नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, २० चैत (रासस) : पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । तीन तले उक्त मन्दिरको तल्ला दुई तलाको काम सम्पन्न भइसकेको छ । माथिल्लो तलाको काम अन्तिम चरणमा पुगेको र गजुरको काम भइरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पमा उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसको एक वर्षपछि पाटन दरबार क्षेत्रमा रहेका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु गरिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । मन्दिर आगामी पाँच÷छ महीनाभित्रमा सम्पन्न हुने उहाँले बताउनुभयो ।
दुई तले सो मन्दिरको पुनःनिर्माणमा अधिकांश सामग्री पुरानो नै प्रयोग भइरहेको उहाँले बताउनुभयो । भूकम्पका कारण यो मन्दिर पूर्णरुपले क्षतिग्रस्त बनेको थियो । उहाँले भन्नुभयो, “काम धमाधम भइरहेकाले एक वर्षभन्दा कम समय लाग्ने हामीले अनुमान गरेका छौँ ।” काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले यहाँका १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो । कोषले यसअघि नौ स्मारक सम्पन्न गरिसकेको छ भने सो मन्दिर र हरिशङ्कर मन्दिर निर्माणको काम भइरहेको प्याकुरेलले बताउनुभयो ।
Leave a Reply