैछ र ती कुराहरुको अनन्त प्रवाहको रुपमा उदय भई नै रहेको छ । यस आन्दोलनलाई समग्र रुपमा र यसको विकास प्रक्रियामा अध्ययन गर्नु एउटा महान अभिभारा हो, जसमा हामीले निरन्तर ध्यान दिनु जरुरी छ । जसले यी समस्याहरुबारे गम्भीर रुपले र राम्ररी अध्ययन गर्न इन्कार गर्छ, ऊ माक्र्सवादी हुनसक्दैन ।
आत्मसन्तोष अध्ययनको शत्रु हो । हामीले आत्मसन्तोषको भावनाबाट मुक्त नहुञ्जेलसम्म साँच्ची नै केही कुरा सिक्न सक्दैनौँ । हाम्रो आफूप्रतिको दृष्टिकोण “सिकेर कहिल्यै तृप्त नहुने ” खालको हुनुपर्छ र हाम्रो अरुप्रतिको दृष्टिकोण “अथक रुपले सिकाउने” खालको हुनुपर्छ ।
Leave a Reply