भर्खरै :

आफैँखनेर हिंडिएको नयाँबाटो

हरिहर तिमिल्सिना
कला भनेको जनताको जीवन, विचार र आवेगको प्रस्तुति हो र यसले राष्ट्रको रीतिस्थिति र भाषासित अत्यन्त निकटको सम्बन्ध राखेको हुन्छ । क. माओले अभिव्यक्त गरेका विचार हुन् यी । कला र जीवनको अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने कुरा अब यहाँ दोहो¥याई राख्नुपर्दैन । आधुनिक ललित कलाका पाँच स्वरुप छन्ः चित्रकला, मूर्तिकला, वास्तुकला, सङ्गीत र साहित्य । यी पाँचै कलाको वरिपरि जीवनले परिक्रमा गर्छ । ‘जेलका चिट्ठीहरू’ नाम दिए पनि यस कृतिमा यो पाँचै कलाको चर्चा र चासो व्यक्त भएको पाइन्छ । सर्वप्रथम यस कीर्तिका लेखक नारायणमान बिजुक्छँे एवम् हरिबहादुर श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । अनि पत्रसाहित्यमाथि पहिलो शोधग्रन्थ तयार पार्ने सुन्दर वासीजीलाई दोब्बर बधाई ज्ञापन गर्न चाहन्छु ।
कुनै कुनै नामहरू दुर्नाम र बदनाम हुन्छन् । कुनै कुनै नामहरू सुन्दैमा दिगमिग लाग्ने कर्णकटु हुन्छन् । कुनै कुनै नामहरू व्यक्तिमात्र हुँदैनन् । ती संस्था बनेका हुन्छन् । का.रोहित पनि अरु कुनै व्यक्तिको नाम होइन, संस्था बन्न पुग्नुभएको छ । यस्ता व्यक्तिको अभिव्यक्तिमाथि अर्का युवाको अभिव्यक्ति आएको छ ।
पहिला–पहिला मानिसहरू रुखका पातमा चिट्ठी लेख्थे । परेवाका खुट्टामा चिट्ठी बाँधेर पठाउँथे । अब जमाना बदलिएको छ । जमाना आफै बदलिएको होइन मानिसले नै बदलेको हो । भनिन्छ नि ‘युगले साधारण मानिसहरूको जन्म दिन्छ तर असाधारण मानिसले युगलाई नै जन्म दिन्छ ।’ युगलाई जन्मदिने त्यस्ता युगान्तकारी व्यक्तिहरूका हरचीज जनप्रिय हुन्छन् । उनीहरूका लुगाकपडा, खानपान, घर, बानी व्यहोरा, साथी सङ्गती आदिको खोजीनीति हुन्छ । पत्रसाहित्य पनि यस्तै खोजीनीतिको एउटा उपज हो ।
अरुले गरेको काम गर्न सजिलो हुन्छ । अरुले खनेको बाटो हिँड्न पनि सजिलो हुन्छ । आफै बाटो खनेर आफू पनि हिँड्ने र अरुलाई पनि हिँडाउने काम चुनौतीपूर्ण हुन्छ । शोधको संसारमा सुन्दर वासीले अरुले नगरेको काम गरेका छन् । पत्रसाहित्यमा रोहित नेपाली अनुसन्धानको दुनियाँमा एउटा नौलो प्रयोग बन्न पुगेको छ ।
‘जेलका चिट्ठीहरू’ पहिलोचोटि पढ्दा मैलाई ख्ष्पतयच ँचबलप िको ःबल क्भबचअज ायच ःभबलष्लन पुस्तकको सम्झना भयो । ‘जीवनको कुनै अर्थ हुँदैन तर मानिसले आफ्नो जीवनको अर्थ खोज्न सक्छ । आफ्नो जीवनलाई अर्थ दिनसक्छ ।’
‘पत्रसाहित्यमा रोहित’ तर्फ
अब म फर्किन चाहन्छु । प्राचीनकालमा सप्तऋषिहरू थिए । हाम्रा सात बार छन् । सप्तकोशी र सप्तगण्डकीजस्ता नदीहरू पनि छन् । अनि इन्दे्रणीमा सात रङ्ग छन् । ‘पत्रसाहित्यमा रोहित’ शोधमा पनि सात खण्ड छन् । मानिसको एउटा मुटु हुन्छ । भनिन्छ, शोधका दुईवटा मुटु हुन्छन्–ती हुन्, विश्वसनीयता (चभष्बिदष्ष्तिथ) र वैधता (ख्बष्मिष्तथ) । यी दुवै कुरामा प्रस्तुतग्रन्थ खरो उत्रिएको छ ।
यसको भाषा सलल बगेको छ । सहज र सरल छ । प्रायःजसो शोधग्रन्थहरू पढ्न पट्यारलाग्ने हुन्छन् । सुन्दरले यसमा बढो चलाखी गरेका छन् । यसमा पाठकलाई तान्ने केही ट्रिक प्रयोग गरिएको छ । पत्रसाहित्यको सैद्धान्तिक स्वरुप खण्डलाई पनि बडे मिहीनढङ्गले प्रस्तुत गरिएको छ । एउटा जीवित र चर्चित व्यक्तिको चर्चित कृतिमाथि लेखिएको हुनाले यसको आधिकारितामाथि प्रश्न गर्ने ठाउँ छैन । यसमा बौद्धिक र ऐतिहासिक प्रमाणहरू जुटाइएको छ । यो दृष्टान्तपरक छ । विश्वका कुना–कुनाबाट उदाहरण खोजेर सु–स्वाद बनाइएको छ । ७५ वटा सन्दर्भ सामग्रीको अध्ययन गरिएको देखिन्छ ।
पत्रसाहित्यको उत्पत्तिदेखि विकास, विस्तार, आरोह–अवरोह, उन्नति र हालको अवस्थासम्म चर्चा गरिएको छ । १३६ पृष्ठ लामो प्रस्तुत
शोधग्रन्थमा सूचना र जानकारीका पुञ्जहरू छन् । जेलको चिट्ठीमा प्रयुक्त २१ वटै पत्रहरूको विश्लेषण गरिएको छ । हुन त रोहितका–राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिट्ठी, साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई विदेशमा बसेका दाजुको चिट्ठी र जेलका चिट्ठीहरूमध्ये जेलका चिट्ठीहरू नै अब्बल देखिन्छ ।
अनुसन्धानमूलक अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक वा कुनै विशेषज्ञले मात्रै बढी न्याय गरेर बोल्न र लेख्न सक्छन् । म त्यति उपयुक्त पात्र होइन जस्तो लागिरहेको छ ।
जेलका चिट्ठीहरूमा गीत सङ्गीतको धेरै ठाउँमा चर्चा छ । नेपाली गीत सङ्गीत बिग्रन लागेकोमा चिन्ता पनि गरिएको छ ।
‘जेलका चिट्ठीहरू’ एक व्यक्तिले अर्को व्यक्तिलाई लेखेको चिट्ठी हो तर यसका विषयवस्तुहरू विविध छन् र त्यसलाई छर्लङ्ग प्रस्तुत गर्न सुन्दर सफल छन् । यहाँ व्यक्तिगत दुःख, सुख पारिवारिक किचलो झैझगडा र रोइलोको उदाहरण छैनन् । यहाँ व्यक्तिगत स्वार्थ र लोभका कुरा पनि छैनन् न त कुण्ठा घुर्की र गुनासोका कुराहरू छन् । यहाँ त सामाजिक मुद्दाहरू तथा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिक खुराक छन् । ‘जेलका चिट्ठीहरू’ एक बौद्धिक सम्पत्ति हो भन्ने पुष्टि गर्न सुन्दर सफल छन् ।
यसमा नारायण दाइको आँखाबाट समाज, राष्ट्र, राजनीति र धोकालाई हेरिएको छ । आफू नहुँदा पनि शोभा भाउजूले संसार चिनेर अघि बढ्न सकून् भन्ने धेयले शब्दहरू सिञ्चित छन् । भाउजूलाई देशको राजनीति, समाज, सङ्गीत, साहित्य, संस्कृति, संस्कार र जीवनबोध गराउने उद्देश्यले चिट्ठी लेखिएको देखिन्छ र पतिपत्नीबीच हुने स्वाभाविक प्रेमको झलक भने सुषुप्त रूपमा आएको छ । जेलका चिट्ठीहरू पढ्नैपर्ने पुस्तकमध्ये एक हो भने पत्रसाहित्यमा रोहित छुटाउनै नहुने अर्को ग्रन्थ बन्न पुगेको छ । पत्रशैलीमा रोहितद्वारा लेखिएका सबै कृतिको यसमा चर्चा छ जसले रोहितको समग्र कृतित्व र व्यक्तित्वलाई बुझ्न मद्दत गर्छ ।
यति हुँदाहुँदै पनि केही केही कुरा अलि खल्लो लाग्छ । पत्रसाहित्यका तत्वहरू खण्डमा प्रापकलाई एक नम्बरमा राखिएको छ । प्रेषकलाई दुई नम्बरमा । मेरो विचारमा पहिला त प्रेषक नै आउँछ ।
मिति, ठेगाना, विषयवस्तु, भाषाशैली ऐतिहासिकता सबैलाई तत्वअन्तर्गत राखेपछि सम्बोधनलाई पनि तत्वअन्तर्गत राख्दा राम्रो हुन्छ । कुनै पनि पत्रमा सम्बोधन पत्रको मुहार हो ।
मिति र ठेगाना भएपछि स्थान पनि आवश्यक हुन्छ । रोहितका चिठी अधिकांश नख्खु कारागारबाट लेखिएका छन् । शोधग्रन्थमा तत्व खण्डमा छुटेको कुरा यो पनि एक हो ।
अनि शोभाले पनि सङ्घर्षको मैदानबाट धेरै कुराहरू सिकिन् । बन्दीहरूलाई भेट्न पनि पक्षपात गर्ने पञ्चायती प्रहरीसित आँखा जुधाएर कुरा सिकिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *