तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बुधबार चाँगुनारायण नगरपालिका वडा नं. ४ ततगोल क्षेत्रका जनतासँग भेटघाट गर्नुभएको छ ।
सांसद सुवालले समसामयिक विषयमा जानकारी दिँदै भन्नुभयो, “नेपालको भूगोल सानो छ र भारतसँगको खुला सिमाना छ । जन्मको आधारमा नेपाली नागरिकता दिने प्रमाणपत्र दिने देशको हितमा नभएकोले यो विधेयक पारित गरिएको बेला नेमकिपाले विपक्षमा मत दिएको हो ।”
उहाँले भन्नुभयो, “बहुसांस्कृतिक समाज भएको संविधानमा उल्लेख भएको हुँदा उपनाम जनाएर नेपाली नागरिकता लिन पाउने ऐनको संशोधन प्रस्ताव उपयुक्त छैन ।”
“सरकारमा गएका पार्टीहरुले गतिला काम नगरेकै कारण नेपाली जनताले दुःख पाएका हुन् । प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवाले आफ्ना नेता र कार्यकर्तालाई २०६२÷६३ को आन्दोलनपछि १३ वर्षमा ३ अर्ब ९५ करोड ५० लाख बढी रकम बाँडेको समाचार प्रकाशित भयो । जनताको कर प्रमहरुले आफ्ना नेता र कार्यकर्तालाई पोस्नु जनविरोधी काम हो, सांसद सुवालले भन्नुभयो ।
एनसेलले गएको चुनावमा एमाले र माओवादीलाई १० अर्ब चन्दा दिएको समाचार प्रकाशित भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “एनसेलले ६१ अर्ब पुँजीगत लाभकर नबुझाएको हो । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ७ अर्बभन्दा बढी भ्रष्टाचार समाचार छ । सुन तस्करका ठूला माछालाई पक्राउ गरिएको छैन ।”
संविधानमा समाजवादउन्मुख प्रावधान भए पनि ओली–प्रचण्डको सरकारले विदेशी लगानी ल्याउने नाममा देशलाई उपनिवेश बनाउने काम गरिरहेको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “सरकारले नेपाली उद्योगहरु नाङ्लो पसलमा परिणत हुने खालको विधेयक पारित गर्दैछ ।”
उहाँले भन्नुभयो, “ओली सरकारले अमेरिकी साम्राज्यवादको दलाल संस्था दक्षिण कोरियाको युनिभर्सल पीस फेडरेशनलाई एसिया–प्रशान्त क्षेत्रको नाममा इसाई धर्मसमेत प्रचार गर्ने शिखर सम्मेलन र संरा अमेरिका पुगेर हिन्द–प्रशान्त सैनिक गठबन्धनमा सहमति जनाएको हुँदा अहिले संरा अमेरिकाले नेपाललाई सहशताब्दी लक्ष्य पूरा गर्न अनुदान दिने, ५६ अर्ब प्राप्त गर्न प्रजग कोरिया विरुद्धको नाकाबन्दीलाई नेपालले समर्थन गर्ने र चीनबाट भागेर आएका तिब्बतीहरुलाई भारत आश्रममा बसेका दलाइ लामासम्म सजिलै पुग्ने मार्ग प्रशस्त गनुपर्ने शर्त राख्यो । यसरी एक–एक पाइला गरी अमेरिकी साम्राज्यवादले ओली–प्रचण्ड सरकारलाई आफ्नो चङ्गुलमा तान्दैछ ।”
“सरकार भ्रष्ट भएपछि कमजोर हुन्छ र विस्तारवादी र साम्राज्यवादीहरुको सामु लत्रनुपर्ने स्थिति हुन्छ । ओली–प्रचण्डको सरकार यहीँ स्थितिमा छ,” सांसद सुवालले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले सरकारको जनविरोधी कामको सडक र सदनमा विरोध गर्दै आएको उहाँले बताउनुभयो ।
सांसद सुवालले नेपाली जनताको हितको लागि देशको सन्तुलित विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै विकास निर्माण उपभोक्ता समिति र अमानतबाट गराउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चाँगुनारायण नपाको वडा नं. ४ को ततगोल क्षेत्रको सडक खोल्न र नाली बनाउन नेमकिपाका सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र विकास कोष बजेट विनियोजन गरी रु. २० लाखको योजना कार्यान्वयन भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय रामेश्वर रानामगरले पनि बोल्नुभएको थियो । स्थानीय जनताले सांसद सुवालसँग स्थानीय समस्याहरु पेश गरेका थिए ।
Leave a Reply