भर्खरै :

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन आजदेखि काठमाण्डौंमा शुरु हुँदै

काठमाण्डौं, चैत्र १ गते । ‘सन्तुलित वित्तीय, सामाजिक र मानवीय मूल्य’ भन्ने मूल नाराका साथ चैत्र २ गतेदेखि ४ गतेसमम ३ दिन काडमाण्डौंको याक एण्ड यति होटेलमा चौथौ राष्ट्रिय लघुवित्त सम्मेलन हुँदैछ ।
सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रमा क्रियाशिल लघुवित्त विकास बैंक, सहकारी संस्थाहरु, गैर सरकारी संस्थाहरु, लघुवित्त विशेषज्ञहरु लगायतका सरोकारवाला पक्षहरुको सहभागिता रहनेछ ।
समग्रमा नेपालको लघुवित्त क्षेत्रको दिगो विकासमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजक सेन्टर फर माइक्रोफाइनान्सले गरेको छ । सम्मेलनमा लघुवित्त क्षेत्रमा विश्वब्यापी अनुभव, नेपालको नवप्रवर्तन, लघुवित्तको सफलताका आधार, लघु विमा, प्रविधि आदि विविध लघुवित्तका आयामहरुमाथि विशेषज्ञहरुको अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गर्नेछ । सम्मेलनको अन्तिम दिन लघुवित्त घोषणापत्र जारी गर्दै समापन गरिने आयोजकले जनाएको छ ।
सम्मेलनको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गर्नुहुनेछ भने विशेष अतिथिका रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *