भर्खरै :

काम गरेर नथाक्ने परिश्रमी रञ्जना

३५ वर्षीय रञ्जना बाटा किराना पसल सञ्चालन गर्छिन् । उनी पनि चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङमा बसोबास गर्छिन् । भूकम्पपश्चात् जसोतसो गरेर कोठा एकतले घर बनाएर ५ जना परिवारसहित बसोबास गर्दै आएकी छिन् । उनले ९ कक्षासम्म पढेकी छिन् उनी । उनका २ छोरी र १ छोरा छन् । छोरीहरूलाई गाउँकै ज्ञान ज्योति विद्यालयमा पढाइरहेकी छिन् भने छोरो सानै उमेर भएको हुँदा विद्यालय पठाइएको छैन । उनलाई किन पसलै चलाएर बस्नुभएको अरू नै काममा लाग्नुभएको भए पनि हुन्थ्यो नि भन्ने प्रश्न सोध्दा उनी भन्छिन्, ९ कक्षासम्म पढेर के काम पाइन्छ र पसल सञ्चालन गर्दा घरबारी हेर्न सहज हुने र छोरो पनि सानै हुँदा घरमा छोडेर जानुभन्दा यही पेशा ठीक लागेको हुँदा यो पेशा अङ्गालेको कुरा उनी बताउँछिन् । पसलमा बेच्ने अदुवा, गोल्भेडा, साग, धनिया, काउली, बन्दा उनी आफ्नै बारीमा उमार्छिन् । तरकारी पनि हुँदा पसल राम्ररी चल्ने उनी बताउँछिन् । दुःख नगरी सुख नहुने र हातखुट्टा चल्नु जेल परिश्रम गर्न पछि नहट्ने कुटा उनी भन्छिन् ।
उनले बाख्रा पनि पालेकी छिन् । नगरपालिकाले वडा कार्यालयमार्फत बाख्रापालनको निम्ति आएको रकम पाएर उनी निकै खुशी छिन् । संसारमा कैयांै यस्ता परिश्रमी महिलाहरू छन्, जसले परिश्रमलाई दुःख नसम्झी साथी मानेर अघि बढिरहेको हुँदा जीवनमा सफलता हासिल गरेकी छिन् । ती मध्ये रञ्जना बाटा पनि एक परिश्रमी महिला हुन् । जसले परिश्रमलाई साथी मानेर परिश्रम गर्दा जीवन चलाउन सहज भएको कुरा उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *