भर्खरै :

फ्रान्सको राजधानीमा फेरि पहेंलो भेस्ट आन्दोलन

पेरिस, १६ मार्च । केही समयको शिथिलतापछि फेरि सुरु भएको पहेंलो भेस्ट आन्दोलनको क्रममा शनिबार फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किंदा प्रहरीले कम्तीमा दुई मानिसलाई गिरफ्तार गरेको छ ।
पेरिसको प्रहरीले राजधानीको मुख्य चोकमै मुखमा मास्क लगाएका मानिसहरूले आगजनी गर्न थाले पछि २३७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
फ्रान्सका गृहमन्त्री क्रिस्टोफर कास्टनरले उग्रवामपन्थी ब्ल्याक ब्लक समूहका पन्ध्र सय मानिसले न्यायपूर्ण वित्तीय नीति र गरिबलाई थप पैसाको माग गर्दै भएको जुलुसलमा घुसपैठ गरी अराजकता फैलाएको जानकारी दिए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्वीरहरूमा कालो लुगा लगाएका रुमालले मुख छोपेका मानिसहरूले सुरक्षाकर्मीलाई ढु·ा र अन्य वस्तुले हानिरहेको देखिएको छ । प्रतिकारमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए ।
केही स्थानमा आगजानी भएको थियो । आगो लगाउने एघार जना मानिसलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
दोहोरो भिडन्तमा १७ प्रहरीसहित जम्मा ६० जना मानिस घाइते भएको प्रहरीले स्रोतले बताएको छ ।
सन् २०१८ को नोभेम्बरदेखि पहेंलो लुगा लगाएर सुरु भएको यो आन्दोलनको सिलसिलामा पछिल्लो महिना भएको यो नै सबभन्दा ठूलो घटना हो । यसअघि केही समय आन्दोलन शिथिल र सीमित बन्दै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *