भर्खरै :

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक रहेको पुष्टि

अदिस अबाबा, इथियोपिया, (रासस÷एएफपी) ः आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ ।
विमानमा नेपाली नागरिक भएको भने जानकारी छैन ।
विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । चार जनाको राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ ।
कम्पनीले विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण १५७ जनाको मृत्यु भएको यस अघि नै पुष्टि गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *