अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस मनाउँदै छ । सन् १२४४ मा पाटनमा जन्मेका अरनिको नेपाल र छिमेकी देश चीनको मैत्रीसम्बन्धका सेतू हुन् । नेपालमा बलबाहु नामले पनि चिनिएका अरनिको तिब्बत हुँदै चीनको राजधानी पेचिङ पुगेका थिए । अरनिकोको नेतृत्वमा चीनको राजधानी पेचिङमा बनेको सेतो गुम्बाप्रति चिनियाँ जनताले उच्च आदर देखाउने गर्दै आएका छन् । अरनिकोप्रति चिनियाँ आदरस्वरुप सेतो गुम्बा प्रवेश गर्न नेपालीले अहिले पनि पैसा तिर्नुपर्दैन । चिनियाँ जनता स्वयम् त्यहाँ पैसा तिरेर पस्ने गरेका छन् । जसरी संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको साझा हो, अरनिको पनि चीन र नेपालका साझा निधि हुन् । सन् १३०६ को मार्च ११ मा अरनिकोको चीनमा निधन भएको सन्दर्भ जोडेर नेपालमा मार्च ११ लाई अरनिको स्मृति दिवस मनाउन थालिएको हो ।
परिवर्तित परिस्थितिमा नेपाल र चीनबीचको मैत्री सम्बन्धको महत्व अझै उचाइमा पुगेको छ । अभाव र पराधीनताको चपेटामा परेको चीन आज संसारकै उदीयमान शक्ति देश बन्ने क्रममा छ । इतिहासको तिक्ततालाई साक्षी राखेर आज चिनियाँ जनता ‘मानव जातिको साझा भविष्य निर्माण’ को दिशामा अघि बढिरहेको छ । आफू एक्लैको समृद्धि दिगो नहुने यथार्थ चीनले आत्मसात गर्दै संसारका सबै देशलाई सँगै अघि बढाउन तत्पर छ । तर, चीनको यो सदाशयतालाई आफ्नो साम्राज्यमाथिको हमला मान्ने शक्तिहरूले चीनलाई असफल बनाउने हजार हत्कण्ठा गरिरहेका छन् । यस परिस्थितिमा छिमेकी देश हुनुको नाताले नेपाल–चीन सम्बन्धको महत्व अझै उचाइमा पुगेको छ । नेपाल–चीन सम्बन्धको आधार अरनिकोको स्मृति दिवस मनाउन थाल्नु सकारात्मक पक्ष हो ।
अरनिको, तत्कालीन नेपाल–चीन सम्बन्धबारे अध्ययनलाई अझ फराकिलो बनाउन जरुरी छ । अरनिकोजस्तै नेपाल–चीन सम्बन्धका अन्य ऐतिहासिक धरोहरबारे अझ अनुसन्धान गरी नयाँ पुस्तासम्म पु¥याउन जरुरी छ । अरनिकोसम्बन्धी जानकारी पाठ्यपुस्तकमा समावेश गरी विभिन्न रचनात्मक गतिविधिमार्फत चीनसँगको मैत्री सम्बन्धलाई अझ जनस्तरसम्म विस्तार गर्न जरुरी छ ।
चीन र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अघि नै जनस्तरमा नेपाल र चीनबीच मैत्रीसम्बन्ध स्थापना भएको थियो । चीनको राजनीतिक परिवर्तनबाट नेपाल पनि कुनै न कुनै रुपमा प्रभावित भएको देखिन्छ । चीनमा माओ त्सेतुङ नेतृत्वमा भएको नयाँ जनवादी क्रान्तिले नेपालमा पनि क्रान्तिकारी परिवर्तनको लागि सचेतना फैलायो । चीनको आजको समृद्धिले नेपाल पनि कुनै न कुनै रुपमा प्रभावित हुनु स्वाभाविक हो । छिमेकी देश चीनको यो समृद्धिबाट नेपालले पनि लाभ लिन आवश्यक छ । तर, भौतिक समृद्धिलाई नै अन्तिम लक्ष्य मान्दा त्यस्तो समृद्धि दिगो हुनेछैन । आफ्नो देशलाई स्वाधीन बनाउने र राष्ट्रिय पुनर्जागरणको चिनियाँजनताको प्रतिबद्ध यात्राबाट नेपालले पनि सिक्नुपर्छ । अरनिकोको सम्झना गर्नुको अर्थ चीन र नेपालले आपसी अनुभवबाट सिक्नु हो । अरनिकोको ऐतिहासिक पृष्ठभूमिमा अध्ययन गरी आजको सन्दर्भमा चीनसँगको मैत्री सम्बन्ध विस्तार गर्न अरु अरनिकोहरू आजको आवश्यकता हो ।
Leave a Reply