भर्खरै :

क्युवाली चिकित्सकमाथिको आरोप गलत

हवाना, २० मार्च । क्युवाका राष्ट्रपति मिगुएल डायज कानेलले भेनेजुयलामा सन् २००३ देखि काम गरिरहेका क्युवाली चिकित्सकहरूले भेनेजुयलामा राजनीतिक गतिविधि गरिरहेको आरोपको खण्डन गरेका छन् । गएको मार्च १७ मा न्यु योर्क टाइम्समा प्रकाशित एक लेखमा क्युवाली चिकित्सकहरू गएको राष्ट्रपति निर्वाचनमा माडुरोको पक्षमा मतदान गर्न प्रचार गरेको आरोप लगाइएको थियो ।
“क्युवाली चिकित्सकलाई यसरी अपमानित गर्न मिल्दैन । साम्राज्यवादले कालो भूमि नाम दिइएको ठाउँमा पुगेर विलक्षण मानवीय भावनाका साथ सेवा गरेका चिकित्सकलाई यस्तो आरोप असह्य छ ।”, क्युवाका राष्ट्रपति कानेलले आफ्नो ट्वीटरमा लेखेका छन् ।
संरा अमेरिकी मिडियाले क्युवाली चिकित्सकहरूमाथि लगाएको आरोपबारे बोल्दै क्युवाली जनस्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टलले क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले क्युवाली चिकित्सकबारे भनेको भनाइ स्मरण गरे । क्यास्ट्रोले भनेका थिए,“कुनै पनि भूमिमा मानिसलाई जीवन दिन आफ्नो जीवन समेत खतरामा राखेर जाने क्युवाली चिकित्सकहरू मानव जातिप्रति ऐक्यबद्धता जनाउने सबैभन्दा उत्कृष्ट दृष्तान्त हुन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *