भर्खरै :

प्रतिष्ठित लेखक तथा साहित्यकार कारागारमा

यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ । कैदीसँग भेट्नका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार नयनराज पाण्डे र कवि नवराज पराजुलीको उपस्थिति रहनेछ ।
त्यसैगरी दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम पश्चिममा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको सहभागिता रहनेछ । जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, जुम्लामा शिवानीसिंह थारु तथा डोल्पामा अमर न्यौपानेको उपस्थित रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *