श्रमिक, किसान र मजदुरको सम्पूर्ण जिम्मेवारी राज्यले बहन गनुपर्ने
- भाद्र २३, २०८३
अप्सरा
२९ फागुन २०७३ को ‘राजधानी’ दैनिकमा डा. पुरुषोत्तम मरहट्ठाले ‘परिवर्तनका लागि भोकाएका नेपाली’ शीर्षकमा लेखे – जसरी अमेरिकी स्वतन्त्रता सङ्ग्राममा गृहयुद्धको बीऊ रोपिएको थियो, त्यसैगरी २०५२ सालको संविधानमा मधेसले आफ्नो ‘स्पेस’ नपाएपछि असन्तोषको बीज रोपिरहेको छ । एमालेले संवैधानिक अभ्यास गर्न खोज्नेलाई रोकेर यो संविधानलाई बाइबल र गीता बनाएर जडसूत्रमा राख्नुको औचित्य ?’
यसबारे केही प्रश्न –
१) नेपालको सन्दर्भमा अमेरिकी स्वतन्त्रता संग्रामको भूमिका कसले खेल्दैछ ?
२) तराई दुईटा छ ।
एक, किसान, मजदुर र गरिबको,
अर्को, शोषक, जमिनदार र पूँजीवादी शासक वर्गको तराई । ‘स्पेस’ कुन तराईले पाउने ?
३) के वर्तमान संविधान एमालेको बपौती हो ?
४) संसारको कुन संविधान बाइबल र गीता हो ?
उत्तर यसप्रकार छ ः–
१) नेपाल ब्रिटिस–इण्डियासँग लडाइँमा हा¥यो र नेपाल बेलायतको अर्धउपनिवेश बन्यो अर्थात् नेपाल भारतजस्तो पूर्णउपनिवेश होइन । तर भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि बेलायती साम्राज्यवादको अपुताली ‘स्वतन्त्र’ भारतले पायो । भारतका विभिन्न राजा–रजौटाहरूको राज्य–नागाल्याण्ड र मणिपुर तथा सिक्किम, भुटान, तिब्बत, नेपाल आदि दक्षिण एसियाका देशहरूमाथि ‘स्वतन्त्र’ भारतको थिचोमिचो सुरु भयो । यस अर्थमा काश्मिरदेखि नागाल्याण्डसम्म, नेपालदेखि श्रीलड्ढासम्मका जनता बेलायती साम्राज्यवादको विरोधमा अमेरिकी जनताले झैं सङ्घर्ष गरे । जस्तै भारतीय एकाधिकार पूँजी र विस्तारवादको विरोधमा गुप्त र खुला, कूटनैतिक र सशस्त्र संघर्ष दक्षिण एसियामा चालु छ ।
बेलायती साम्राज्यवादले अमेरिकामा आफ्नो शासन गरेको थियो । बेलायत त्यसबेला संसारको एक शक्तिशाली देश थियो । त्यस्तै आज दक्षिण एसियामा भारत एक क्षेत्रीय शक्ति हो । पाकिस्तान, बंगलादेश, श्रीलड्ढा, नेपाल र भुटानसँग पनि मतमतान्तर छ, सिक्किम भने भारतले निलिहाल्यो । भारतका जातीय र भाषिक, धर्म र साम्प्रदायिक सङ्घर्ष सेलाएको छैन भने भारतीय पूँजीवादी र फासीवादी सरकारको विरोधमा नक्सलवाडी सङ्घर्ष ४०–५० वर्षदेखि चालु छ ।
२) बारम्बार सरकारका महत्वपूर्ण पदमा रहेर शासन गरेका तराईका सामन्तवादी र पूँजीवादी दलका नेताहरू शासनमा अझ ठूलो भाग खान र नेपाललाई भारतकै एक अंग बनाउने उद्देश्यले असन्तोष व्यक्त गर्दैछन् । तिनीहरूले कहिले पनि अत्यन्त बहुमत तराईका किसान जनताको ‘जमिन जोत्नेको’ र ‘मोहियानी हक’ ‘रोजगारी’, सिंचाई, बोक्सी प्रथा र दहेजको विरोध, निःशुल्क स्वास्थ्य र शिक्षाको पक्षमा आवाज उठाएनन्, भारतीय विस्तारवादको थिचोमिचोको विरोध कहिल्यै गरेनन् । यस अर्थमा तिनीहरू तराईका कामदार वर्गका ‘शत्रु’ हुन् । ‘मधेसवादी’ दलहरूले कामदार वर्गको हितमा शोषणविरोधी संशोधन नराख्नुको कारण तिनीहरू पूँजीवादी हुन् भन्ने प्रस्ट छ र तराईका बहुमत जनताको प्रतिनिधित्व तिनीहरूले गर्दैनन् भने पनि प्रस्ट छ ।
३) जनताको आन्दोलनबाट बनेको २०४७ सालको संविधालाई संसदमा एक मधेसी नेताले च्यात्यो । नेपाली काङ्ग्रेस, एमाले र अरु शासक दलले त्यसको विरोध गरेनन् । भारतीय संसदमा भारतीय संविधानलाई च्यातेको खण्डमा त्यसको परिणाम के हुन्छ, ती मधेसी नेतालाई थाहा हुन्थ्यो ।
स्तालिन एक माक्र्सवादी र लेनिनवादी हुन् । उनको कुनै वाद छैन । सोभियत संघ विघटन हुनुमा खु्रश्चेभी संशोधनवादीदेखि गोर्भाचोभको विघटनवादीसम्म जिम्मेवार छन् । संशोधनवाद भनेको मजदुर र कम्युनिष्ट आन्दोलनभित्र देखिने पूँजीवादी विचार हो । त्यस दक्षिणपन्थी विचारले मित्रलाई शत्रु देख्छ र शत्रुलाई मित्र देख्छ । उसको भित्री तत्व पूँजीवादी विचार हो भने बाहिरी तत्व संरा अमेरिकी साम्राज्यवादको आणविक शक्तिको अगाडि आत्मसमर्पणवाद हो ।
खाली ‘भारतीय मूलका’ नयाँ–नयाँ मानिसहरूलाई हरेक वर्ष नागरिकताको नाटक गरेर २५–३० लाख जनताबाट भारतको प्रशासनमा केही वर्षभित्र एक डेढ करोड भारतीयहरूलाई नागरिक बनाए । एमाले, नेपाली काङ्ग्रेस, एमाओवादी, राप्रपा आदि दलहरू भारतको दबाबलाई स्वीकार्दै गए, त्यसकै परिणाम आज देशले स्वतन्त्रता र सार्वभौमिक अखण्डताको निम्ति सङ्घर्ष गर्नुपर्ने स्थितिमा पु¥यायो ।
४) वर्तमान संविधान नेपालको संविधानसभाको अत्यन्त बहुमतले पारित गरेको संविधान हो र संविधान विदेशको दबाबले र दिनका दिन बदलिने विषय होइन । संसारका सबै संविधान बेलायतको जस्तो अलिखित संविधान होइन, जसले संविधानलाई सामान्य विधेयकजस्तै बनाउने र हेरफेर गर्न सकियोस् ।
२७ फागुन २०७३ को ‘नागरिक’ मा सिके लालको ‘वर्चस्ववादको विजय’ शीर्षकमा तलका ठम्याईहरू प्रस्तुत गरेका छन् –
क) स्तालिनवादले सोभियत सङ्घको विघटन ग¥यो,
ख) उत्तर कोरिया मानव सभ्यता र साम्यवादको विकृत रुप हो, र
ग) संसारमा साम्यवादको गीत गाउनेहरू थोरैमात्र बाँकी छन् ।
सिके लालको दृष्टिदोषलाई तपसिलका विषयहरूले उजागर गर्नेछन् –
१) स्तालिन एक माक्र्सवादी र लेनिनवादी हुन् । उनको कुनै वाद छैन । सोभियत संघ विघटन हुनुमा खु्रश्चेभी संशोधनवादीदेखि गोर्भाचोभको विघटनवादीसम्म जिम्मेवार छन् । संशोधनवाद भनेको मजदुर र कम्युनिष्ट आन्दोलनभित्र देखिने पूँजीवादी विचार हो । त्यस दक्षिणपन्थी विचारले मित्रलाई शत्रु देख्छ र शत्रुलाई मित्र देख्छ । उसको भित्री तत्व पूँजीवादी विचार हो भने बाहिरी तत्व संरा अमेरिकी साम्राज्यवादको आणविक शक्तिको अगाडि आत्मसमर्पणवाद हो ।
गोर्भाचोभ सोभियत कम्युनिष्ट पार्टी र सोभियत सरकारमा घुसेको जारको अपुताली बोकेको अमेरिकी साम्राज्यवादको कठपुतली हो ।
२) उत्तर कोरिया वा प्रजग कोरियाको समाजवादी व्यवस्था, जनतालाई केन्द्रविन्दुमा राख्ने जुछे विचारधारामा आधारित साम्यवादतिर अग्रसर मानव सभ्यताको उत्कृष्ट नमुना हो ।
३) संरा अमेरिका र नाटोका साम्राज्यवादी देशहरू आज बेरोजगारी, महँगी, शरणार्थी समस्या, उत्पादनमा ¥हास, बढेको युद्धको खर्च र आर्थिक सड्ढटले ग्रस्त छ र ती देशका व्यापक कामदार जनता पूँजीवादको विरोध गर्दैछन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूका व्यापक जनता समाजवादको पक्षमा सामूहिक गीत गाउँदैछन् ।
Leave a Reply