नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हवाना, २५ फेब्रुअरी (आरएचसी) । क्युवामा प्रस्तावित नयाँ संविधानमाथि भएको जनमतसङ्ग्रहमा ७५ लाखभन्दा बढी मतदाताले मतदान गरी गणतन्त्रको नयाँ संविधानको स्थिति निक्र्याेल गर्न र देशको प्रजातान्त्रिक प्रणालीप्रतिको जनसमर्थन सुनिश्चित गरेका छन् । जनमतसङ्ग्रहको मत परिणाम यहाँको स्थानीय समयअनुसार सोमबार साँझसम्ममा सार्वजनिक हुने राष्ट्रिय निर्वाचन परिषद्को अध्यक्ष अलिना बाल्सेरोले जानकारी दिइन् ।
मुख्य टापुको १५ प्रान्त र स–साना टापु नगरका बासिन्दाहरूसित ‘के तपार्इँ गणतन्त्रको नयाँ संविधान पारित गर्नुहुन्छ ?’ भनी प्रश्न गरिएको थियो । मतदाताले ‘हो गर्छु’ र ‘ होइन, गर्दिन’ मध्ये एकमा गोप्य मतदान गरेका थिए ।
राष्ट्रिय निर्वाचन परिषद्को पछिल्लो वितरणअनुसार जनमतसङ्ग्रहमा लगभग २४ हजार मतदान केन्द्रमा आइतबार साँझ ६ः०० बजेसम्म ७५ लाख २४ हजार ३१८ जना नागरिकहरूले मतदान गरेका थिए । जुन कुल मतदाता सङ्ख्याको ८१.५३ प्रतिशत हो ।
राजधानी हवाना र देशका विभिन्न सहरमा प्रेन्साल्याटिना समाचार संस्थाले गरेको मत सर्वेक्षणमा अत्यन्त ठूलो बहुमतले ‘हो गर्छु’ भन्दै नयाँ संविधानको पक्षमा मतदान गरेको देखिएको छ ।
आइतबार बिहानै क्युवाली कम्युनिष्ट पार्टीका प्रथम सचिव आर्मी जनरल राउल क्याष्ट्रो रुजले हवाना नगरपालिकाको प्लाया मतदान केन्द्रमा आफ्नो मताधिकार सदुपयोग गर्नुभयो ।
मतदान केन्द्रबाट बाहिरिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसित कुराकानी गर्दै क्युवा जनताको प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रतासहितको देश भएको बताउनुभयो ।
उहाँले सबै क्युवाली नागरिकहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभयो ।
त्यस्तै क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानलले हवाना महानगरकै संसदीय क्षेत्र नं. ५७ को ३ नं. मतदान केन्द्रमा पुगी मत खसाल्नुभयो ।
जनमतसङ्ग्रहको क्रममा क्युवामा कहीं कतै पनि कुनै अप्रिय घटना नभएको निर्वाचन परिषद्ले जनाएको छ ।
Leave a Reply