बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
नीरज लवजू
सम्मेलनमा इजिप्टको व्यवस्थापिकाका उपसभामुख इसायेड मोहमद इल्सेरिफ, बङ्गलादेशका उपसभामुख फेजल रब्बी माह, टर्की पेट्रोएटिक (देशभक्त) पार्टीका अध्यक्ष डोगु पेरिनसेक र रुसी कम्युनिष्ट पार्टीका एलेक्सेई लेक्सिनले पनि आफ्नो देशमा आदिबासी जनजातिको अवस्थाबारे बोलेका थिए । टर्की पेट्रोएटिक पार्टीका अध्यक्षको भाषणमा प्रष्टतः संसारमा आतड्ढवादको जन्मदाता संरा अमेरिकी साम्राज्यवाद नै भएको बताए । संरा अमेरिकाकै कारण अफगानिस्तान र सिरियामा गृहयुद्ध थोपरेको र इस्लामिक हमलाको आवरणमा टर्कीका सेनामाथि संरा अमेरिकाले नै हमला गरिरहेको उनको भनाइ थियो । उनले पश्चिम एसिया र चीन मिलेर कुनै पनि खाले पृथकतावाद, आतड्ढवाद, साम्राज्यवाद र सामन्तवादका बाँकी अवशेषविरुद्ध लड्नुपर्ने विचार राखे । अरु वक्ताले भने आफ्नो देशमा जनजातिको अवस्थाबारे बोल्न नै आफ्नो बढी समय खर्चे, अन्य विश्व राजनीतिका विषयमा कमैमात्र बोले ।
सम्मेलनका प्रमुख वक्ता चिनियाँकम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सुन ताओ थिए । उनले आफ्नो मन्तव्यमा चीनमा अल्पसङ्ख्यक आदिबासी जनजाति समुदायको उत्थान र विकासका लागि चीन सरकारले गरिरहेका गतिविधिबारे चर्चा गरे । चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले आफ्नो लेख ‘दस अन्तर्विरोध’ मा चीनमा हान बहुसङ्ख्यक र अन्य अल्पसङ्ख्यक जातिबीच अन्तर्विरोध हुने भनी लेखेको प्रसङ्ग चर्चासँगै उनले सामाजिक र दीर्घकालीन स्थायित्वबिना चीन आफ्नो लक्ष्यमा पुग्न नसक्ने बताए । चीनले संसारका विभिन्न देशमा फैलिएको अस्थिरताबाट पाठ सिकेर अघि बढिरहेको सुनले बताए । उनले चीनमा बस्ने सबै जनताबीच भेद अन्त्य गर्ने विचार अघि सार्दैै अल्पसङ्ख्यक जातिको परिचय र पहिचान जोगाउन भने चीन सरकारले लगानी गरिरहेको प्रकाश पारे । साथै चिनियाँ जनताबीच आपसमा रहेका सांस्कृतिक भिन्नतालाई सम्मान गर्ने नीति विकासबारे चर्चा गर्दै चीनलाई आधुनिक र समृद्ध देश बनाउन सबै जाति समुदायको समान हिस्सेदारी हुने बताए ।
सुन ताओले संसारमा प्रतिभूमण्डलीकरण र लोकप्रियतावाद (पपुलिज्म) ले संसारभर समस्या सिर्जना गरेको बताए । कुनै बेला संसारका गरिब तथा विकासशील देशहरूमाथि आफ्नो नियन्त्रण जमाउन संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाले नै भूमण्डलीकरणको नीति अघि सारेका थिए । सिङ्गो संसार एउटा सानो गाउँ भएको भन्दै उनीहरूले संसारभरि आफ्ना उत्पादन बेच्न पाउनुपर्ने नीति ल्याए । तर, आज त्यही नीति चीनलगायत हिजोका पिछडिएका देशले व्यवहारमा लागु गर्न खोज्दा पश्चिमा देशहरूलाई अपाच्य भएको छ । आज संरा अमेरिकाले व्यापार संरक्षणवादको नीति लागु गरिरहेको छ । त्यस्तै राजनीतिमा दीर्घकालीन हित र सिद्धान्तनिष्ठ व्यवहारभन्दा अल्पकालीन हितलाई मात्र जोड दिएर लोकप्रियतावादी गतिविधि पनि तीब्र बन्दै गएको अवस्थामा सुन ताओको यो विश्लेषण सान्दर्भिक थियो ।
उनको कुरा प्रष्ट थियो, चीनले आदिबासी जनजाति समुदायको संरक्षण र प्रबद्र्धन गर्नेछ । तर, कानुनविपरीत काम गर्ने वा कानुनबमोजिम नगर्ने कसैलाई पनि कानुनअनुसार नै कारबाही गर्न सरकार प्रतिबद्ध छ । चीनलाई मध्यमस्तरको समृद्ध समाज बनाउने सबै चिनियाँ जनताको सपनामा कुनै पनि समुदाय बाधक बन्न नहुनेमा उनले जोड दिए ।
सुन ताओलगायत चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीको उपस्थितिले पनि सो सम्मेलनको महत्र्वबारे हामी अझ प्रष्ट भयौं । विशिष्ट विदेशी पाहुना पनि सहभागी भएको कार्यक्रमको सुरक्षाव्यवस्थालाई विशेष ध्यान दिइएको देखियो । चिनियाँहरूका हरेक कार्यक्रममा देखिने भव्यता, सौम्यता र अनुशासन यो सम्मेलनमा पनि देखियो । वक्ताहरूले बोलेका कुरा विभिन्न सात वटा भाषामा अनुवाद गर्ने बन्दोबस्त गरिएको थियो । तीमध्ये एउटा नेपाली भाषा पनि समावेश हुँदा खुशी लाग्यो । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी सरलाले चिनियाँ र अङ्ग्रेजी भाषाका मन्तव्य नेपाली भाषामा अनुवाद गरेकी थिइन् । तेस्रो भाषाको रूपमा सरलाको नेपाली बोल्ने प्रयास निकै गज्जबको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बारम्बार आजका युवाहरूले कम्तीमा तीन वटा भाषामा दखल राख्नुपर्ने चर्चा बरोबर गर्छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागअन्तर्गत कार्यरत भाषा सहजकर्ता युवा साथीहरूसँग कुराकानी गर्दा पार्टी अध्यक्षको यो भनाई कानमै गुञ्जिरहेको जस्तो महसुस हुन्छ ।
सम्मेलनस्थलमा सिन्च्याङ प्रान्तको बारेमा तस्वीर प्रदर्शन पनि भइरहेको थियो । सिन्च्याङको प्राकृतिक सौन्दर्य, जनजीवन, धार्मिक र सामाजिक अवस्था, आर्थिक गतिविधि, विकास आदि झल्कने तस्वीरको अवलोकनले समग्र सिन्च्याङबारे बुझ्न अझ मद्दत पुग्यो । बाहिर मज्जाले हिउँ परिरहेको थियो । भित्र त्यसको एकरति पनि आभास थिएन ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि नेपाली काङ्ग्रेसबाट प्रतिनिधिमण्डलमा सहभागी एक जना नेतासँगको कुराकानीबाट नेपालका ‘ठूला’ भनिएका राजनीतिक पार्टी कसरी चुनाव जित्छन् भन्ने विषयमा थप जानकारी पाइयो । प्रदेश नं ३ का नेता तथा पूर्व राज्यमन्त्रीले प्रदेश सांसदको चुनाव जित्न सवा एक करोड रुपैंया आफ्नो पाकेटबाट खर्च लागेको सुनाउँदै थिए । चुनावमा बाटो खन्न पठाएको डोजर अझै पनि गाउँमा बाटोघाटो खन्न नै लगाइरहेको उनी सुनाउँदै थिए ।
सिन्च्याङबाट आजै कुनमिङ पुग्यौं । सम्मेलनका लागि आएका अधिकांश प्रतिनिधिमण्डल आजै चीनका विभिन्न सहर वा स्वदेश फर्के । त्यसकारण प्रमुख कार्यक्रमपश्चात चिनियाँकम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सहजकर्ता साथीहरूको व्यस्तता हेर्न लायकको थियो । अनेक स्वभावका प्रतिनिधिमण्डलका सदस्य र उच्चपदस्थ व्यक्तिलाई सम्झाई बुझाई गर्दै कार्यसूची अनुसार व्यवस्थापन गर्न उनीहरूलाई पक्कै सजिलो थिएन ।
सत्तासीन नेकपासम्बद्ध दस जना सदस्य रहेको प्रतिनिधिमण्डल पनि आज सिन्च्याङबाट फर्के । सिन्च्याङकै होटेलको लबीमा भेट भयो । हामीभन्दा आठ–दस दिनअघि चीन आएको यो प्रतिनिधिमण्डल चीनका विभिन्न सहरको भ्रमण सकेर नेपाल फर्कंदै थियो ।
२८ फेब्रुअरी २०१९(१६ फागुन २०७५)
युनान प्रान्तको सिस्वानबाना प्रिफेकचरमा पुग्यौँ । बिहान दस बजे कुनमिङबाट उडेको चाइना इस्ट्रनको विमान सिस्वानबाना प्रिफेकचर विमानस्थलमा अवतरण गर्दा एघार बजिसकेको थियो । जम्मा पचपन्न मिनेट उडान समयको दुरी थियो । सिस्वानबाना म्यानमारसँग जोडिएको चिनियाँ सहर हो । सिस्वानबानामा ताई अल्पसङ्ख्यक जातिको बाक्लो बसोबास छ । सिङ्गो युनान प्रान्त आफैंमा चीनका जनजातिको प्रमुख वासस्थान मानिने गरेको छ । युनान र तिब्बत जोडिएका प्रान्त हुन् । सिस्वानबानाको विमानस्थलको वास्तुकला प्रायशः म्यानमारका समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित हुँदा मन्दिरजस्तो देखिन्थ्यो । अधिकांश घर–भवनका छानाको चारै छेउ उँभो चुच्चो बनाइएको थियो । यहाँ पुग्दा चीनको फरक पाटो देखिएको महसुस भयो । सिस्वानबानाको क्राउन प्लाजा नामको रिसोर्टमा बस्ने बन्दोबस्त गरिएको थियो । क्राउन प्लाजाको वास्तु काठैकाठको थियो । कोठा आधुनिक शैलीका थिए, तर स्थानीय संस्कृतिको रङ्ग पनि पोखिएको थियो । रुखै रुखको बीचमा बनाइएको यो रिसोर्ट हेर्दा पुरानो शैलीको तर भित्र आधुनिकता मिसाइएको थियो ।
विमानस्थलदेखि बस्ने बन्दोबस्त गरिएको क्राउन प्लाजा रिसोर्टसम्म जाँदा गाडीबाट देखिएका दृश्यबाटै यो ठाउँ चीनको फरक विशेषता बोकेको सहर भएको आभास दिलायो । हात्तीका साना–ठूला आकृति, अनेक किमिसका मानव आकृतिसँगै सडक छेउको हरियालीले साँच्चै सिस्वानबानाको सौन्दर्यलाई अभिव्यक्त गरिरहेको थियो । मानिसहरू विद्युत्तीय दुईपाङ्ग्रे बाहनमा ट्राफिकको हरियो सड्ढेतको प्रतीक्षा गरिरहेका थिए । यहाँका अधिकांश साना–ठूला घरमा त्रिकोणात्मक छानामा चुच्चो निकालेर बनाइएको थियो । घरका आकार साना ठूला जस्ता भए पनि तिनका छाना भने उस्तै प्रकारका थिए । बाटोको बीच र दुवै किनारामा फूल र रुखको हरियालीले सहरलाई अझ सुन्दर बनाएको थियो ।
सिन्च्याङको माइनस ६ बाट हामी त्यो गर्मी ठाउँमा पुगेका थियौँ । कुनमिङको हावापानी र भूगोल काठमाडौँ उपत्यकासँगै मिल्दोजुल्दो थियो भने सिस्वानबानाको हावापानी भने नेपालको बुटवल, नारायणगढजस्तै गर्मी खालको थियो । तर, चारैतिर रुख बिरुवा र पुष्पबगैंचाले सहर निकै सुन्दर बनाएको मात्र थिएन, वातावरणीय रुपमा स्वच्छ बनाएको थियो ।
व्यवस्थापन भए काठमाडौँ उपत्यका, वीरगञ्ज, बुटवल, हेटौँडालाई पनि यस्तै गर्न सकिने थियो ।
विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका साथीहरू हाम्रो प्रतिक्षामा बसेका थिए । खानापछि आज दुई स्थानमा स्थलगत अवलोकन भ्रमण गर्ने कार्यक्रमबारे हामीलाई आयोजकले दिएको कार्यक्रमतालिकाबाट जानकारी थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीका हरेक तहअन्तर्गत एउटा पार्टी स्कूल हुने गर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीकै पदाधिकारी, कार्यकर्ता र नयाँ सदस्यलाई पार्टी सिद्धान्त, पार्टी अनुशासन, चिनियाँ क्रान्तिको इतिहास, विश्व राजनीतिबारे ती विद्यालयमा निश्चित अवधिका तालिम र प्रशिक्षण कक्षाहरू सञ्चालन हुने गरिन्छ । सन् २०१७ मा येनानमा हामी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको एउटा प्रशिक्षण प्रतिष्ठानमा बसेका थियौँ । त्यसकारण पार्टी विद्यालयको विषयमा हामीलाई केही जानकारी थियो । हामीलाई सिस्वानबाना प्रिफेकचरको पार्टी विद्यालयमा भ्रमणका लागि लगियो । चीन हुँदै म्यानमार, भियतनामसम्म पुग्ने मेकोङ नदी यही सिस्वानबाना हुँदै बग्ने गर्छ । मेकोङ नदीको किनारामै पार्टी विद्यालय बनाइएको थियो । यो पार्टी विद्यालयको स्थापना ६४ वर्षअघि भएको थियो । विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ता, नयाँ सदस्य, सरकारी कर्मचारीलाई यो स्थानमा तालिम दिइने गरिन्छ । प्रशिक्षणमा विशेषतः चिनियाँ कम्युनिष्ट पार्टीका सैद्धान्तिक र राजनीतिक विषयमा जोड दिइने गर्दछ । त्यहाँका कक्षा कोठामा विभिन्न विषयका नियमित प्रशिक्षणबाहेक कुनै काममा उल्लेख्य सफलता हासिल गरेका सफल व्यक्तित्र्वलाई प्रशिक्षकको रुपमा ल्याएर कक्षा सञ्चालन गरिन्छ । पार्टीको इतिहासको अध्ययन गर्दा प्रशिक्षार्थीलाई इतिहासमा ती घटना घटेका स्थानहरूको स्थलगत अध्ययन भ्रमण गराइन्छ ।
सिस्वानबानाको पार्टी विद्यालयमा वर्षको पाँच हजार कार्यकर्तालाई नियमित र विशेष कक्षा सञ्चालन हुन्छ । पार्टी अनुशासनअन्तर्गत सो क्षेत्रका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा पाँच दिन सो विद्यालयमा आएर प्रशिक्षण लिन अनिवार्य गरिएको छ । विद्यालयमा प्रशिक्षणमा सहभागी बन्दाको अवधिमा अन्य सबै काम बिसाएर आउनुपर्ने नियम छ । सिस्वानबाना भौगोलिक रुपमा सानो क्षेत्र भएर पनि त्यहाँ १७ वटा आदिवासी जनजाति समुदायको बसोबास हुनु र सिस्वानबाना स्वयं ताई जातिको स्वशासित प्रिफेकचर भएको हुँदा त्यहाँको पार्टी कक्षामा ६० प्रतिशत सहभागी विभिन्न रैथाने जातिबाटै हुने गरेको छ । यो प्रतिशत क्रमशः बढ्ने क्रममा छ । आदिवासी क्षेत्रबाट आएका कार्यकर्तालाई पनि प्रशिक्षणमा प्राथमिकता दिने गरिएको छ । यसबाट त्यहाँ राजनीतिक नेतृत्वमा स्थानीय आदिवासी जनजातिको सहभागिता बढ्दै गएको देखिन्छ ।
पार्टी स्कूलका प्रमुखले धेरै विषयमा प्रकाश पार्नुका साथै केही विषयमा सहभागी प्रतिनिधिमण्डल सदस्यहरूबाट प्रश्नोत्तर भयो । ‘माक्र्सपछि पश्चिमबाटै स्यामुएल हचिन्सन र फ्रान्सिस फुकुयामाका नयाँ सिद्धान्त प्रतिपादन भए । पार्टी विद्यालयमा माक्र्स र लेनिनमात्र पढाइन्छ वा ती अन्य दर्शनको पनि अध्ययन हुन्छ ?’ जस्ता गम्भीर र आलोचनात्मक प्र्रश्न पनि सोधियो भने केही प्रश्न अनावश्यक र सोध्नका लागि सोधिएका प्रश्न पनि थिए । केही मानिसलाई यस्ता कार्यक्रममा आफूले केही न केही बोल्नैपर्ने सोचको समस्या छ ।
संसारमा माक्र्सपछि पनि नयाँ–नयाँ सिद्धान्त विकास भइसकेको अवस्थामा माक्र्सवादको सान्दर्भिकता विषयक प्रश्नको जवाफ भने चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागअन्तर्गत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया व्युरोका महानिर्देशक सुन हेयानले दिएकी थिइन् । उनले समयसँगै माक्र्सवादमा पनि परिवर्तन हुनु स्वाभाविक भए पनि माक्र्सवादका आधारभूत पक्ष अझै आजको विश्वमा सान्दर्भिक भएकोले चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद, लेनिनवादमाथि विश्वास गरेको र चीनको वस्तुगत परिस्थितिमा माक्र्सवादलाई चीनले विकास पनि गर्दै लगेको बताइन् । पातलो जीउदालकी महानिर्देशक हेयान निकै हँसिली स्वभावकी छिन् । उनको विनम्र र सौहार्द स्वभाव आफैँ कसैको मन जित्न मनग्य भएजस्तो लाग्छ ।
हाम्रो भ्रमणको मूल विषय चीनमा आदिवासी जनजाति नीति र त्यसले दिएको उपलब्धि भएकोले कुनै पनि सानोभन्दा सानो भ्रमण पनि त्यही विषयसँग जोडिएको थियो । सिन्च्याङदेखि सिस्वानबानासम्म यही क्रमले निरन्तरता पाएको छ ।
सिस्वानबाना चाङ पा ताई कपडा कारखाना कम्पनी लि. पुग्दा हामीलाई स्वागत गर्न केही युवतीहरू हातमा मौलिक बुट्टा बुनिएको खादासहित ढोकैमा उभिएका थिए । सबै पाहुनालाई त्यही खादाले स्वागत गरे । पाँच वर्षअघि केही युवतीहरूले सुरु गरेको ताई जातिको मौलिक संस्कृतिमा आधारित लुगा र पहिरन बुन्ने यो कारखानामा आजभोलि तीस जना मजदुरले प्रत्यक्ष रोजगार पाएका छन् भने विशेषतः ग्रामीण भेगका गृहिणी महिलालाई पनि लुगा र कपडा बुन्ने रोजगारी दिलाइरहेको छ । पूर्णरूपमा हातले बुन्ने कपडा स्थानीय रूपमा बिक्री हुनुका साथै विभिन्न अनलाइन सपिङमार्फत बिक्री हुने गरेको कारखानाकी सञ्चालिकाले सुनाइन् । सञ्चालिका भनिएकी महिला भने भर्खरकी युवती थिइन् । ती सामान विदेशमा निर्यात हुने गरेको र सरकारले उक्त व्यवसाय सञ्चालनको लागि कम व्याजमा सहुलियत ऋणको व्यवस्था गरेको बताइन् । कारखाना भक्तपुरकै हाकुपटासी र अन्य नेवारी परम्परागत लुगा र पहिरन उत्पादन गर्ने कारखानाजस्तै थियो । तर, सरकार स्वयंले स्थानीय परम्परागत सम्पदा संरक्षणमा देखाइरहेको तदारुकता भने नेपाल सरकारले सिक्न जरुरी छ । भक्तपुरमा पनि यस्ता कारखाना छन् । त्यहाँका सामान देश विदेश पनि जाने गरेको छ । तर, ती सबै व्यक्तिगत पहलमा मात्र सञ्चालनमा छन् । बजारको खोजी पनि व्यक्तिकै सम्पर्क र सम्बन्धमा भर परेको देखिन्छ । अझ यसरी व्यक्तिकै प्रयासमा मात्र यस्ता पुराना पहिरन र भेषभूषाको उत्पादन हुँदा उत्पादनलाई संस्कृति र परम्पराको संरक्षणसम्म जोडिन गा¥हो हुन्छ ।
परम्परागत पहिरन र संस्कृतिलाई आजभोलिको फेसन र बजारको आवश्यकतासँग पनि जोडेको सिस्वानबानाको त्यो कारखानामा देखियो । परम्परागत पहिरनलाई आजका ग्राहकले पनि रुचाउने तरिकाबाट बनाइएका थिए । ताई जातिको संस्कृति संरक्षणको निम्ति यो निकै महत्र्वपूर्ण कदम बनेको छ । विशेषतः भर्खरका युवा–युवतीको यो क्षेत्रमा नेतृत्व भने प्रशंसनीय थियो ।
क्रमश…
Leave a Reply