भर्खरै :

बम विस्फोटलगायत घटनाप्रति आयोगको ध्यानाकर्षण

काठमाडाँँै, १३ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले देशभर भएका बम विस्फोट तथा आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याई मृतकलाई क्षतिपूर्ति दिन आग्रह गरेको छ ।
आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बम विस्फोट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याई मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेलाई उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
आयोगले सबैको मानव अधिकार तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी नागरिकको जीउधनको संरक्षणमा जोड दिँदै ललितपुर, काठमाडौँ, कञ्चनपुर, जाजरकोट, बाग्लुङ, म्याग्दी, रुपन्देही, कपिलवस्तु, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका जिल्लामा वम विस्फोट तथा आगजनीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले ललितपुरस्थित नख्खुमा रहेको एनसेल कार्यालयको परिसरमा भएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको तथा अन्य दुईजना गम्भीर घाइते भएको आयोगमा जानकारी आएको विज्ञप्तिमा उल्लेख छ । आयोगले हिंसात्मक गतिविधिबाट कसैको पनि हित नहुने भएकोले यस्ता गतिविधि नगर्न÷नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *