‘भक्तपुर काण्ड’ र राइखस्टाग आगलागी मुद्दाबारे एक चर्चा
- भाद्र ८, २०८३
विश्व व्यवस्थामा आएको परिवर्तन स्वीकार्न नसक्ने पश्चिमी शक्ति यतिबेला अन्तर्राष्ट्रिय सुरक्षा खल्बलाउन उद्दत देखिन्छ । संरा अमेरिका विश्व शान्ति र सुव्यवस्था खल्बल्याई परम्परागत विश्व व्यवस्था कायम राख्न अनेक प्रयास गर्दै छ । पछिल्लो समय एसियालाई आफ्नो चक्रव्यूहमा पारी युद्धमा फसाउने कुटिल चाल भइरहेको जगमा जाहेर छ । एसियाको निर्णय पश्चिम या अमेरिकी सैन्य गठबन्धनहरूले होइन एसिया आपैmले लिन पाउनुपर्ने अडानमा छ चीन । राष्ट्रपति सीको प्रशासनको सुरुआतदेखि नै चीनले संरा अमेरिकाको अस्वाभाविक सैन्य गठबन्धनहरूको विरोध ग¥यो । चीनले समावेशितामा आधारित कूटनीति अपनायो । राष्ट्रपति सीले सभ्यताको विकास शान्तिपूर्ण ढङ्गल,े सहकार्यको माध्यमबाट हुनुपर्ने बताउनुभयो । आफ्नो छिमेक नीतिलाई सहयोगको नीति बताउनुभयो । चीनले कुनै पनि साना ठूला देशहरूको सार्वभौमसत्ताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपको नीति लियो । विश्वसँग सहकार्य, सहअस्तित्व र साझेदारी विकास गर्न सीएसएफएम CSFMअर्थात् मानवजातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण, एक क्षेत्र एक अगुवाइ (BRI) विस्तार, विश्वव्यापी साझेदारी संयन्त्र (Global Partnership Network) निर्माणसँगै विश्वव्यापी विकास अगुवाइ (Global Development Initiative) मा जोड दियो । चीनले सधैँ देशहरूको विकासलाई प्राथमिकतामा राख्यो† जनता प्रथमको सिद्धान्त अघि बढायो† वातावरणीय सुरक्षा, नयाँ आविष्कारलाई जोड दियो । त्यतिमात्र होइन चीनले सहयोग र सहकार्यका निम्ति तत्परता देखायो । असमावेशिता चीनलाई कहिल्यै मञ्जुर भएन । त्यसकारण चीन विश्व व्यवस्थामा बेग्लै पहिचानसहित अग्रपङ्क्तिमा उक्लियो । त्यसपछि चीनमाथि संरा अमेरिकाको प्रहार र आक्रमणहरू रोकिएन । युरोप, अफ्रिका र एसियाली महादेशहरूमा अशान्ति रोपेर भए पनि संरा अमेरिका आपूm अनुकूलको विश्व व्यवस्था चाहन्छ । एसियाप्रशान्त क्षेत्रले हिन्द–प्रशान्त रणनीति, अउकस, क्वाड र फात् आइज जस्ता असमावेशी अस्वाभाविक संरा अमेरिकी सैन्य गठबन्धनहरूका कारण असुरक्षाको अनुभव गरेपछि चीनले विश्वव्यापी सुरक्षा अगुवाइ (GSI) अघि सारेको हो । के हो जीएसआई ? आजको विश्वमा यसको चर्चा जरुरी छ । समकालीन विश्वका छलफल तथा विचारमाथि मन्थन त्यसकारण पनि सामयिक होला ।
जीएसआई (GSI) समावेशी सहकार्यको नवीन विचार हो । जसले देशहरूको साझा चासोहरू, उद्देश्यहरूको निम्ति सहकार्य र एकताबद्ध हुन ऊर्जा प्रदान गर्छ । कुनै पनि देशको सामाजिक प्रणाली र विकासको मार्ग, छनोट गर्ने सवालमा अहस्तक्षेप र सम्मानको अवधारणा विकास गर्न जीएसआईले सघाउँछ । शीतयुद्धको मानसिकता अस्वीकार गरी बहुपक्षीयताको पक्ष लिन्छ । सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा बन्दोवस्तको निम्ति जीएसआई प्रतिबद्ध देखिन्छ । सामूहिक विकास र विश्वशान्तिका लागि आज जीएसआई अवधारणाको व्यापक चर्चा आवश्यक अनुभव हुन्छ । पश्चिमी नेतृत्वको विश्वव्यवस्था युद्ध र द्वन्द्वहरूले भरिएको हुँदा वर्तमान विश्व सुरक्षाका लागि, मानवजातिमाथि चुनौती र खतराको बादल पन्छाउनका लागि जीएसआईको परिचर्चा आवश्यक छ । अन्तर्राष्ट्रिय परिस्थिति दिनप्रतिदिन अशान्त बनिरहेको बेला पश्चिमी नेतृत्वको रक्तपातपूर्ण इतिहासविरुद्ध शान्तिपूर्ण र सुखद भविष्यको निर्माण गर्ने समय यही हो । विश्वलाई अब युद्ध चाहिएको छैन । मानवजातिका लागि सभ्यता र सामाजिक प्रणालीको सुरक्षा महत्वपूर्ण हो । जएसआईले त्यही मानवजातिको साझा भविष्यको चिन्तन प्रस्तुत गर्छ ।
अप्रिल २१ का दिन एसियाली बोआओ फोरमको वार्षिक सम्मेलन २०२२ सुरु भयो । चिनियाँ राष्ट्रपति सि चिनफिङले ‘सहकार्यमार्फत चुनौतीहरूको सामना गरी विश्व व्यवस्थाको उज्यालो भविष्य निर्माण गर्ने’ विषयमा मन्तव्य दिनुभयो । उहाँले पहिलो पटक ‘विश्वव्यापी सुरक्षा अगुवाइ (जिएसआई)’ प्रस्ताव गर्नुभयो । एक शताब्दीसम्म नदेखिएको महामारीको विश्वले अनुभव ग¥यो र अन्तर्राष्ट्रिय परिस्थिति गहिरो र जटिल ढङ्गबाट फेरियो । क्षेत्रीय सुरक्षामा एक पछि अर्को संवेदनशील चुनौती देखापर्यो । पारम्परिक सुरक्षा र गैरपारम्परिक चुनौतीहरूबीच टकरावहरू खडा भए । विशेषतः पछिल्लो रुस–युक्रेन सङ्घर्षले भूमिगत असर सतहमा ल्याइदियो । त्यसकारण, अन्तर्राष्ट्रिय सुरक्षाले पुनः एकपटक उच्च प्राथमिकताको माग ग¥यो । जिएसआई त्यही मागको प्रतिफल हो । जिएसआईको प्रस्तावले निःसन्देह विश्वशान्ति र सुव्यवस्था कायम गर्ने स्पष्ट दिशानिर्देश गर्छ र सम्पूर्ण मानवजातिलाई दीर्घकालीन विश्वशान्ति र अन्तर्राष्ट्रिय सुरक्षाको बाटो देखाउँछ ।
जिएसआईको मुख्य सन्देश के हो ? यो प्रश्नमा संसारको चासो बढ्दो छ । जिएसआई तार्किक र अर्थपूर्ण छ । विचारमा समृद्ध यसको मुख्य सन्देशले राष्ट्रपति सीद्वारा व्यक्त ६ वटा प्रतिबद्धताहरू प्रदर्शन गर्छ ।
पहिलो, विश्वशान्ति र सुरक्षा कायम राख्नका निम्ति साझा र बृहत् सहकार्य र दिगो सुरक्षा, सामूहिक र संयुक्त कार्यकोे दृष्टिकोणमा प्रतिबद्ध रहन जरुरी हुन्छ । आजको विश्व क्रमशः साझा भविष्यको समुदायको रूपमा विकसित हुँदै छ । जहाँ सबैको आ–आफ्ना उद्देश्य छन् । विश्व सुरक्षाका चुनौतीहरूको सामना गर्न र दीर्घकालीन विश्वशान्ति र सुरक्षाका निम्ति सम्पूर्ण देशहरूबीच साझा, व्यापक र दिगो सुरक्षाको एक नयाँ दृष्टिकोण स्थापना गर्न जरुरी छ । यस नयाँ सुरक्षा दृष्टिकोणले सारा देशहरूको सम्मान र सुरक्षाको ग्यारेन्टीको निम्ति आह्वान गरेको हुनुपर्छ । परम्परागत र उदाउँदा शक्ति दुवैबीच सुरक्षा कायम गर्न, संवाद र सहकार्यको मद्दतबाट सारा देशहरू र क्षेत्रहरूमा सुरक्षा प्रत्याभूत गर्न र दीर्घकालीन सुरक्षाका निम्ति साझा विकास र सुरक्षालाई एक सिक्काका दुई पाटाका रूपमा विकास गर्न आवश्यक छ ।
राष्ट्रपति सीले चुनौतिपूर्ण विश्वव्यापी सुरक्षा मुद्दाहरूको समाधानका उपाय दिएर मानवजातिकै निम्ति उत्कृष्ट योगदान पु¥याउनुभयो । सन् २०१३ मार्चमा जिम्मेवारी सम्हालिसकेपछिको पहिलो विदेश भ्रमणमा राष्ट्रपति सीले विश्व सुरक्षा मुद्दाहरूबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । विश्वव्यापी चुनौतीहरूको सामना गर्न हामी एकताबद्ध हुनुपर्छ र सहकार्य गर्दै दबाबलाई सकारात्मक शक्तिमा परिवर्तित गर्दै समस्यालाई अवसरमा बदल्नुपर्छ भन्नुभयो । “जटिल सुरक्षा चुनौतीविरुद्ध जुझ्न कुनै देशले एक्लै कार्य गर्न सक्दैन र सैन्य उपायलाई एकमात्र समाधानका रूपमा देख्यो भने थप जटिल हुन सक्छ । समाधानको उपाय भनेको सहकार्यमार्फत संयुक्त र साझा सुरक्षा हासिल गर्नु हो ।” सन् २०१४ मेमा साङ्घाइमा सम्पन्न “कन्फरेन्स अन इन्ट¥याक्सन एण्ड कन्फिडेन्स विल्डिङ मेजर्स इन एसिया” को चौथो शिखर सम्मेलनमा राष्ट्रपति सीले साझा र व्यापक, सहकारी र दिगो सुरक्षाको एसियाली सुरक्षा अवधारणा प्रस्ताव गर्नुभयो । अन्य अन्तर्राष्ट्रिय अवसरहरूमा पनि राष्ट्रपति सीले उक्त विचार व्यक्त गर्नुभएको स्मरण बुलेटिनले गराउँछ । सन् २०१७ को जनवरीमा जेनेभामा सम्पन्न मानवजातिको साझा भविष्यको समुदाय निर्माण तथा परामर्शका लागि भएको उच्चस्तरीय बैठकमा राष्ट्रपति सीले साझा भविष्य निर्माणको सिद्धान्त कार्यान्वयनको निम्ति आह्वान गर्नुभयो । विश्वव्यापी सुरक्षाको संसार निर्माणका फाइदाहरूमाथि प्रकाश पार्नुभयो । सन् २०२० मा सम्पन्न साङ्घाइ सहकार्य संस्थाका राष्ट्रप्रमुखहरूको बीसौँ परिषद् बैठकमा राष्ट्रपति सीले जोड दिँदै भन्नुभयो, “हामीले सुरक्षा र स्थायित्वको रक्षा गर्नुपर्छ र हामी सबैका निम्ति सुरक्षित समुदाय निर्माण जरुरी छ ।” अन्तर्राष्ट्रिय सुरक्षाका निम्ति चीनले व्यवस्थित र नयाँ दृष्टिकोण अघि सारेको छ । यस दृष्टिकोणले तीव्र गतिमा विश्वव्यापी सहमति पाइरहेको र अन्तर्राष्ट्रिय समुदायमा व्यापक समर्थन पाएको छ ।
दोस्रो, हरेक देशको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान हुनुपर्दछ । आन्तरिक मामिलामा हस्तक्षेप नगर्न, विकास मोडलको स्वतन्त्र छनोट गर्न र विभिन्न देशहरूका जनताले निर्माण गरेका सामाजिक प्रणालीहरूको सम्मान हुनुपर्दछ । सन् १९५० मा चीनले पञ्चशीलको सिद्धान्त प्रतिपादन ग¥यो । जसमा उल्लेख छ – सार्वभौमिकता र भौगोलिक अखण्डताको आपसी सम्मान गर्ने, एकअर्कालाई आक्रमण नगर्ने, एक आपसको आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक लाभ हासिल गर्ने र शान्तिपूर्ण सह–अस्तित्व कायम गर्ने । चीनका लागि पञ्चशीलको सिद्धान्त अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारको आधार नै हो । न्यायपूर्ण र व्यावहारिक नयाँ राजनैतिक तथा आर्थिक व्यवस्था स्थापना गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । एउटा मुलुकले आफ्नो विकासको मोडल कस्तो पहिल्याउँछ भन्ने कुरा उसको आन्तरिक अवस्थामा निर्भर रहन्छ । अन्य कुनै मुलुकलाई हस्तक्षेप गर्ने वा विवेकहीन टिप्पणी गर्ने वा आलोचना गर्ने अधिकार कसैलाई हुँदैन । के कुनै देशले अर्को मुलुकसम्म आफ्नो हात लम्ब्याउन मिल्छ ? आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र जबरजस्ती आफ्नो ट्रयाकमा डो¥याउन मिल्छ ? त्यस्तो भयो भने मुलुकहरूबीचको समस्या कहिल्यै अन्त्य हुने छैन र दीर्घकालीन विश्वव्यापी सुरक्षा खल्बलिरहन्छ ।
पञ्चशीलको सिद्धान्तका वास्तविक पक्षधर र इमानदार अभ्यासकर्ता दुवै हो चीन । बुलेटिनका तथ्यहरूले भन्छ – चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो परिवर्तन र मानवजातिको भविष्यका निम्ति राष्ट्रपति सीले महत्वपूर्ण धारणा र अगुवाइ प्रस्तुत गर्नुभएको थियो । उदाहरणका लागि मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण, नयाँ तरिकाको अन्तर्राष्ट्रिय सम्वन्धको निर्माण, क्षेत्र तथा मार्गको साझा निर्माण, साझा उद्देश्यपूर्ति र न्यायपूर्ण तथा मित्रतापूर्ण सम्बन्ध स्थापनाका निम्ति पञ्चशीलका सिद्धान्त व्यवहारमा प्रयोग गरियो ।
तेस्रो, राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तहरू पालना गर्नु सदस्य देशहरूको न्यूनतम कर्तव्य हुन आउँछ । त्यसकारण, शीतयुद्धको मानसिकता त्याग्नुपर्छ । एक–ध्रुवीयता अस्वीकार गर्नुपर्छ । गुटको राजनीति र क्षेत्रीय किचलो अस्वीकार गर्नुपर्छ । राष्ट्रसङ्घको बडापत्रमा ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने’ चार उद्देश्यहरू उल्लेख छन् । ‘सार्वभौम समानता’ र ‘घरेलु मामिलामा अहस्तक्षेप’ का सात सिद्धान्तहरू उल्लेख छन् । उक्त उद्देश्यहरू समकालीन अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त हुन् र अन्तर्राष्ट्रिय सम्वन्धका आधारभूत मापदण्ड पनि हुन् । तथापि, केही मुलुकहरू यसतर्फ आँखा चिम्लन्छन् र एकल ध्रुवीयता, प्रभुत्ववाद र शक्तिको राजनीति लाद्न खोज्छन्् । प्रभुत्ववादमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको वकालत गर्दै, गुटगत टकरावलाई उक्साउने, भिन्न सामाजिक प्रणाली र मूल्य अँगालेका देशलाई बारम्बार दबाउने, अन्य मुलुकका संस्थागत शक्तिलाई हानी पु¥याउने काम गरिरहेको जगजाहेर नै छ । विशेषगरी विकासोन्मुख मुलुकलाई उठ्न नदिन र संयुक्त राष्ट्रसङ्घको प्रभावकारिता तथा आधिकारिकतामाथि हानी पु¥याउने कार्य भइरहेको बुलेटिनले जानकारी दिन्छ ।
चीन सधँै संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य तथा सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमहरूमा दृढतापूर्वक उभिएको छ । चीनले संयुक्त राष्ट्रसङ्घसँग अन्तर्राष्ट्रिय प्रणाली र यसका आधारभूत अनुशासनलाई बलियोसँग अङ्गीकार गरेको छ । चीनले अन्तर्राष्ट्रिय कानुनको आधारमा अन्तर्राष्ट्रिय व्यवस्था स्वीकार गरेको छ । इतिहासले प्रमाणित गरिसकेको छ कि शीतयुद्धको मानसिकता र गुटको राजनीतिले सुरक्षा प्रत्याभूत गर्न सक्दैन । उल्टो, युद्ध र अशान्ति निम्त्याउँछ र फैलाउँछ । नयाँ शीतयुद्ध ऐतिहासिक विकासको वेग विपरीतमात्र जाँदैन बरु संसारभरिका जनताको आकाङ्क्षाविरुद्ध पनि जान्छ । जिएसआई त्यही युद्ध मानसिकताविरुद्ध शान्तिको पक्षमा जन्मिएको विचार हो ।
चौथो, सबै मुलुकका सुरक्षा चासोलाई गम्भीरताका साथ लिने प्रतिबद्धता जरुरी छ । अविभाज्य सुरक्षा प्रणाली निर्माण आवश्यक छ । अरूको सुरक्षाको मूल्यमा आफ्नो सुरक्षा र स्वार्थ कायम गर्ने अभ्यासको विरोध अनिवार्य छ । मानवजाति साझा सुरक्षाका अविभाज्य समुदाय हुन् । विश्वभरिका मुलुकहरू लामो यात्रामा एउटै डुङ्गाका यात्रीहरू जस्तै हुन् जो गाह्रोसाह्रो पर्दा सँगै हुन्छन् र जसको गन्तव्य एउटै छ । कसैलाई डुङ्गाबाट बाहिर धकेल्नु अस्वीकार्य हुन्छ, अन्यायपूर्ण हुन्छ भन्ने विचार चीनको हो । आफ्नो सुरक्षाको नाममा कसैले अन्य मुलुकको सुरक्षा खल्बल्याउन मिल्दैन ।
अहिले चलिरहेको रुस–युक्रेन द्वन्द्व अन्तर्राष्ट्रिय सुरक्षामा वर्तमान समस्याको एउटा दृष्टान्त हो । यस समस्याको जरा विगत लामो समयदेखि लादिएको यूरोपको क्षेत्रीय सुरक्षा अन्तरविरोधमा निहीत छ । यसको समाधान सबै सम्बद्ध मुलुकहरूको जायज सुरक्षा चासोहरू सम्बोधन गरेर मात्र सम्भव छ । रुस–युक्रेन द्वन्द्वबाट सिक्न सकिने महत्वपूर्ण पाठ भनेकै एक देशको सुरक्षा अर्को देशको सुरक्षाको मुल्यमा निर्माण सम्भव छैन भन्ने हो । सैन्य गुटको सुदृढीकरण र विस्तारबाट क्षेत्रीय सुरक्षाको ग्यारेन्टी गर्न सम्भव छैन, सबै मुलुक वा मुलुकहरूको समूहले आफ्नो निरपेक्ष सैनिक फाइदा वा निरपेक्ष सुरक्षाका निम्ति कुनै मुलुकको सार्वभौमिकता र सुरक्षामा अनावश्यक हस्तक्षेप गर्न हुँदैन भन्ने हो । जसले कलहको सुरुआत ग¥यो, उसैले फर्किने पाइला चाल्दा राम्रो हुन्छ, रुस–युक्रेन द्वन्द्वको समाधानको निम्ति सम्बद्ध पक्षहरूले शीतयुद्धको मनस्थिति त्याग्नुपर्छ । सबै पक्षको जायज सुरक्षा चासोहरूको सम्मान गर्ने र गम्भीरतापूर्वक सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा प्रणाली वार्ताको अगुवाइका लागि तयार हुनुपर्छ ।
पाँचौँ, मुलुकहरूबीचको मतभेद र विवाद वार्तामार्फत शान्तिपूर्ण ढङ्गले समाधान गर्ने प्रतिबद्धता जरुरी छ । सङ्कट समाधानका शान्तिपूर्ण प्रयासहरूलाई समर्थन गर्ने, दोहोरो चरित्र अस्वीकार गर्ने, एकतर्फी प्रतिबन्धहरू र लामो–हाते क्षेत्राधिकारको अनावश्यक प्रयोगको विरोध गर्नुपर्छ । वार्ता र परामर्श नै मतभेद र विवाद समाधानको एक मात्र र आधारभूत उपाय हो । जब मुलुकहरूसँग यथेष्ट इच्छाशक्ति र राजनैतिक विवेक हुन्छ, कुनै द्वन्द्व समाधानका लागि निकै गाह्रो हुँदैन । ठिक विपरीत हस्तक्षेप र हातहतियारको प्रयोगले सम्बद्ध मुलुक र क्षेत्रको अर्थतन्त्र र जनजीवनमा गम्भीर अप्ठ्यारा निम्तिन्छन् ।
आफ्नो घट्दो वर्चश्व उठाउन राजनैतिक, आर्थिक, कूटनैतिक र न्यायिक क्षेत्रमा आफ्नो आन्तरिक कानुनलाई अन्तर्राष्ट्रिय नियम–कानुनमाथि थोप्न खोज्दै छ संरा अमेरिका । बारम्बार प्रतिबन्धका पोकाहरू थोपर्दै छ । कथित लामो–हाते क्षेत्राधिकार असभ्यरूपमा प्रयोग गर्दै छ । संरा अमेरिका आफ्नो राष्ट्रिय सुरक्षाको अवधारणालाई आफ्नो व्यापक प्रतिस्पर्धी लाभका निम्ति सीमा नाघ्दै छ । आपूmलाई विश्वव्यापी न्यायाधीश भएको अभिनय गर्दै छ । आफूसँग प्रतिस्पर्धी सम्बन्ध हुने दिशामा रहेका मुलुकलाई असफल पार्ने कुचेष्टा गर्दै छ । अन्तर्राष्ट्रिय सहकार्य भत्काएर र अन्तर्राष्ट्रिय समुदायलाई फुटाएर तनाव बढाउने र अराजकतामार्फत नाफा कमाउने उद्देश्य राख्छ संरा अमेरिका । त्यस्ता कुकृत्यहरूलाई संसारका शान्तिप्रेमी देश र जनताले बहिष्कार र तिरस्कार गर्ने पक्कापक्की छ ।
छैटौँ, परम्परागत र गैर–परम्परागत दुवै शक्तिहरूबीच सुरक्षा कायम राख्ने प्रतिबद्धतामा अडिग रहन आवश्यक छ । क्षेत्रीय विवाद तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकार्य गर्नुपर्छ । आर्थिक विश्वव्यापीकरण गहिरिएसँगै, एक पछि अर्को सुरक्षा चुनौती उब्जिएका छन् ।
परम्परागत र वर्तमान दुवै सुरक्षा प्रणाली कायम राख्न वर्तमान विश्वको वस्तुगत यथार्थ गहिरोसँग बुझ्न आवश्यक छ । यी दुवै एक अर्कोसँग जोडिएका र गाभिएका छन् । जसलाई समाधान नगर्दा विश्वको सुरक्षा खतरामा पर्न सक्छ । त्यसकारण बहु–पक्षीयतावादको पक्ष लिन जरुरी छ । साझा, व्यापक सहकार्य र दिगो सुरक्षा दृष्टिकोणबाट अघि बढ्नुपर्छ । व्यापक परामर्श, संयुक्त योगदान र साझा फाइदाका विशेषतासहितको विश्वव्यवस्थाको दृष्टिकोण आवश्यक छ । साझा सुरक्षाको उद्देश्य प्राप्त गर्नको निम्ति गैरपरम्परागत सुरक्षा क्षेत्रबीच प्रभावकारी सहकार्यका लागि सक्रिय अन्तर्राष्ट्रिय तालमेल निर्माण गर्न संयुक्त राष्ट्र सङ्घ, विश्व व्यापार सङ्गठन, विश्व स्वास्थ्य सङ्गठनको भूमिकालाई साथ दिनुपर्छ ।
चीन जिएसआईको सक्रिय अभ्यासकर्ता देश हो । चीनले शान्ति, विकास र जीत–जीत प्रतिफलकोे निम्ति सहकार्यको झन्डा उँचो फहराएको छ । विश्वव्यापी शान्ति र स्थायित्व रक्षाको जिम्मेवारी काँधमा बोकेको छ । परम्परागत र गैर–परम्परागत सुरक्षा सम्बन्धी मुद्दाहरूको शृङ्खलामा सकारात्मक योगदान पु¥याएको छ । जिएसआईको विकास र कार्यान्वयनमा उदाहरण प्रस्तुत गरेको छ ।
युक्रेन मामिलामा चीनले वस्तुगत र निष्पक्ष व्यवहार अवलम्बन ग¥यो । चीनले परिस्थितिलाई स्वतन्त्रतापूर्वक मूल्याङ्कन ग¥यो र विषयको गम्भीरता बुझेर आफ्नो स्पष्ट दृष्टिकोण बनायो । यसले रुस र युक्रेन दुवैलाई वार्तामार्फत द्वन्द्व समाधानतिर धकेल्यो । चिनियाँ पक्षले छ–बुँदे अगुवाइको प्रस्ताव पेश गर्दै युक्रेनमा ठूलो परिमाणमा हुन सक्ने मानवीय क्षति रोक्न अगुवाइ ग¥यो ।
कोरियाली प्रायःद्वीपमा जिम्मेवारी बहन गदै चीनले प्रायःद्वीपलाई परमाणु शस्त्रमुक्त गर्ने अडान लिएको छ, प्रायःद्वीपमा शान्ति र स्थायित्व कायम राख्न जोड दिएको छ । सबै पक्षहरूको सन्तुलित ढङ्गले चासोहरू सम्बोधन गर्न दुई–पक्षीय दृष्टिकोण अवलम्बन गरेको छ । प्रजग कोरियाको स्वाभाविक सुरक्षा चासोको सम्बोधन गर्न अमेरिकी पक्षलाई ठोस कदम चाल्न सुझाएको छ ।
मध्य पूर्वमा चिनियाँ पक्षले सुरक्षा र स्थायित्व प्राप्तिका निम्ति पाँच–बुँदे पहलकदमी अघि सारेको छ । सिरियाली मामिलामा राजनैतिक समझदारी कायम गर्न चार–बुँदे प्रस्ताव गरेको छ । प्यालेस्टाइन र इजरायलबीच दुई राज्यको किचलो समाधानका उपाय कार्यान्वयन गर्न तीन–बुँदे दृष्टिकोण प्रस्तुत गरेको छ । इरानको परमाणु मुद्दामा संयुक्त ‘प्लान अफ एक्सन’ पुनः पालनका लागि वार्ताको निम्ति पहल गराउन चीन सक्रियतापूर्वक लाग्यो र क्षेत्रीय सुरक्षा प्राप्तिको लागि यी तात्तातो मुद्दाको समाधान खोज्न सक्रियतापूर्वक मध्यस्थता ग¥यो ।
अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन चीनले अगुवाइ गरेको थियो जसले परिस्थितिलाई सहज सङ्क्रमण गर्न रचनात्मक भूमिका खेलेको थियो । सन् २०२२ मार्च ३१ का दिन अफगानिस्तानका छिमेकी मुलुकहरूबीच तेस्रो परराष्ट्र मन्त्रीस्तरीय बैठक चीनले आयोजना गरेको थियो र प्रथम ‘अफगानिस्तानका छिमेकी मुलुकहरू र अफगानिस्तान’ परराष्ट्र मन्त्रीस्तरीय वार्ताको आयोजना गरेको थियो । बैठकले अफगानिस्तानसँग व्यावहारिक सहकार्य र आर्थिक पुनःनिर्माणलाई सहयोग गर्न तुङ्सी अगुवाइ जारी ग¥यो, जसले अफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माण र स्थिर विकास प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान ग¥यो ।
आतङ्कवाद र अन्तर्राष्ट्रिय संस्थागत अपराधविरुद्ध लड्न चीनले एससीओलाई बल ग¥यो । लागु औषधी कारोवारी, साइवरस्पेस अपराध र अन्तर्राष्ट्रिय संस्थागत अपराधको बढ्दो गतिलाई नियन्त्रण गर्न ‘तीन राक्षसी शक्ति’ को सामना गर्न अगुवाइ ग¥यो । चीनको अन्तर्राष्ट्रिय अध्ययन संस्थाका सभापति सुबुको अध्ययनले यही भन्छ ।
कोभिड–१९ महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकर्मीमा चीन अग्रमोर्चामा रह्यो । कोभिडविरुद्ध भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सामग्री बनाउने पहिलो देश बन्यो –चीन । विकासोउन्मुख देशहरूसँग संयुक्त रूपमा भ्याक्सिन उत्पादन गर्ने नेतृत्व गर्ने पहिलो देश बन्यो चीन । आजको दिनसम्म चीनले १२० भन्दा बढी मुलुकहरूलाई २ं.१ अर्ब डोज भ्याक्सिन उपलब्ध गराइसकेको छ ।
जलवायु परिवर्तनको मामिलामा चीनले पेरिस सम्झौतालाई अक्षरसः पालना गरेको छ । चीनले सन् २०३० अघि नै अधिकतम कार्वनको लक्ष्य पूरा गर्ने र सन् २०६० अघि नै कार्वन तटस्थताको लक्ष्य प्राप्त गर्ने घोषणा गरिसकेको छ । साइवर सुरक्षाको मामिलामा विश्वव्यापी डिजिटल व्यवस्थाका निम्ति डाटा सुरक्षार्थ विश्वव्यापी अगुवाइ गरिसकेको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा चीनले ३० यूएन पिस–किपिङ मा ५०,००० भन्दा बढी पिसकिपरहरू पठाइसकेको छ । साथै त्यसको निम्ति ८,००० ट्रुप तयार राखेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को रूपमा सदस्यहरूमध्ये सबैभन्दा बढी पिस–किपरहरू तैनाथ गर्ने मुलुक हो–चीन । संयुक्त राष्ट्रसङ्घको पिस किपिङ बजेटमा योगदान गर्ने दोस्रो ठूलो मुलुक हो–चीन ।
हाम्रो अगाडिको यात्रा लामो र कठिन हुनेछ । तर, लगनशीलतापूर्वक हामी अगाडि बढेको खण्डमा अझै आशा गर्न सकिन्छ । यो चीनको अडिग लक्ष्य हो । आज जीएसआई कार्यान्वयन गर्ने गहिरो जिम्मेवारीबोध आवश्यक छ जसले विश्वमा थप शान्ति, थप सुरक्षा र थप समृद्धि ल्याउनेछ । चीनले साझा, वृहत सहकार्य र दिगो सुरक्षा दृष्टिकोण अँगाली रहनेछ । चुनौतीहरू सामना गर्न संसारका मुलुुकहरूसँग हात मिलाउनेछ र दिगो शान्ति र विश्वव्यापी सुरक्षा सहितको संसार निर्माण गर्न साझा प्रयासहरू गरिरहनेछ । हरेक सार्वभौम मुलुकहरूले आफ्नो निर्णय आफै लिन पाउने अधिकार सुनिश्चितताको निम्ति लड्नेछ । त्यति मात्र होइन विश्वशान्ति र मानवजातिको हितका लागि वैचारिक अडान कायम राख्नेछ । समकालीन विश्वमा जीएसआईबारे अझ थुप्रै पठनीय चिन्तन सङ्कलित छन्
Leave a Reply