भर्खरै :

तेल निर्यात कटौतिले विश्वव्यापी असर पर्छ ः इरानी मन्त्री

तेहरान, इरान, ३ चैत (रासस÷सिन्ह्वा) ः इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताउनुभएको यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ ।
मन्त्री बिजान नामदार जाँगनेहले भन्नुभयो, “हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ ।”
यदि अमेरिकी दबावमा इरानी तेल निर्यातलाई कठिन बनाइयो भने यसले विश्वकै तेल कारोबारमा नै थप धेरै समस्या खडा गर्नेछ, उहाँले भन्नुभयो ।
इरानबाट तेल खरिद नगर्दा पनि अमेरिकालाई कुनै प्रभाव नपर्ने भनी इरान मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि ब्रायन हुकले शुक्रबार बताउनु भएको थियो ।
“विश्वका अन्य मुलुकबाट हुने तेलको राम्रो आपूर्तिले पेट्रोलियम पदार्थका लागि अमेरिकाको मागलाई सजिलै सम्बोधन गर्नेछ,” हुकले भन्नुभयो । “इरानबाट हुने आपूर्तिमा कडाई गरियोस् वा प्रतिवन्ध लागाइयोस् अमेरिकामा कुनै समस्या आउँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *