भर्खरै :

घृणाको राजनीतिविरुद्ध मतदान गर्न भारतीय लेखकहरूको अपील

नयाँ दिल्ली, १ अप्रिल । सोमबार भारतका दुई सय दस जना लेखकहरूले एक अपील जारी गरी आगामी अप्रिल मे महिनामा हुने सोह«ौं लोकसभा निर्वाचनमा घृणाको राजनीतिको विपक्षमा उभिन र ‘विविधतायुक्त र समान भारत’ को पक्ष्ँमा मतदान गर्न आह्वान गरेका छन् । हिन्दी, अंग्रेजी, मराथी, गुजराती, उर्दु, बंगला, मलायालम, कन्नाडी र तेलुगु भाषामा प्रकाशित वक्तव्यमा अरुन्धती रोय, गिरिश कर्नाड, अमिताभ घोष, भामा, नयनतारा सांगल, टीएम कृष्ण, विवेक शानभाग, जीत थायिल, के सच्चिदानन्द र रोमिल थापरलगायत छन् ।
वक्तव्यमा लेखकहरूले आसन्न निर्वाचनले देश दोबाटोमा रहेको बताएका छन् । “हाम्रो संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ । खाना पाउने, प्रार्थना गर्न पाउने र आफ्नो छनौटअनुसार जीवनयापन गर्न स्वतन्त्रता दिएको छ । अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्ने अधिकार दिएको छ । तर, बितेका केही वर्षमा हामीले नागरिकमाथि समुदाय, जात, लिङ्ग, र धर्मको आधारमा कुटपिट गरेको, अपमान गरेको देखिरहेका छौं ।”
उनीहरूले भारतमा विभाजन ल्याउन घृणाको राजनीति प्रयोग गरिएको बताए ।
“लेखक, कलाकार, चलचित्र निर्देशक, संगीतकार र अरु सांस्कृतिक अभियन्तामाथि आक्रमण भएको छ, आतंकित बनाइएको र सेन्सर गरिएको छ । सत्तामाथि प्रश्न गर्नेमाथि हमला हुने वा झुठा हास्यास्पद आरोपमा पक्राउ गर्ने सम्भावना हुने गरेको छ ।”, वक्तव्यमा भनिएको छ ।

“हाम्रो संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ । खाना पाउने, प्रार्थना गर्न पाउने र आफ्नो छनौटअनुसार जीवनयापन गर्न स्वतन्त्रता दिएको छ । अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्ने अधिकार दिएको छ । तर, बितेका केही वर्षमा हामीले नागरिकमाथि समुदाय, जात, लिङ्ग, र धर्मको आधारमा कुटपिट गरेको, अपमान गरेको देखिरहेका छौं ।”

महिला,दलित, आदिबासी र अल्पसंख्यकमाथिको हिंसाको सशक्त प्रतिरोधको आवश्यक भएको भन्दै लेखकहरूले भनेका छन्,“रोजगार, शिक्षा, अनुसन्धान, स्वास्थ्य सेवा र सबैलाई समान अवसरको लागि हामीसँग स्रोत र बन्दोबस्त छ । हामी सबै हामीबीचको विविधताको रक्षा गर्न चाहन्छौं र लोकतन्त्र विकास भएको चाहन्छौं ।”
उनीहरूले घृणाको राजनीतिविरुद्ध मतदान गर्नु पहिलो गम्भीर पाइला भएको बताएका छन् । “हामी जनताबीच विभाजन ल्याउनेविरुद्ध मतदान गरौं, असमानता, हिंसा, आतंक र सेन्सरसीप विरुद्ध मतदान गरौं । त्यसरी मात्र हामीले हाम्रो संविधानमा वाचा गरेको जस्तो भारत बनाउन सक्छौं ।”
भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभाको निर्वाचन हुँदैछ ।
स्क्रोल डट कम

More than 200 writers appeal to citizens to vote out hate politics

Leave a Reply

Your email address will not be published. Required fields are marked *