भर्खरै :

भेनेजुयलामा हस्तक्षेपविरुद्ध सभा

भक्तपुर, २५ माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध शुक्रबार मध्यपुरको शङ्खधर चोकमा विरोधसभा भयो ।
सभामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले सार्वभौम देश भेनेजुयलाको आन्तरिक मामिलामाथि अमेरिकी साम्राज्यवादले गरेको अमानवीय हस्तक्षेप अविलम्ब बन्द गर्नुपर्ने अन्यथा अमेरिकी साम्राज्यवादले भियतनाम युद्धमा जस्तै हार व्यहोर्नुपर्ने बताउनुभयो ।
“विश्वबाट आतड्ढवादलाई निर्मूल पार्न लागिपरेको अमेरिकी साम्राज्यवाद आफैले स्वतन्त्र र सार्वभौम देशमाथि हस्तक्षेप गरेर आतड्ढ मच्चाउन खोज्नु गलत छ”, उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घका एचएस सुवालले नेपालको परराष्ट्र तथा विश्व राजनीतिलाई हेर्ने दृष्टिकोण भारतकै जस्तो हुनुपर्ने भारतको सोच नेपालको सार्वभौमिकताविपरीत रहेको बताउनुभयो ।
तेल, सुन र हिराको ठूलो भण्डार भएको भेनेजुयलामाथि साम्राज्यवादी प्रभुत्व जमाउन संरा अमेरिकाले लगाउँदै आएको अमानवीय नाकाबन्दी संयुक्त राष्ट्रसङ्घको नागरिक बडापत्र र पञ्चशीलको सिद्धान्तविपरीत भएको हुनाले विश्वका न्यायप्रेमी तथा स्वतन्त्रताप्रेमी जनता भेनेजुयलाका निर्वाचित राष्ट्रपति माडुरोको पक्षमा उभिनुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो । सभामा नेक्रायुसङ्घ भजिसका जगतराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *