भर्खरै :

राजदूतावासमाथि आक्रमणको अनुसन्धान गर्न प्रजग कोरियाको माग

प्योङयाङ, ३१ मार्च (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले स्पेनको म्याड्रिडस्थित आफ्नो देशको राजदूतावासमा सशस्त्र समूहले गरेको आक्रमणको निन्दा गर्दै दोषी पत्ता लगाउन छानबिन गर्न स्पेन सरकारसित माग गरेको छ ।
उक्त घटनाबारे गम्भीर अनुसन्धान गर्न माग गरेको प्रजग कोरियाको विदेश मामिला मन्त्रालयका एक प्रवक्ताले मार्च ३१ का दिन केसीएन तथा विभिन्न समाचार संस्थाका पत्रकारहरूलाई स्पटोक्ति दिनुभयो । स्पष्टोक्तिमा अगाडि भनिएको छ – गएको फेब्रुअरी २२ का दिन स्पेनको म्याड्रिडस्थित प्रजग कोरियाको राजदूतावास एक सशस्त्र समूह पस्यो, सञ्चारका साधनहरू विच्छेद ग¥यो र तोडफोड ग¥यो । तिनीहरूलाई रोक्न खोजेका राजदूतलगायत दूतावासका स्टाफहरूलाई पदको समेत वास्ता नगरी कूटपिट ग¥यो र यातना दियो ।
कुनै देशको कूटनीतिक मिशन रहेको परिसरमा गैरकानुनी रूपमा प्रवेश गर्नु, कब्जा गर्नु र तोडफोड गर्नु एक प्रकारले उक्त देशको सार्वभौमिकतामाथि हमला गर्नु र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्नु हो र विश्वको कुनै पनि देशमा त्यस्तो कार्य सह्य हुँदैन ।
स्पेन सरकारले अनुसन्धान गर्ने र दोषीमाथि कारबाही गर्ने वचनबद्धता व्यक्त गरेकोले हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसलाई उठाएका छैनौँ । तर अहिले उक्त आक्रमणमा संरा अमेरिकी गुप्तचर विभाग एफबीआई र स्पेनस्थित प्रजग कोरियाविरोधी तत्वहरूको संलग्नता भएका समाचार स्पेन र विभिन्न देशका समाचारपत्रमा प्रकाशित भएका छन् ।
हामी उक्त घटनाका सम्बन्धमा स्पेनका सम्बन्धित अधिकारीहरूसित गम्भीर अनुसन्धान गर्न र दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न माग गर्दछौँ । साथै ती आतङ्कवादीहरू र तिनीहरूका सुत्रधारहरूलाई अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभ्याउन पनि माग गर्दै धैर्यतापूर्वक परिणामको आशा गर्दछौँ ।
साथै प्रजग कोरियाले भियतनाम वार्ताको सुरूवातमै अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियासित सम्पूर्ण आणविक अस्त्र समर्पण गर्न माग राखेकोले सहमति र सम्झौतामा पुग्ने आफ्नो कोशिश हुँदाहुँदै वार्ता अघि बढ्न नसकेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *