भर्खरै :

देश र जनताको सेवा नै धर्म हुने

भक्तपुर, २१ फागुन । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै धर्म हो । आम मानिसलाई दुःख हुनुको कारण समाजका केही खराब मानिसहरू हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मङ्गलबार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कमलविनायकमा ब्रह्मकुमारी र ब्रह्मकुमारहरूको भेलामा उक्त भनाइ राख्नुभएको हो ।
केही व्यक्ति र परिवारको स्वार्थ हेर्नेहरूकै कारण समाजमा अशान्ति भइरहेको उल्लेख गर्दै सांसद सुवालले सबैको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, कपासको बन्दोबस्त नभएसम्म शान्ति कायम नहुने बताउनुभयो ।
“कुनै अदृश्य शक्तिको कारण मानिसलाई दुःख भएको होइन । अदृश्य शक्तिको पछि लाग्नु अज्ञानता हो । मानिस विज्ञानसम्मत ढङ्गले अघि बढ्नु आवश्यक छ ।” सांसद सुवालले जोड दिनुभयो ।
“महिला अगाडि बढे समाज र देश अगाडि बढ्छन् । भक्तपुरका विद्यालयमा छात्राहरूको सङ्ख्याको भर्ना बढ्दो छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
भक्तपुर केन्द्रका सञ्चालिका बाबामैया दिदीको अध्यक्षतामा भएको भेलामा ब्रह्मकुमारी किरण र ब्रह्मकुमार रामसिंह ऐरले पनि मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *