भर्खरै :

झ्यालबाट खसेर रश्मी मचामासीको मृत्यु

भक्तपुर, २८ फागुन । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो ।
झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।मृतककी आमा पुण्यश्वरी मचामसीको गएको २०७२ वैशाखको भुकम्प पुरिएर निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *