यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मञ्जु नेपाली एक पौरखी र परिश्रमी महिला हुन् । उनी चाँगुनारायण नगरपालिका वडा नं ५ छालि·मा बस्छिन् । २०७२ को भूकम्पको कारण घर भत्किएको हुँदा उनी छाप्रोमा परिवारसहित बसोबास गर्दै आएकी छिन् । उनले ७ कक्षासम्म पढेकी छिन् । ३४ वर्षकी उनले सिलाइ पेशालाई सानै उमेरदेखि अ·ालेकी थिइन् । उनको परिवारमा ४ जना सदस्य छन् । उनको एक छोरा कक्षा ८ मा र एक छोरी कक्षा ४ मा गणेश माध्यमिक विद्यालयमा अध्ययन गर्दछन् । उनका श्रीमान न्यू नेपाल व्याण्ड बाजा नामको बाजा पसलमा काम गर्छन् । उनलाई किन सिलाइ नै रोज्नुभएको, अरू कुनै काम गर्नुभएको भए पनि त हुन्थ्यो होला नि भनेर सोध्दा उनी भन्छिन्, “कक्षा ७ पढेर कसले जागिर दिनु जन्मजात सिकेको सिलाइ पेशामा लागेको हो ।”
सिलाइ र पसलले घरमात्र धान्न सकिने र बच्चाबच्ची पढाउन गा¥हो हुँदा उनले बङ्गुरपालन पनि थालेकी छिन् । उनले बङ्गुरपालन थालेको करिब ५ वर्ष भइसकेको छ । एक वा दुई महिनाको स–सानो बङ्गुरलाई ५ हजारदेखि ७ हजार तिरेर ल्याएपछि ६÷७ महिना पालेर बेच्ने कुरा उनले बताइन् । किनेको ७ महिनापछि बङ्गुर बेच्दा २५ देखि ३० हजारसम्म आउने उनले बताइन् । हाल उनले १० ओटा बङ्गुर पालिरहेकी छिन् । बङ्गुरले काउली, बन्दा, मुला, घाँस, खाना र दाना सबै खान्छ । उनले बारीमा बन्दा, काउली र मुला पनि लगाएकी छिन् । बढी भएको खानेकुरा पनि फ्ँयाक्नु नपर्ने उनले बताइन् । बङ्गुरलाई खुवाउने दाना ५० केजीको रू. १७ सय पर्ने र महिनामा एउटा बङ्गुरलाई मात्र रु.३ देखि ४ हजारसम्म खाना खर्च लाग्ने उनले बताइन् ।
बङ्गुरलाई स्वाइनफ्लु खोरेतो र लुतो रोग लाग्दा मात्र रु.२ देखि ३ हजारको खोप नै लगाउनुपर्छ त्यसबेला फाइदा नहुने र बच्चाको विद्यालयमा शुल्क तिर्न ढिलो हुने समस्या उनले बताइन् । सरकारबाट बङगुरपालनका निम्ति केही सहयोग नभएको उनको भनाइ छ । उनको इच्छा भने २ वटा पोथी बङ्गुरको बीमा गर्ने र अन्तबाट बच्चा किन्नुभन्दा घरमै पाएका बच्चाहरू हुर्काउने हो । गाउँ समाजले यस पेशामा लागेको भनेर केही भन्दैन भनेर सोध्दा उनी भन्छिन्,“हामी सधैं राम्ररी सरसफाइ गर्छौं । त्यसैले गाउँमा दुर्गन्ध फैलिन पाउँदैन ।
महिला भन्ने बित्तिकै कतिपय मानिसहरू अबला भन्ठान्छन् र पुरूष नभई केही गर्न नसक्ने र पुरूषबिना उनीहरू अधुरो हुन्छन् भन्ने सोच्छन् । तर, उनीहरूलाई अबला सोच्नु भूल हो । महिलाहरू अवसरको कमीले पछि परेका हुन् । संसारमा महिलाहरूले परिश्रम र मेहनत गरेर जीवनमा सफलता हासिल गरेका छन् । त्यस्तै मञ्जु नेपाली पनि एक परिश्रमी र पौरखी महिला हुन् । न त उनी आजसम्म परिश्रम गर्न थाकिन् न त परिश्रम गर्न हिच्किचाइन् । यदि कसैले उनीसँग सीप सिक्ने इच्छा राखेमा उनी झर्को नमानी सिकाइदिने कुरा बताउँछिन् ।
प्रस्तुतिः सुमित्रा बाटा
Leave a Reply