भर्खरै :

प्रशान्तद्वीपका देशहरूसँग सिको द्विपक्षीय भेट

कूटनीतिक सम्बन्ध बलियो बनाउन सिले प्रशान्तद्विप देशहरूका नेताहरूसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
माइक्रोनेसिया (Micronesia)
सङ्घीय राष्ट्र माइक्रोनेसियाका राष्ट्रपति पिटर क्रिश्चियन (Peter Christian) सँगको भेटमा सिले भन्नुभयो – “एक चीन नीतिमा माइक्रोनेसियाको अडानप्रति कृतज्ञ छु ।” दुवै पक्षले ‘एक क्षेत्र एक मार्ग’ अगुवाइको बृहत्तर परियोजनाको कार्यान्वयन र विस्तारको निम्ति पहल गर्न आवश्यकता बोध गरियो । व्यापार, लगानी, कृषि, मत्स्यपालन, पूर्वाधार विकास र विस्तारका निम्ति बलियो सहकार्य गरिनुपर्ने औंल्याइयो ।
दक्षिण–दक्षिण सहकार्यको रुपरेखामा रहेर जलवायु परिवर्तनका सन्दर्भमा चीनले माइक्रोनेसियालाई सहयोग प्रदान गर्ने जनाइयो । चीनले कुनै पनि देशको आकारलाई नहेरी विश्वका सम्पूर्ण साना–ठूला देशहरूलाई गर्ने समान र आत्मीय व्यवहारको प्रशंसा क्रिश्चियनले गरे । माइक्रोनेसियामा चीनको योगदान र सहयोगप्रति आभारी रहने बताउँदै व्यापार र पर्यटन विकासमा चीनको थप सहयोग र सहकार्यको अपेक्षासमेत गरे ।
समोआ (Samoa)
समोयाली प्रधानमन्त्री टुइलाइपा साइलेले मालिइलेगओइ (Tuilaepa Sailele Malielegaoi) सँगको भेटमा सिले दुईपक्षीय सम्बन्धको सामु नयाँ अवसरहरू सिर्जना भइरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्नुभयो ।
दुई पक्षले मुख्यतः आपसी उच्च राजनीतिक विश्वास कायम गर्न जरुरी छ । एक अर्काको प्रमुख आकाङ्क्षा र मुख्य सरोकारका क्षेत्रहरूमा आपसी भरोसाका आधारमा सहकार्य विस्तार गरी एक अर्कालाई सहयोग पु¥याउन सके विकासको गति सकारात्मक रहने उल्लेख गरियो । चीनको एक क्षेत्र एक मार्ग परियोजनाबाट समोआले पनि प्रायः सबै क्षेत्रमा उन्नति गर्ने निश्चित छ ।
सामोयाली प्रधानमन्त्रीले भन्नुभयो– “सन् १९७५ मा दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भए यता सामोआले निरन्तर दृढतापूर्वक एक चीन नीतिको समर्थन गर्दै आइरहेको छ ।”
थुप्रै विकासशील देशहरूको पूर्वाधार निर्माणजस्तो अति महत्वपूर्ण क्षेत्रमा चीनले पु¥याइरहेको योगदान अतुलनीय रहेको चर्चा गरियो । समोयाली प्रधानमन्त्रीले एक क्षेत्र एक मार्ग अगुवाइ कार्यक्रमअन्तर्गत रहेर सामोआ विकासका योजनाहरूलाई देशको कुनाकाप्चा, वडा–वडामा पु¥याउन तत्पर रहेको पुनः जोड दिए । चीन थुप्रै विकासोन्मुख राष्ट्रहरूको निम्ति आशाको उज्यालो दियोजस्तै हो ।
भानुअटु (Vanuatu)
भानुअटुका प्रधानमन्त्री चार्लोट सालवाई (Charot Salwai) सँगको भेटका क्रममा सिले उक्त देशको निर्माण र दिगो विकासका निम्ति निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
भानुअटुमा घरेलु कम्पनी र व्यवसाय सञ्चालनका निम्ति लगानी प्रदान गर्न चीन तयार छ । व्यापार, लगानी, पूर्वाधार, यातायात, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रहरूमा सहकार्य गर्न इच्छुक चीन साँच्चै नै भानुअटुका निम्ति एउटा उत्साहको स्रोत नै हो । चीनको एक चीन नीतिको समर्थन गर्दै सालवाईले भने– “चीनको विकासमा सफल इतिहास निर्माणमा हाम्रो सलाम छ ।”
मुख्य–मुख्य विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा चीनले लिएका सम्पूर्ण अडानहरूमा भानुअटु समर्थनमा उभिएको उल्लेख गर्दै सालवाईले भने – “चीनको एक क्षेत्र एक मार्ग प्रशान्त द्वीपको निम्ति आशाको किरण हो ।”
द कुक आइल्याण्ड (The Cook Islands)
कुक आइल्याण्डका प्रधानमन्त्री हेनरी पुना (Henry Puna) सँगको भेटमा सिले भन्नुभयो – “आजभन्दा २१ वर्ष अगाडि स्थापित दुई देशबीचको कूटनीतिक सम्बन्धमा दुवै पक्ष एक अर्काप्रति इमानदार, मित्रवत् रहँदै आएका छन् । आपसी सम्मान र बराबरको व्यवहारको नतिजास्वरुप दुई देशबीच आपसी हित र जित–जितको अवस्था कायम रहन सफल छ ।
दुई देशबीचको सम्बन्धलाई हरेक क्षेत्रमा स्थापित गर्न ‘एक क्षेत्र एक मार्ग’ अगुवाइले अवसर प्रदान गरेको छ । एक अर्काबीच व्यापक परामर्शको नीतिले सहकार्यका सम्झौताहरू अगाडि बढाएर साझा बन्नेमा दुवै पक्ष विश्वस्त छ । विशेषत व्यापार, अर्थतन्त्र, पर्यटन, जनता र जनताबीचको आदान प्रदान र क्षेत्रीय विकास सहकार्यमा चीनले कसिलो सहयोग प्रदान गर्न सकिने जनाइएको छ ।
कुक आइल्याण्ड र चीनसँगको असल र मित्रवत् सम्बन्धमा प्रधानमन्त्री पुना गौरव गर्छन् । आपसी सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीति र दुवै देशलाई बराबरको व्यवहारकै आधारमा सम्बन्ध गौरवपूर्ण अवस्थामा रहन सफल रहेको हो । पुनाले चीनको एक चीन नीतिको खुलेर समर्थन गरे । साथै आप्mनो देशको पुर्वाधार निर्माण क्षेत्रमा चीनले पु¥याएको अतुलनीय योगदानप्रति आभार व्यक्त गरे ।
कुक आइल्याण्ड र चीनले सँगसँगै एक क्षेत्र एक मार्गलाई दुई पक्षकै निम्ति अझ फराकिलो सम्भावनाको रुपमा विकास गर्ने विषयमा सम्झौता भयो ।
टोङ्गा (Tongo)
टोङ्गाका प्रधानमन्त्री सामिउइला अकिलिसी पोहिभा (Samiuela Akilisi Pohiva) सँगको भेटमा सिले टोङ्गाको एक चीन नीतिमाथिको बलियो समर्थनका निम्ति आभार व्यक्त गर्नुभयो साथै एक क्षेत्र एक मार्ग साझा हितका निम्ति निर्माण गर्न आह्वान गर्नुभयो ।
यो वर्ष टोङ्गा र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको २० औं वर्ष हो । यो २० वर्षको अवधिमा आपसी हितकर सहकार्यका कारण फलदायी नतिजा प्राप्त भएका छन् ।
क्षेत्रीय सञ्चार, जनता–जनताबीचको आदानप्रदान, व्यापार, लगानी र पूर्वाधार विकास र विस्तारमा सहकार्य र समन्वयका निम्ति चीन आशावादी छ ।
टाङ्गो चीनले पु¥याएको निरन्तरको सहयोगप्रति कृतज्ञ छ । विशेषतः अगष्टमा चिनियाँ नाभाल हस्पीटलसीप पिस आर्कमा भ्रमणलाई पोहिमाले स्वागत गरे ।
उक्त भेटमा चीनको सफलता, दूरदृष्टि र फराकिलो दृष्टिकोणमाथि चर्चा परिचर्चा गरियो ।
निउइ (Niue)
निउइका प्रमुख टोके टुलुकिया टालागी (Toke Tulukia Talagi) र सि बीचको भेटमा सिले भन्नुभयो – “एक क्षेत्र एक मार्ग र बाहिरी क्षेत्रका देशहरूसँगको अन्तरसञ्जाल विस्तारमा निउइले सक्रिय भूमिका निर्वाह गरिरहेको अत्यन्त स्वागतयोग्य छ ।”
हरियाली विकास, कार्वन न्यूनीकरण र दिगो विकासका लागि जलवायु परिवर्तन, दक्षिण–दक्षिण सहकार्य, सामुद्रिक र वातावरणीय सुरक्षणजस्ता विषयमा चीन निउइसँग सहकार्यलाई अझ बलियो बनाउन तयार छ ।
टालागीले भने– “एक चीन नीतिप्रति हाम्रो ऐक्यबद्धता छ सँगै चीनसँगको मित्रता र सहकार्य अमर रहिरहोस् ।”
यातायात र पूर्वाधार विकासमा चीनको योगदानको कदर गरियो । अन्तर्राष्ट्रिय मामिलादेखि सम्पूर्ण क्षेत्रहरूमा निउइ चीनसँग गहिरो सहकार्यको अपेक्षा राख्दछ ।
फिजी (Fiji)
राटु इनोक कुबुअबोला (Ratu Inoke Kubuabola) फिजीको रक्षा एवम् राष्ट्रिय सुरक्षा मन्त्री हुनुका साथै फिजी सरकारका प्रतिनिधि पनि हुन् । उनीसँगको भेटमा सिले चीन–फिजी सम्बन्धको ऐतिहासिक महत्व उल्लेख गर्दै दुई देशबीचको सम्बन्धले त्यहाँका जनता प्रत्यक्ष वा परोक्ष लाभान्वित रहेको मूर्त चित्र प्रस्तुत गर्नुभयो ।
आपसी राजनीतिक विश्वास कायम राख्न, व्यवहारिक सहकार्य र जनताको मित्रता सशक्त बनाउन, नयाँ नयाँ उपलब्धि हासिल गर्न द्विपक्षीय सम्बन्ध बलियो बनाउन चीन निरन्तर प्रयासरत छ ।
कुबुअबोलाले भने– “चीनको आर्थिक विकास र चिनियाँ जनताको जनजीवनमा आएको परिवर्तन र सुधार अनुकरणीय छ ।” विविध क्षेत्रमा चीनसँग सहकार्यका निम्ति फिजी प्रतिक्षारत छ ।
अनुवाद – हौसला
China Daily Nov-17-18, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *