भर्खरै :

सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ

काठमाडौं, ३० फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।
वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रू. ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
गैरकानुनी रूपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरू पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रूपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *