यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
लक्ष्मी पोखरेल
समाजमा शोषण, अन्याय र हिंसा मच्चाएको थियो त्यसैगरी आज पनि पँुजीवादी तथा साम्राज्यवादीहरूले विश्वव्यापीकरण, उदारीकरण र नवउदारवादको माध्यमबाट समाजमा हिंसा फैलाउने र, समाजमा अराजक काम गरे । पँुजीवादको आडमा विश्वका सीमित व्यक्ति अर्थात् पुँजीपति वर्गले पँुजीमाथि एकाधिकार जमाउने उद्देश्यले व्यापक कामदार जनतामाथि आज पनि अत्यधिक शोषण गरिरहेका छन् ।
आजभन्दा १०८ वर्ष अगाडि युरोप तथा अमेरिकामा महिलाहरूले अधिकारको पक्षमा जसरी सङ्घर्ष गरेका थिए त्यसको सान्दर्भिकता वर्तमानमा अझ बढेको छ । आज पनि श्रम शोषण कायमै छ । नेपालको सन्दर्भमा पनि धनी र गरिबबीचको खाडलको दुरी निकै फराकिलो छ । बेरोजगारीले युवा तथा महिला आक्रान्त छन् । देशको सृजनशील महिला तथा युवा शक्ति खाडी मुलुकहरूमा सस्तो ज्यामीको रुपमा अत्यन्तै कष्टकर जीवन जिउन बाध्य छन् । यो कम्युनिष्ट नामधारी सरकारले म्यानपावर कम्पनीमार्फत महिलालाई वैधानिक रुपमा वैदेशिक रोजगारको नाममा विदेशमा सस्तो ज्यामीको रुपमा बेचिरहेको छ । दुईतिहाइ प्राप्त पँुजीवादी सरकार व्यापक महिलाका मुद्दामा उदासीन बनिरहेको छ । यो सरकार नागरिकको गाँस, बास, कपास, रोजगारी, स्वास्थ्य, सुरक्षाजस्ता कुरामा गैरजिम्मेवार सावित भएको छ । समाजमा शोषण, अन्याय, भ्रष्टाचार, भोकमरी, महँगी, मूल्यवृद्धिको कारण महिला वर्गमा असर पर्छ । यसको प्रत्यक्ष पीडा भोग्न महिला बाध्य छन् । ती सबै समस्याविरुद्ध श्रमिक महिला एकजुट भई सङ्घर्षमा होमिनुको विकल्प छैन । व्यापक कामदार वर्गका महिला एकजुट भई मार्च ८ लाई समाजवादी सङ्घर्षकै रुपमा मनाउनु आवश्यक छ ।
महिला वा नारी दिवस
१०९ औँ श्रमिक दिवस यस वर्ष विभिन्न राजनीतिक दल, संङ्घसंस्था र आफूलाई महिलावादी भनेर विभिन्न ल्न्इ र क्ष्ल्न्इ हरूको झोला बोकेका पँुजीवादी महिलाहरू यसको महत्वलाई फरक ढ·ले मनाउँदै छन् । सामन्ती संस्कार र पुँजीवादी विचारमा हुर्के बढेका महिला यसलाई तत्कालीन समयको सफलताको रुपमा मात्र मनाउँदै आएका छन् । उनीहरूले यो महिलामात्रको दिवस भनी पुँजीसँग दाँजेर हेर्ने र महिला स्वतन्त्रताको कुरा गर्ने गरेका छन् ।
यिनीहरू महिला दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र कामदार वर्गको महिलाहरूको सङ्घर्षको सफलताको दिनलाई जोडेर महिला दिवस मनाउँदैनन् । पुँजीवादी महिलाहरू कामदार वर्गका महिलामाथि हुने थिचोमिचोको विरोध र मुक्ति चाहँदैनन् । त्यसैले पुँजीवादी महिलाहरूले नारी दिवसको रुपमा मात्र मनाउँदै आएको पाइन्छ । पुँजीवादी वर्गका महिलाहरूले महिला दिवस ठूलठूलो होटेल तथा सुविधा सम्पन्न ठाउँमा मनाउने गर्दछन् । उनीहरू तडकभडक र पुरुषको विरोध गर्दै नारी स्वतन्त्रताका कुरा उठाउँछन् । महिला दिवसलाई भड्किलो र खर्चिलो बनाउनुका साथै मुट्ठीभर महिलाहरू कार्यक्रममा खर्च गर्ने बजेटको लेखाजोखा गर्दछन् ।
आफूलाई शिक्षित ठान्ने मुट्ठीभर शोषक वर्गका महिलाहरू अधिकारकर्मीको नाममा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको विचार पक्षलाई कमजोर पार्दै पँुजीवादको खोल आढेर महिला मुक्ति र स्वतन्त्रताको चर्का कुरा गर्दै महिला दिवसको परिभाषा नै तोडमोड गर्दैछन् । महिला वा नारी दिवसले सम्पूर्ण कामदार वर्गका महिलालाई एक ठाउँमा ल्याएर न्याय दिनसक्दैन, महिलाहरूको आर्थिक समानता कायम हुँदैन, गाउँ र सहर, धनी र गरिब वर्गका महिलाहरूको व्यक्तित्व विकासमा समान अवसर हुनसक्दैन र महिलाहरूबीच विभेद कायमै रहन्छ । महिलामात्रको आन्दोलनले कुराले समाजमा वर्गीय भेदको खाडल झन् फराकिलो बनाउनुका साथै पुँजीवादी विचार नै कायम राख्नमै जोड दिन्छ ।
८ मार्चलाई प्रभावकारी बनाउन सबै प्रकारका अवसरबाट वञ्चित, शोषित, पीडित, पछाडि पारिएका र व्यापक कामदार वर्गका महिला वर्गलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइनुपर्दछ । व्यापक कामदार वर्गका महिलालाई राजनीतिक र वैचारिक रुपमा परिपक्क बनाउने नारी आन्दोलनको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइनुपर्छ ।
Leave a Reply