भर्खरै :

नकर्मीको ‘ब्रोकन ग्लास हाउस’ विमोचित

काठमाडौँ, २९ फागुन । कक्षा १२ मा अध्ययनरत प्रकृति नकर्मीको कविताकृति ‘ब्रोकन ग्लास हाउस’ शनिबार लोकार्पण भएको छ ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष दीपक दाहाल, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, कान्तिपुर दैनिकका मकर श्रेष्ठ, फोटो पत्रकार राजभाइ सुवाल र इमेज एफएमका निर्जला कक्षपतिले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
ट्रिनिटी इन्टरनेसनल कलेजमा अध्ययनरत नकर्मीको सो पुस्तकमाथि टिप्पणी गर्दै समालोचक डा गोविन्दराज भट्टराईले मनोवैज्ञानिक, प्रेम र युवा भावनाले भरिएको भन्दै उनको उज्ज्वल साहित्यिक भविष्य भएको बताउनुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले बालबालिकालाई उनीहरुको रुचि र क्षमताअनुसारको प्रतिभा प्रस्फुटन गराउने अवसर सिर्जनाका लागि परिवार र अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल अङ्ग्रेजी शिक्षक सङ्घ (नेल्टा)का पूर्व अध्यक्ष मीरा श्रेष्ठले नकर्मीका सिर्जनामा मानवीय भावना प्रस्तुत गरिएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *