यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा बिहीबार स्थानीय पथप्रदर्शक पुनर्ताजगी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथप्रदर्शकहरू सांस्कृतिक सूचनाको प्राथमिक स्रोत हुने भएकाले स्थानीय विषयबारे गहन अध्ययन गर्नुका साथै जानकारी हासिल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरबारे पूर्ण जानकारयुक्त पथप्रदर्शक तयार गर्न नगरपालिकाले विभिन्न समयमा तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले प्रत्येक नागरिकले देश र समाजलाई हित हुने गरी क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पर्यटन उद्योग अत्यन्त संवेदनशील क्षेत्र हुनुको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रभाव पार्ने हुँदा पथप्रदर्शकहरू सचेत हुनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले इतिहास, भूगोल, संस्कृतिलगायतको क्षेत्रमा अध्ययन, अनुसन्धानबाट प्रमाणित भएका सत्य तथ्यहरूबारे प्रकाश पार्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पथप्रदर्शनको दौरानमा पर्यटकहरूबाट सोधिने हरेक प्रश्नको सही जवाफ दिनसक्ने क्षमता पथप्रदर्शकहरूले राख्नुपर्छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकहरू सद्भावना राजदुतको रूपमा रहने भएकाले पर्यटकहरूलाई सही सूचना दिई सुसंस्कृत व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पथप्रदर्शकहरूले अद्यावधिक हुन दैनिक र नियमित अध्ययन गर्नुपर्छ । इन्टरनेटमा रहेका कमीकमजोरीलाई सच्याउँदै पथप्रदर्शकले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस पुनर्ताजगी तालिमले पथप्रदर्शकहरूसँग भएको ज्ञान र सूचनालाई अद्यावधिक गर्न मद्दत पु¥याउने बताउनुभयो ।
नगरपालिकाले पर्यटन क्षेत्रको विकासको लागि गर्दै आएका विभिन्न क्रियाकलापहरूको जानकारी राखी पथप्रदर्शकहरूले पर्यटकहरूलाई सही सूचना दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
उहाँले पर्यटकहरूलाई लक्षित गर्दै ५५ झ्याले दरबार प्रत्येक मङ्गलबार र शुक्रबार खुल्ला गरिएको, टौमढी क्षेत्रमा ४ पाङ्ग्रे सवारी साधन निषेध गरेको, विभिन्न स्थानमा पर्यटक शौचालयहरू र पर्यटक सूचना केन्द्रहरू निर्माण भैरहेको र भक्तपुरका सबै क्षेत्रहरूमा पर्यटन विस्तारका लागि विभिन्न पूर्वाधारहरू निर्माण भैरहेको जानकारी गराउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पथप्रदर्शकहरूलाई अनुशासित, मर्यादित र अद्यावधिक हुँदै आÇनो पेशा गर्न सुझाव दिंदै पथप्रदर्शकहरूको व्यवहारले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
Leave a Reply