यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वीरगञ्ज, १२ फागुन । सरूहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेँडा बिकाउन नसक्दा यस वर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापारमा प्रत्यक्ष असर परेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेँडाको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूमि मानिएको सर्लाहीमा यस वर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भए पनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभँेडाको व्यापारमा असर परेको किसानहरूको गुनासो छ ।
गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भए पनि भारतीय गोलभेँडा भित्रिएपछि नेपाली गोलभेँडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यस वर्ष शीतलहर नचलेकोले गोलभेँडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेँडाको आयातले नेपाली गोलभँेडाले उचित मूल्य पाउन नसकेको हो ।
सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य सहर काठमाडाँै, नारायणघाट, हेटौँडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ ।
भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकोले प्रतिस्पर्धा गर्न समस्या भएको छ ।
काठमाडौँ उपत्यकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडौँमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतो भन्नुहुन्छ, “यसपालि गोलभेँडा राम्रो उत्पादन भएकोले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभँेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।”
लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरू व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरूहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् ।
गोलभेँडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेँडाले कब्जा जमाएपछि किसानहरू गोलभेँडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेका हुन् । दैनिक रू. एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेँडाको कारण नेपाली गोलभेँडा प्रतिकिलो रू. ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ ।
Leave a Reply