भर्खरै :

परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण

रोल्पा, ११ चैत (रासस) : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द चिल्ड्रेनले प्याड वितरण गरेको हो ।
जिल्लाभर रहेका परीक्षा केन्द्रका लागि एक हजार सेनेटरी प्याड वितरणका लागि सहयोग गरिएको सेभ द चिल्ड्रेनका प्रतिनिधि दिलकमल क्षेत्रीले जानकारी दिनुभयो । परीक्षाको समयमा हुने महिनावारीले छात्रालाई प्रभावित नगरोस् भनेर प्याड वितरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमख दानबहादुर गुरुङले बताउनुभयो ।
सेनेटरी प्याडका अतिरिक्त हरेक परीक्षा केन्द्रमा आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचारको समेत व्यवस्था गरिएको गुरुङले जानकारी दिनुभयो । जिल्लाबाट यस वर्षको एसइई परीक्षामा साधारण र प्राविधिकसमेत गरी ८१ विद्यालयका तीन हजार ५२६ परीक्षार्थी सम्मिलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *