भर्खरै :

शुक्लाफाँटा अवलोकन गर्नेको सङ्ख्या बढ्यो

भीमदत्तनगर, १७ चैत (रासस)ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कञ्चनपुरका स्थानीय तहको आयोजनामा शुरु भएको पर्यटन महोत्सवसँगै यहाँ अवलोकनका लागि आउनेको लर्को लागेको छ ।
भीमदत्तनगरपालिकाको संयोजन तथा यहाँका नौ वटा स्थानीय तहको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको दुई दिनमा निकुञ्जभित्र आन्तरिक तथा भारतीय गरी पाँच सय भन्दा बढी पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा पर्यटन महोत्सव प्रचारप्रसार समिति संयोजक लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।
‘शनिबार डडेल्धुरा, धनगढी, कञ्चनपुर र भारतको नैनीतालबाट समेत आएर शुक्लाफाँटा अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढेका छन्,’ तिवारीले भन्नुभयो, “शुक्लाफाँटमा देखिएका बाह्रसिङ्गाको बथानबाट पर्यटक लोभिएका छन् ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउन भीमदत्त नगरपालिकाले ‘शुक्लाफाँटा जाउँ’ अभियानस्वरुप शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना गरेको हो ।
आगामी चैत २१ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर तीन हजार भन्दा बढी पर्यटकले अवलोकन भ्रमण गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *