संरा अमेरिकी गृहमन्त्रालय पेन्टागन र वातावरणीय परिवर्तन
- भाद्र २३, २०८३
(१०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेक्रामसङ्घ केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा व्यक्त मन्तव्य–सं)
हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिला दिदीबहिनीहरूको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्ने थलोको रुपमा लिएका छौं । सम्भ्रान्त वर्गका महिलाले पश्चिमेली विकृति, भोजभतेर तथा महिला स्वतन्त्रताको नाममा समाजमा विकृति ल्याउने गरेको पनि छ । महिलाहरूलाई वर्गसङ्घर्षबाट टाढै राख्ने नियतले पनि यसो गरिरहेको हामी बुझ्न सक्छौं ।
देशमा ठूलठूला पार्टीका नेताहरू पालैपालो सरकार चलाउने र ठूलठूला पदको निम्ति विदशीको इसारामा भागवण्डा गर्न व्यस्त छन् । नेपाली जनताले सरकारको अनुभूति गर्न पाएका छैनन् । महिला हिंसा, बलात्कार र बलात्कारपछि हत्यासमेत गरेका कुरा हामीले अखबारहरूमा हेरेका र सुनेका छौं । कयौं गरीब महिलाहरूलाई बोक्सीको आरोपमा दिन दहादै कुटपिट गरी अभद्र व्यवहार गरिएका, जिउँदै जलाउनेजस्ता घटनाहरू बारम्बार सुन्ने गर्छौं । त्यस्ता अन्धविश्वास र कुसंस्कारको विरुद्ध पनि नेपाल क्रान्तिकारी महिला सङ्घले निरन्तर आवाज उठाउँदै आएको छ । महिलामाथि गरिने हिंसा र भेदभाव अन्त्यका लागि कडा सजायको कानुनी व्यवस्था हुनुपर्दछ । यसले मात्र महिला हिंसामा कमी आउने छ ।
गरिबीको कारण कयौं महिलाहरू विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन बाध्य छन् । वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीहरूले नेपाली महिलालाई भेडाबाख्रासरी बेचविखन गरिरहेका छन् । धेरै नेपाली युवतीहरू विदेशी भूमिमा यौन शोषणमा परेका छन् । महिलाहरूलाई नारकीय जीवन बिताउन बाध्य पार्ने ठग वा दलाल म्यानपावर कम्पनीका मालिकहरूलाई मृत्युदण्डको प्रावधान संविधान संशोधन गरी संविधानमा राख्नुपर्छ ।
वैदेशिक रोजगारीमा गएकाहरू कयौं युवा युवतीहरू लाश बनेर फर्किरहेका छन् । हाम्रा शासकहरू रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलेकोमा गर्व गर्छन् । यो लज्जास्पद विषय हो । नेपालको अहिलेसम्मका शासक दलहरू मानव वेचविखनका दलालहरूको संरक्षणमा लागेको समाचार पनि प्रशस्त छन् ।
हामी राज्य संरचनामा कामदार महिलाको समानुपातिक प्रतिनिधित्वको आवाज उठाइरहेका छौं । कामदार महिलाहरू अगाडि नबढेसम्म सिङ्गो देश अघि बढ्न सम्भव छैन । महिलाहरूले समान कामको समान ज्याला पाएका छैनन् । मोहियानी हक पाएका छैनन् । नेपाल क्रान्तिकारी महिला सङ्घ मोहियानी हक पनि अरु पैत्रिक सम्पतिसरह बेचविखन गर्न पाउनुपर्छ भन्ने पक्षमा छ ।
शिक्षा र रोजगारीको व्यवस्था नभएसम्म महिलाहरू अगाडि बढ्न सक्दैनन् । सम्पूर्ण स्वास्थ्य सेवा पनि निःशुल्क गर्नुपर्छ । राज्यले महिलाहरूलाई अनिवार्य शिक्षा र रोजगारीमा प्राथमिकता दिने व्यवस्था गर्नुपर्दछ । त्यसले मात्रै व्यवहारिक रुपमा महिला र पुरुषमा समानता ल्याउने छ ।
समाजवादी व्यवस्थामा मात्र महिलाहरूले पूर्णरुपमा समानता पाउने छन् । समाजवादी व्यवस्थाको लागि पूँजीवादी व्यवस्थाको अन्त्य गर्नुपर्छ । पूँजीवादी व्यवस्थाको अन्त्यका लागि सम्पूर्ण कामदार महिला एक हुनैपर्छ ।
Leave a Reply