भर्खरै :

के होला भारतको चुनावमा वामपन्थी पार्टीहरूको अवस्था ?

-रोहन बेन्कातरमकृष्णन
भारतमा विभिन्न नाम र समूहमा विभाजित कम्युनिष्ट पार्टी, जनवर्गीय संगठन र मजदुर संगठनको उपस्थिति भारतभरि नै कुनै न कुनै रुपमा छ । तर, शासन सत्तामा कम्युनिष्ट पार्टीको उपस्थिति भने तीन वटा राज्यमा मात्र सीमित छः केराला, पश्चिम बंगाल र त्रिपुरामा । यी तीन राज्यमा पनि कम्युनिष्ट पार्टीले एक पछि अर्को असफलता भोग्नु परेको छ ।
तीन दसक लामो शासन पछि गएको सन् २०१८ मा त्रिपुरा राज्यमा कम्युनिष्ट पार्टीले सत्ताबाट हात धुनुप¥यो । भारतीय जनता पार्टीका मुख्यमन्त्रीले त्यहाँ शासन चलाइरहेका छन् । पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र भारतीय जनता पार्टीले मिलेर त्यहाँको वामपन्थी मोर्चालाई उल्टाइदियो । तीन दसकसम्म राज्य सरकार चलाएको कम्युनिष्ट पार्टीहरूको मोर्चा अहिले वामपन्थी मोर्चाको राजनीतिक प्रभाव कमजोर बन्दै गएको छ ।
केरालामा मात्र वामपन्थी मोर्चा सत्तासीन छ । तर, त्यहाँ पनि मोर्चाभित्रै आत्मघातको सम्भावनालाई नकार्न सकिन्न । कांग्रेस आईका सभापति राहुल गान्धीले केरालाबाट पनि चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि गान्धीले उत्तर प्रदेशको अमेठीबाट मात्र उम्मेदवार दिने गरेका थिए । केरालामा गान्धीको उम्मेदवारीले पनि त्यहाँको चुनावमा कम्युनिष्ट पार्टीको नतिजामा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।
गान्धीले केरालाको वाएनाडबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । त्यहाँ उनको प्रतिस्पर्धा वामपन्थी उम्मेदवारसँग हुनेछ । वाएनाड केराला, तामिल नाडु र कर्णाटक राज्यसँग जोडिएको राज्य हो । त्यस्तो ठाउँबाट गान्धीको उम्मेदवारीले तीन वटै राज्यको चुनावमा प्रभाव पार्ने कांग्रेसी कार्यकर्ताहरूको अनुमान छ ।
तर, यसको प्रमुख प्रभाव भने केरालाको वामपन्थी आधारमा नै पार्नेछ । आगामी चुनाव ‘लोकतन्त्र जोगाउन’ सबै विपक्ष राजनीतिक दलहरू मिलेर भाजपालाई हराउने रणनीतिमा आधारित हुने अपेक्षा गरिएको छ । यद्यपि कांग्रेसले आफ्नो आधार क्षेत्र बनाइरहेका ठाउँमा यसको फरक प्रभाव परेको दृश्य देखिएको छ ।
त्यसो भए के भारतमा वाममोर्चाको प्रभाव बाँकी रहला ? धेरै ठाउँमा बाँकी नरहने अवस्था छ । विभिन्न जनमत सड्ढलनले पश्चिम बंगालमा पनि कम्युनिष्ट पार्टीले एक स्थानमा पनि नजित्ने देखाएको छ ।
सोएब डानियलले पश्चिम बंगालबाट पठाएको समाचारले भारतमा कम्युनिष्ट पार्टीको अवस्था के हो भनी पूर्वविश्लेषण गर्न सक्छौंः

“पश्चिम बंगालको माल्डा जिल्लामा पर्ने हबिबपुर आदिबासीको लागि छुट्याएको निर्वाचन क्षेत्र हो । सन् १९६२ यता यो क्षेत्रमा एक कार्यकालबाहेक सधैं कम्युनिष्ट पार्टीले नै जित्दै आएको छ । सन् १९६७–६९ को एक कार्यकाल मात्र कांग्रेसले यो क्षेत्रमा विजय हासिल गरेको थियो । यो क्षेत्रमा सधैं भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का वरिष्ठ नेता खगेन मुर्मीले चुनावी जीत हासिल गर्दै आए ।
तर गएको मार्च महिनामा मुर्मी माक्र्सवादी पार्टी छोडेर भारतीय जनता पार्टीमा गए । त्यसवापत उनलाई उत्तरी मार्डीको लोकसभाका लागि भाजपाका उम्मेदवार बनाइयो । आजभोलि हबिबपुरमा भाकपा (माक्र्सवादी) का कार्यकर्ता भेटाउन मुस्किल छ । त्यहाँ फहरिने रातो झण्डालाई गेरु रङ्गले छोपेको छ । कुनै बेला बंगाललाई कम्युनिष्टहरू आफ्नो आधार मान्थे । तर, आजभोलि उनीहरूलाई आफ्नो बगलीको पैसा जोगाउन पनि धौधौ भएको छ ।”

केरालाको चुनाव पनि वामपन्थीको पक्षमा हुने सम्भावना क्षीण छ । वायनाडबाट राहुल गान्धीको चुनावले त्यहाँको चुनावी परिणाम पनि तलमाथि पार्नेछ ।
अघिल्लो साता भारतका दुई ठूलो कम्युनिष्ट पार्टीहरू भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)ले आ–आफ्ना घोषणा पत्र सार्वजनिक गरे । घोषणापत्रमा दुवै पार्टीले मासिक ९ हजार भत्ता, थप रोजगारी र विद्युतीय तथ्याड्ढको सुरक्षाको प्रतिबद्धता जनाएको छ । उनीहरूका यी प्रतिबद्धताले चुनावमा कतिको प्रभाव पार्ने हो यसले नै उनीहरूको राजनीतिक भविष्य पनि तय गर्नेछ । तर, यतिबेला यो त्यत्ति चहकिलो भने देखिएको छैन ।
स्क्रोल.आईएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *