भर्खरै :

भेनेजुयलाको पछिल्लो अवस्थाबारे एक शिक्षिकाको अध्ययन

हीरा त्वायना
हालैमात्र भेनेजुयलामा त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई अपदस्थ गरी राष्ट्रपतिको लागि उम्मेदवार नै नभएका ह्वाँ गुइडोलाई राष्ट्रपति स्वघोषणा गर्न लगाइ संयुक्त राज्य अमेरिकाले समर्थन ग¥यो । हुन त पश्चिमी गोलाद्र्धमा रहेका देशहरू संयुक्त राज्य अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको इतिहास छैन । भेनेजुयला पनि विगत लामो समयदेखि संरा अमेरिकी हस्तक्षेपको तारो बन्दै आएको छ । भेनेजुयलाको आन्तरिक मामिलामा १९ औं, २० औं शताब्दीदेखि नै संरा अमेरिकाले हस्तक्षेप गर्दै आएको छ । विशेष गरी २० औं शताब्दीदेखि त्यहाँको तेलको लागि हस्तक्षेप हुँदै आएको छ ।
भेनेजुयलामा सन् १९५८ मा सैनिक तानाशाही अन्त्य गरी प्रजातन्त्र स्थापना भयो । सन् १९९८ मा भेनेजुयलामा राष्ट्रपतीय चुनाव भयो र सो चुनावले समाजवादी विचारका ह्युगो चाभेजलाई राष्ट्रपति पदमा निर्वाचित ग¥यो । चाभेजको नेतृत्वमा भेनेजुयलामा बोलिभारियाली समाजवादी क्रान्तिको थालनी भयो । सो क्रान्तिले भेनेजुयलाको आर्थिक र सामाजिक सुधार ग¥यो । करोडौं जनताको स्वास्थ्य र अन्य जीवन अवस्थामा ठूलो मात्रामा सुधार भयो । सीमित पुँजीपति वर्गको नियन्त्रणमा रहेको उत्पादनका साधन र त्यहाँबाट हुने नाफा चाभेज सरकारले राष्ट्रिय अर्थतन्त्रका प्रमुख सबै क्षेत्रहरूजस्तै शिक्षा स्वास्थ्य, उद्योग, कारखाना, खानेपानी आदिमा लगानी गरियो । ती सबै क्षेत्रलाई राष्ट्रकरण गरियो ।
बोलिभारियाली क्रान्तिले लाखौं संरा अमेरिकाका जनतालाई पनि निःशुल्करूपमा घर, तातो हुने इन्धनको व्यवस्था गरिदियो । त्यसको सकारात्मक प्रभाव विस्तारै ल्याटिन अमेरिकाको अन्य देशमा पनि विस्तार भयो । यसरी बोलिभारियाली क्रान्तिको यस्तो सुधार एवम् गतिविधिको कारण ह्युगो चाभेज करोडौं जनताको “नायक” बन्न सफल भए तर विपक्षी एवम् कुलिन वर्गका लागि उनी शत्रु भए ।
सन् २०१३ मा ह्युगो चाभेजको दुःखद निधन भयो । त्यस पश्चात् राष्ट्रपति पदमा भेनेजुयाली एकिकृत समाजवादी पार्टीका अर्का नेता निकोलस माडुरो निर्वाचित हुँदै आएका छन् । उनी सन् २०१३ को निर्वाचनमा पहिलोपटक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । लामो समयदेखि अमेरिकाले बोलिभारियाली क्रान्तिमाथि दमन गर्न खोजिरहेको थियो । तर माडुरोले बोलिभारियाली क्रान्तिलाई निरन्तरता दिंदै आएका छन् । त्यो कुरा संरा अमेरिकाले मन पराएको छैन । त्यसकारण उसले भेनेजुयलामाथि हमला गर्ने धम्की दियो र सन् २०१७ को जुलाइमा निकोलस माडुरोविरुद्ध संरा अमेरिकी ट्रम्प सरकारले नाकाबन्दी लगायो । सन् २०१८ को अगस्त ४ मा माडुरोको हत्या गर्ने प्रयास पनि भयो ।
२०१८ मे २० मा सम्पन्न राष्ट्रपति चुनावमा भेनेजुयाली जनताद्वारा निकोलस माडुरोलाई दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित ग¥यो । तर प्रजातान्त्रिक रुपमा जनताद्वारा निर्वाचित राष्ट्रपति माडुरोलाई हटाउने मनसायले ह्वाँ गुइडोले असंवैधानिक किसिमले आफूले आफैंलाई राष्ट्रपति भनी स्वघोषणा गरे । ह्वाँ गुइडोले यसरी सिधैं गैरसंवैधानिक किसिमले सत्ता हत्याउन खोजे र ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारहरूले उनलाई भेनेजुयलाको वैध राष्ट्रपतिको मान्यता दिए ।
हुवाँ गुइडो एक दक्षिणपन्थी पपुलर विल पार्टीका व्यक्ति हुन् र हालैमात्र विपक्षी राजनीतिक पार्टीहरूको भागबण्डाको फलस्वरुप विपक्षी नियन्त्रित संसद् राष्ट्रिय सभाको अध्यक्ष पदमा चुनिएका व्यक्ति हुन् । तर, उनी गएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार पनि थिएनन् । तर, जुन व्यक्ति चुनावको उम्मेदवार नै थिएन, त्यो व्यक्तिले राष्ट्रपति भनी स्वघोषणा गर्नु हाँस्यास्पद कुरा हो । हप्तादिन अगाडि गरिएको एक मत सर्वेक्षणअनुसार ८० प्रतिशतभन्दा बढी भेनेजुयाली जनताहरूलाई ‘‘गुइडो को हुन्’’ बारे पनि जानकारी छैनन् । अहिले भेनेजुयलामा भइरहेको घटना एकाएक विकास भएको नभई योजनाबद्ध ढङ्गले पाइला पाइला गरी चालिएको कदम हो ।
सुरुमा जनवरी २१ मा बिहान बोलिभारियाली राष्ट्रिय गार्ड अर्थात् भेनेजुयाली प्रहरी भित्रकै एउटा समूहले हतियार चोरी गर्ने प्रयास ग¥यो । उनीहरू पक्राउमा परे । त्यसपछि भेनेजुयलाको राजधानी काराकसको पश्चिम भेगमा हतियारबद्ध हिंसा भयो । विरोधीहरूको हिंंसात्मक प्रदर्शनविरुद्ध माडुरो पक्षधर जनताले पनि प्रदर्शन गर्दै आएका छन् ।
ह्वाँ गुइडोले सडक प्रदर्शनीकै क्रममा आफूलाई राष्ट्रपति घोषित गरेको हो । उसको घोषणाको केही मिनेटपछि नै सयौं कि.मि. टाढा वासिङ्टनमा बसेका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उसलाई राष्ट्रपतिका रुपमा मान्यता प्रदान गरे । साथै अमेरिकी उप राष्ट्रपति माइक पेन्सले भेनेजुयाली विपक्षीहरूलाई कडा कदम चाल्न आह्वान गरे । गत हप्ता नै सार्वजनिक भएको एक भिडियोमा संरा अमेरिकी उपराष्ट्रपति पेन्सले स्पेनिश भाषामा आफ्नो सरकारको समर्थन भेनेजुयलाका विपक्षी शक्तिहरूलाई भएको र उनीहरूलाई माडुरोको विरोध गर्न जोडदार आग्रह गरिएको थियो ।
संरा अमेरिकापक्षधर अमेरिकी राज्य सङ्गठन (OAS) को बैठक गरी समानान्तर सरकारलाई मान्यता दिन खोजिरहेको छ । मानविय सहायताका नाममा संरा अमेरिकाका उपराष्ट्रपति पेन्सले २ करोड अमेरिकी डलर सहायता तत्काल गुइडोलाई प्रदान गरी आगामी दिनहरूमा हिंसात्मक घटना राजधानी काराकसको पूर्वी क्षेत्रमा रहेको “पटारे क्षेत्र” क्षेत्रमा लान खोजिंदैछ । त्यो क्षेत्रबाट निर्वाचनमा भेनेजुयाली एकिकृत समाजवादी पार्टी र राष्ट्रपति माडुरोलाई मत प्राप्त भइरहेको थियो । त्यहाँका गरिब बस्तीहरूमा जनधनको क्षति गराइएको छ । त्यसो गरेर विपक्षीहरू सरकारको समर्थनको आधार नै भत्कियोस् भन्ने चाहिरहेका छन् ।
कराकसमा मात्र होइन, देशका विभिन्न सहरमा विगतदेखि नै कुख्यात सशस्त्र समूहहरू अर्थात् गुण्डाहरू सक्रिय छन् । सरकारसित बदला लिन प्रेरित गर्दै विपक्षीहरूले तिनीहरूलाई रकम वितरण गरिएको छ । पुँजीवादी सञ्चारमाध्यमहरू झुठको खेती गर्न खोजिरहेका छन् । दिनमा तनाव सिर्जना गर्नका साथै हिंसात्मक घटना रातिदेखि नै सुरु गर्ने गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत बढाइचढाई प्रचार भइरहेका छन् । यो सड्ढट जतिजति लम्बिदै जान्छ, भेनेजुयालाको स्थिति झन्–झन् खराब हुँदै जान्छ । त्यसले सबभन्दा खराब असर भेनेजुयलाका गरिब समुदायमाथि पर्नेछ जसले सरकारलाई गहिरो समर्थन गर्दै आएका छन् ।
विगतमा पनि संरा अमेरिकाले अफगानिस्तान, इराक, लिबिया, सिरियालगायतका देशमा युद्ध गरेर त्यहाँको प्राकृतिक स्रोत कब्जा गर्ने दुष्प्रयास गरेको थियो । प्राचीन सम्पदा तथा संस्कृति धुजा–धुजा पारेको थियो । त्यसरी नै भेनेजुयलामा पनि त्यहाँ भएको तेल, ग्यास पेत्रोलियम पदार्थ जस्ता खानीहरू कब्जा गर्ने उद्देश्यले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । जुन अत्यन्त निन्दनीय छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा लगाएको प्रतिबन्ध र नाकाबन्दीले गर्दा भेनेजुयलाको अर्थतन्त्रमा नै ठूलो सङ्कट आएको छ र भेनेजुयाली गरिब जनताहरूले रोगभोकको कष्ट सहनुपरेको छ । ल्याटिन अमेरिकी देशमा उर्लिरहेको साम्राज्यवादविरोधी लहर रोक्नु, वामपन्थी विचारमाथि दमन गर्नु र क्युवालगायतका समाजवादी देशहरूमाथि थप दबाब सिर्जना गर्नु, भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु र सिङ्गो ल्याटिन अमेरिकामा आफ्नो हैकम निर्बाध कायम गर्न खोज्नु संरा अमेरिकाको बद्नियत तथा राजनीतिक स्वार्थ हो ।
संरा अमेरिकाका यी र यस्ता गतिविधिले भेनेजुयलासँग उसले कूटनीतिक सम्बन्धविच्छेदको स्वागत गरेको सावित भएको छ । ट्रम्प र पेन्सको नाङ्गो हस्तक्षेपको विरोधमा राष्ट्रपति माडुरोले संरा अमेरिकासितको कूटनैतिक सम्बन्धविच्छेद गरी अमेरिकी कूटनीतिज्ञहरूलाई देश निकाला घोषणा गरिसकेका छन् । ट्रम्प प्रशासनले लाजै नमानी माडुरोको उक्त कदमलाई मान्यता नदिने बताई कूटनीति मिशनलाई काराकासमै रहन भनेको छ ।
यस्तो अवस्थामा भेनेजुयलाले ती कुटनीतिक कर्मचारीलाई पक्राउ गर्नसक्नेछ र त्यसको प्रतिक्रियामा ट्रम्पले त्यसलाई सैन्य हस्तक्षेपको बहाना बनाउन सक्नेछन् । भेनेजुयालामाथि सैनिक हमलाको धम्की ट्रम्पले विगतदेखि दिँदै आएका छन् । अमेरिकाको यस्तो गलत नीतिको कारणले गर्दा भेनेजुयली जनतामा गुइडो र विपक्षीहरूको छवि राम्रो हुनुको सट्टा बिग्रेको छ र गुइडो अमेरिकी साम्राज्यवादले चुनेको “गोटी” हो तथा साम्राज्यवादको ट्रोजन हर्स हो भन्ने कुरा पनि स्पष्ट भइसकेको छ । जसरी अहिले माडुरोलाई हटाउन विभिन्न विरोध, प्रदर्शनी र हिंसात्मक क्रियाकलाप गरिरहेको छ, संरा अमेरिकाको पहलमा त्यसरी नै सन् २००२ मा ह्युगो चाभेजलाई हटाउन पनि संरा अमेरिकाले समर्थन गरेको थियो । मानव अधिकारवादी सङ्गठनका निरीक्षकहरूले विपक्षीहरूको विरोध प्रदर्शनमध्ये ३८ प्रतिशत गोलीगठ्ठा र विस्फोटक पदार्थसहित सुरक्षा फौजसहितको भिडन्तमा मात्र केन्द्रित भएको बताएका छन् ।
कुनै देश शक्तिशाली छ भन्दैमा, पुँजीपति वर्गको पक्षपोषण गरिएको भरमा कुनै पनि देशमा स्वघोषित राष्ट्रपति बन्ने र बनाउन समर्थन गर्ने र दबाब दिने राष्ट्र प्रमुखहरूले प्रजातान्त्रिक मूल्य र मान्यताको अपमान गरिरहेका छन् । अमेरिकाले फुकेपछि राम्रो–नराम्रो, सही–गलत कुनै नहेरी समथर्न गर्ने र त्यसलाई लागू गर्न अघि तम्सिने वा दबाब दिन पछि नपर्ने युरोपेली राष्ट्रहरू स्पेन, जर्मनी, फ्रान्स र बेलायतका शासकहरू जीवनपद्धतिको रुपमा विकास गर्नुपर्ने प्रजातान्त्रिक आधारहरू भत्काउँदैछन् । कुनै देशका स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्नु अझ निर्वाचित राष्ट्रपतिलाई आठ दिनको अल्टिमेटम दिएर निर्वाचन मिति तोक्न दबाब दिनु एउटा स्वतन्त्र र सार्वभौम देशमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्नु हो ।
संरा अमेरिका लगायतका देशले निर्वाचित राष्ट्रपतिलाई समर्थन नगरी स्वघोषित राष्ट्रपतिलाई समर्थन गरेर युरोपेली देशहरूले संसारमा दादागिरी देखाउन खोजेका हुन् । कुनै दलको सरकार प्रगतिशील, वामपन्थी वा कम्युनिष्ट भएको आधारमा, शक्तिको भरमा हटाउन खोज्नु न्यायोचित होइन । भेनेजुयलाको राष्ट्रपति निकोलस माडुरोलाई नयाँ निर्वाचनको मिति तोक्न आदेश दिने अधिकार कुनै पनि युरोपेली देशका शासकलाई छैन । निर्वाचन गर्ने–नगर्ने त्यो कुनै पनि देशको आन्तरिक मामिला हो । यसको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, स्वघोषित राष्ट्रपतिलाई स्वीकार्न केही युरोपेली देशका शासकहरू अन्तर्राष्ट्रिय कानुनको पनि उल्लङ्घन गर्दैछन् । ती साम्राज्यवादी शासकहरू विश्वमा आतङ्क मच्चाएर स–साना स्वतन्त्र र सार्वभौम देशहरूलाई आफ्नो मुठीमा राख्ने प्रयास गर्दैछन् । यसरी कुनै देशको राष्ट्रपति घोषणा संरा अमेरिकी साम्राज्यवाद वा यस्तै अन्य शक्तिशाली देशले गर्ने हो भन्ने निर्वाचन नै किन गर्नुप¥यो र ! जो पनि राष्ट्रपति भनेर स्वघोषित हुनेछन् । त्यस्तो अवस्थामा निर्वाचन र प्रजातन्त्रको आवश्यकता नै हुँदैनथ्यो र यो नजिर बनेको खण्डमा विश्वमा कतै पनि निर्वाचन हुने छैन ।
त्यसैले संरा अमेरिका साम्राज्यवादको, ट्रम्पको गलत नीतिको र भेनेजुयलामाथिको आन्तरिक मामिलामाथिको हस्तक्षेपको विश्वका सबै मुलुकले विरोध गर्नुपर्दछ । चीन, रुस लगायतका देशहरू र संसारका सम्पूर्ण न्याय र शान्तिप्रेमी तथा साम्राज्यवादविरोधी देश अनि जनता यसको कडा विरोध गर्दैछन् । नेपालका शासक दल अथवा भनौँ पुष्पकमल दाहालले भेनेजुयलामाथिको आन्तरिक मामिलामा हस्तक्षेपको विरोधमा प्रेस विज्ञप्ति निकाले । तर, पछि अमेरिकाले यो के गरेको अबदेखि नेपाललाई दिँदै आएको आर्थिक सहयोगमा कटौती गर्ने भन्ने कुरा आएपछि पुनर्विचार गर्नुपर्ने अवस्था बन्यो । त्यही दलका नेता प्रधानमन्त्री केपी ओलीले दाहालको विज्ञप्तिमा ‘शब्द चिप्लिएको’ भनेर संरा अमेरिकाकै पक्षधरता लिएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भेनेजुयलाको पक्षमा बोल्यो । संरा अमेरिकाको विरोध ग¥यो भने उसको सहयोग नपाउने र अमेरिका रिसाउने भन्दै ‘भेनेजुयला नेपालभन्दा धेरै टाढाको देश हो, उसको हामीले चासो गर्नु हुँदैन’ भनेर तर्क गरिरहेका छन् ।
नेमकिपाले भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोधमा ‘प्रेस वक्तव्य’ निकालेको छ । संसदमा पनि सांसद प्रेम सुवालले यो विषयलाई उठाई संसदले त्यसको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । नेमकिपाले कुनै पनि स्वतन्त्र र सार्वभौम देश माथिको थिचोमिचो, पुँजीवादी र साम्राज्यवादी देशहरूबाट ती देशहरूमा हुने गरेको आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध सधैं आवाज उठाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *