भर्खरै :

‘ट्रम्पको अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ मुलर प्रतिवेदनको निष्कर्ष

वासिङटन, संयुक्त राज्य अमेरिका, ११ चैत (एएफपी) ।  महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ ।
गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले काङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन । अर्थात् सो आरोपमा ट्रम्पलाई सफाइ भने मिलेको छैन ।
दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो । केहीलाई जेल पनि पठाइएको थियो ।
यसैबीच प्रतिवेदनबारे ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गर्नुभएको छ । उहाँले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “यो लाजको विषय हो कि देश यस्तो प्रक्रियामा जानुप¥यो । साँच्चै भन्नुपर्दा जसरी तपाईँहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो ।”
“कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पक्षलाई पनि खोज्नु जरूरी छ । यो मानमर्दनको गैरकानुनी प्रयास थियो, अन्ततः असफल सिद्ध भयो ।”
बारले तयार पारेको सारांशपत्रमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी प्रभावबारे मुलरले गरेको अनुसन्धानबाट थाहा भएका तथ्यहरूको सारांश छ ।
बारले संसदलाई लेखेको पत्रमा भनेका छन्, “विशेष अनुसन्धानकर्ताले कुनै अमेरिकी नागरिक वा ट्रम्प अभियानका अधिकारीले रुससँग मिलेर षड्यन्त्र गरेको वा नियतवश सहकार्य गरेको तथ्य भेटिएन ।
विशेष अनुसन्धानकर्ताको प्रतिवेदनमा ‘अन्ततः परम्परागत अभियोजनात्मक निर्णय’ भने दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *