‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
रामकाजी खाइजु
नेपाल राष्ट्र बैङ्कले परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी सामान आयात गर्दा र विदेश भ्रमणमा जाँदा प्रदान गरिने विदेशी मुद्रा सटही सुविधामा हेरफेर गरेको छ ।
बैङ्कले भारतबाहेक तेस्रो मुलुकबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी सामान आयात गर्दा सोको भुक्तानी ड्राफ्ट÷टी.टी.बाट गर्न प्रदान गरिने एक पटकको सटही सुविधा सीमा साविकको अमेरिकी डलर ५०,००० (पचास हजार) वा सो बराबरको परिवत्र्य विदेशी मुद्राबाट घटाएर अमेरिकी डलर ३०,००० (तीस हजार) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा कायम गरेको छ ।
परिवर्तित व्यवस्थाअन्तर्गत एउटा Beneficiary ले भुक्तानी पाउने गरी एउटै Applicant द्वारा अमेरिकी डलर ५०,००० (पचास हजार) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेकोमा सो सीमालाई पनि घटाएर अमेरिकी डलर ३०,००० (तीस हजार) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा कायम गरिएको छ । साथै, यस सुविधाअन्तर्गत सामान एकमुष्ट सिपमेण्ट हुने प्रतिबद्धता प्राप्त भएमा पटक–पटक (Partially) गरी अमेरिकी डलर ५०,००० (पचास हजार) मा नबढ्ने गरी रकम पठाउन सकिने व्यवस्था रहेकोमा सो सीमालाई पनि अमेरिकी डलर ३०,००० (तीस हजार) कायम गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार विदेश (भारतबाहेक अन्य मुलुकहरू) भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी बापत प्रति पटक बढीमा अमेरिकी डलर १,५०० (एक हजार पाँच सय) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही गरी दिन सकिने छ । यसअघि यस्तो सटही सुविधाअन्तर्गत बढीमा अमेरिकी डलर २,५०० (दुई हजार पाँच सय) सटही हुने व्यवस्था थियो ।
यसैगरी स्थलमार्गबाट चीनको स्वशासित क्षेत्र तिब्बत
(नियमानुसार सीमा ओहोरदोहोर गर्ने व्यक्तिहरूबाहेक) र सार्क मुलुकहरू (भारतबाहेक) मा निजी भ्रमणमा जाने व्यक्तिहरूलाई सम्बन्धित देशको प्रवेशाज्ञा (VISA) भएमा एक पटकमा अमेरिकी डलर ५०० (पाँच सय) सम्म र एक आर्थिक वर्षमा अमेरिकी डलर १,००० (एक हजार) सम्मको सटही सुविधा उपलब्ध गराउन सकिने छ । यसअघि यस्तो सटही सुविधा वापत एक पटकमा अमेरिकी डलर १,००० (एक हजार) सम्म र एक आर्थिक वर्षमा अमेरिकी डलर २,००० (दुई हजार) सम्म सटही गर्न पाइन्थ्यो ।
निजी भ्रमणमा बाहेक सरकारी निकाय तथा सार्वजनिक सङ्घ, संस्था, इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्था वा अन्य औपचारिक (तालिम, गोष्ठी, बैठक, नेपाल सरकारको तर्पmबाट गरिने भ्रमण, केन्द्रीय बैङ्कबाट स्वीकृत भ्रमण) विदेश (भारतबाहेक) भ्रमणमा जाने व्यक्तिहरूलाई राहदानी वापतको सटही सुविधामा उपर्युक्त सीमा लागू हुने छैन ।
यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत् दिइने सटही सुविधा अमेरिकी डलर ५०० बाट घटाएर अमेरिकी डलर २०० कायम गरिएको छ ।
ट्राभल एजेन्सी, टे«किङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाहरूले विदेशबाट Repatriation लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र देशभित्र अनिवार्य रुपमा ल्याई सक्नुपर्ने र यससम्बन्धी विवरण हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
Leave a Reply