भर्खरै :

सुशासनमा सङ्घ संस्थाको भूमिकाबारे वक्तृत्वकला

काभ्रे, ३० फागुन । मण्डन देउपुर नगरपालिकाको आयोजनामा नगरस्तरीय विभिन्न अतिरिक्त क्रियाकलापअन्तर्गत बालुवा माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्वमा ‘सुशासनमा सङ्घ संस्थाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । नगर शिक्षा शाखा प्रमुख (उप–सचिव) सुरेन्द्र दाहाल, स्रोतव्यक्ति लालचन्द्र ढकाल, निर्णायक जीवनाथ अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहभागीहरूले शासकहरू कुशासक भएको विचार व्यक्त गरे । सुशासन शासकहरूको भाषणमा मात्र सीमित भएको व्यवहारले पुष्टि गरेको उनीहरुले बताए । केही विद्यालयका सहभागी विद्यार्थीले त देश बिगार्ने कुशासकविरूद्ध सङ्घर्ष गर्न आफू राजनीतिमा लाग्ने उद्घोषसमेत गरे । प्रतियोगितामा बालुवा माविका वीणा ढकाल प्रथम, उमा सह–शिक्षालय माविका आरती कुँवर दोस्रो र महाकाली माविका सुस्मिता भट्टराई तृतीय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *